Friday, May 3
Shadow

Tag: पक्राउ

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका नासु घुससहित पक्राउ

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका नासु घुससहित पक्राउ

अपराध, ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौँ , फागुन ३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ववरमहल, काठमाडौंका नासुलाई घुस रकमसहित पक्राउ गरेको छ । अख्तियारले नास नरेन्द्र यादवलाई सेवाग्राहीलाई शेयर पूजी बढाएको प्रमाण पत्र बनाइदिए वापत ८ हजार घुस लिएपछि घुस रकमसहित बिभाग परिसरबाटै आइतबार पक्राउ गरेको जनाएको छ । अख्तियारले घुस लेनदेनमा सहभागी लेखापढीको काम गर्ने रामबाबु दाहाललाई समेत पक्राउ गरेको जनाएको छ । अहिले दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।...
झपामा दुई पुरुषद्वारा पुरुष नै बलात्कृत, दुवैजना पक्राउ

झपामा दुई पुरुषद्वारा पुरुष नै बलात्कृत, दुवैजना पक्राउ

अचम्मका कुरा, अपराध, मुख्य समाचार, समाचार, समाज
झापा , फागुन ३ । दिनहुँजसो महिला बलात्कृत भएको घटना आइरहँदा झापामा भने दुई पुरुषले एक पुरुषमाथि बलात्कार गरेका छन् । झापा प्रहरीका अनुसार कनकाई नगरपालिका–७ बिरिङ नदी किनारमा दुई पुरुषले जबरजस्ती यौन क्रियाकलाप गरी एक पुरुषलाई घाइते बनाएका छन् । कनकाई नगरपालिका वडा नं ६ का १९ वर्षीय पारस तामाङ र वडा नं ७ का २१ वर्षीय विनोद टुडुले वडा नं ७ का ३० वर्षीय पुरुषलाई शनिवार बेलुकी ७ बजेतिर खोला किनारमा लगी बलात्कार गरेका हुन् । पीडित युवक घाइते रहेको र उनको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुव्र्यवहारमा संलग्न दुवैलाई प्रहरीले पक्राउ गरेको छ ।...
काठमाडौं उपत्यकामा मोटरसाइकल चोरी गर्ने ४ जना पक्राउ

काठमाडौं उपत्यकामा मोटरसाइकल चोरी गर्ने ४ जना पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन १ । काठमाडौं उपत्यकामा मोटरसाइकल चोरी गर्ने ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ गजुरीका धनबहादुर तामाङ, धादिङ थाक्रेका इन्द्र तामाङ, ऋषिलाल तामाङ र मकवानपुरका निरस थिङ छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो।  ...
बलात्कारको आरोपमा वडा सदस्य पक्राउ

बलात्कारको आरोपमा वडा सदस्य पक्राउ

अपराध, ब्यानर समाचार 2, समाचार, समाज, स्थानिय तह
काठमाडौं, माघ ३० । बलात्कार आरोपमा दैलेखमा एकजना जनप्रतिनिधीलाई पक्राउ गरिएको छ । पक्राउन पर्नेमा दुल्लू नगरपालिकाका–५ का निर्वाचित वडासदस्य प्रकाश पोखरेल हुन् । अहिले आरोपित पोखरेललाई बचाउनेको लागि जिल्लादेखी केन्द्रिय स्तरका नेता कार्यकर्ताले पिडितलाई दबाब दिन थालेको पिडित पक्षले गुनासो गरेका छन् । भारतमा मजदूरी गर्ने एक महिला सुतिरहेको अवस्थामा गएराति जबरजस्ती ढोका खोली बलात्कार गर्न खोज्दा पीडित महिला चिच्याएपछि छिमेकीले आरोपितलाई नियन्त्रणमा लिएका थिए । स्थानीयले राति नै तत्कालै प्रहरीलाई बुझाइएकोेमा आरोपित दुल्लू इलाका प्रहरी कार्यालयमा थुनामा राखिएको छ । आरोपितका आफन्तले मुद्दा दिन रोकेको पीडित पक्षले टेलिफोनमा बताए । मुद्दा दिनबाट रोक्नु दुल्लूको दरबार होटलमा रोकिएको श्रोतले जानकारी दिएको छ । पीडितको सुरक्षामा प्रहरीले ध्यान नपु¥याएको महिला सशक्तिकरण मञ्चका उपाध्यक्ष सव...
४४ हजार नगदसहित जुवाखालबाट ५ जना पक्राउ

४४ हजार नगदसहित जुवाखालबाट ५ जना पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ ३० । जिल्ला प्रहरी कार्यालय सुर्खेतले ४४ हजार नगदसहित जुवाखालबाट पाँच जनालाई पक्राउ गरेको छ । प्रहरी निरीक्षक कनबहादुर शाहीको नेतृत्वको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेत खजुरामा पर्ने आवास क्षेत्रस्थित बलबहादुर शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चामुण्डा बिन्द्रासैनी दैलेख घर भई हाल वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेत बस्ने ३२ वर्षीय झक्कबहादुर शाही, सोही वडामा बस्ने २६ वर्षीय खेमराज शाही, २३ वर्षीय भरत शाही, ४२ वर्षीय नरेश शाही र वडा–८ मा बस्ने ४४ वर्षीय रेशम पंगेनी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए । घरमा जुवातास खेलिरहेका छन् भन्ने विशेष सूचनाको आधारमा जिप्रकाबाट खटिएको टोलीले जुवाखालबाट तीन गड्डी तास र रु ४४ हजार १३५ नगद बरामद गरेको प...
नक्कली सुन देखाई ५५ लाख रुपैयाँ ठगी , ५ जना पक्राउ

नक्कली सुन देखाई ५५ लाख रुपैयाँ ठगी , ५ जना पक्राउ

अपराध, मुख्य समाचार, समाचार
काठमाडौं ,माघ २८ । नक्कली सुन देखाई ठगी गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी काठमाडौंको अपराध महाशाखाको टोलीले उनीहरूलाई काठमाडौँबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा काभ्रे जिल्ला भुम्लु गाउपालिका ५ घर भै काठमाडौंको माछापोखरी बस्ने बर्ष ३२ का सन्त बहादुर लामा नुवाकोट जिल्ला किस्पाङ्ग १ नुजेत घर भै काठमाडौंको तरकेश्वर नगरपालिका शान्तिटोल बस्ने बर्ष ४५ का रीसमान घले , बर्ष २० का चन्द्र भन्ने जेरि तामाङ्ग , बर्ष ३५ का जित भन्ने मेख तामाङ्ग र झापा जिल्ला अनारमनी १ घर भै काठमाडौंको ताहचल बस्ने पप्पु भन्ने अभय कुमार चौधरी रहेको प्रहरीले जनाएको छ । उनीहरुले २०७२ साल माघ १२ गते काठमाडौँको ताहाचल बस्दै आएका एक व्यक्तिलाई १ किलो सुन जस्तो देखिने धातुलाई सुन भनेर झुक्याएर बिक्री गरी ५५ लाख रुपैयाँ ठगी गरेको आरोप लागेको छ । ती व्यक्तिले आफू ठगिएको थाहा पाएपछि महानगर...
रोल्पाबाट हातहतियारसहित दुई पक्राउ

रोल्पाबाट हातहतियारसहित दुई पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ २७ । रोल्पाबाट हातहतियारसहित दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । रोल्पा नगरपालिका–१० धबाङ बस्ने २५ वर्षीय प्रकाश बुढा र सोही ठाउँस्थित चिउरीडाँडाका ३९ वर्षीय नरबहादुर घर्तीमगरलाई धाङ्सीखोलाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सन्तोष केसीले बताए । उनीहरुको साथबाट दुई थान भरुवा बन्दुक, फलामका टुक्रा, बारुद र एक थान खुकुरीसहित पक्राउ गरिएको प्रहरी निरीक्षक केसीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय र नेपाली सेनाको संयुक्त टोलीले गस्ती गर्ने क्रममा उनीहरूलाई हतियारसहित पक्राउ गरिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।...
महिलालाई अश्लिल गाली गर्ने टेलिकमका सहायक अधिकृत पक्राउ

महिलालाई अश्लिल गाली गर्ने टेलिकमका सहायक अधिकृत पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
.काठमाडौं, माघ २७ । सार्वजनिक स्थलमा एक महिलामाथि अश्लिल गालीगलौज र दुर्व्यवहार गरेको भन्दै नेपाल टेलिकमका एक कर्मचारी पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–५ का ५३ वर्षीय नारायण कटुवाललाई प्रहरीले पक्राउ गरेको हो । उनी टेलिकमको विराटनगर कार्यालयमा कार्यरत सहायक अधिकृत हुन् । महिलामाथि दुरव्यवहार गरेको घटना सार्वजनिक भएपछि कटुवाललाई घरैबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।...
पाँच वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ

पाँच वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, माघ १९ । पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडितका ३८ वर्षीय बुवालाई सप्तरी प्रहरीले आज पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरेका आरोपितले आफ्नै घरकोठामा गत शुक्रबार नाबालिका छोरीलाई बलात्कार गरेको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालय, सप्तरीमा आइतबार उजुरी दिएकी थिइन् । कनून बमोजिम कारवाही गर्न माग भएपछि पीडितको गजेन्द्रनारायण सिंह अस्पतालमा आइतबार स्वास्थ्य परीक्षण गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक राजेन्द्रप्रसाद धमलाले बताए । स्वास्थ्य परीक्षणपछि आज उजूरी दर्ता गरेर आरोपितलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जनाइएको छ ।...
बलात्कारको आरोपमा २६ वर्षीय युवक पक्राउ

बलात्कारको आरोपमा २६ वर्षीय युवक पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
सप्तरी , माघ १७ । बलात्कार प्रयासका फरार एक आरोपी आज पक्राउ परेका छन् । सप्तरीको रूपनी गाउँपालिका–३ मलाहाटोलका २६ वर्षीय नरेश मुखिया मलाहालाई बलात्कार प्रयासको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । गत कात्तिक ६ गते राति शौचालय गएका बेला आरोपितले बलात्कार प्रयास गरेको भन्दै एक महिलाले उजुरी गरेका थिए । पीडितले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी कात्तिक २७ गते नै दर्ता भए पनि फरार रहेकाले खोजतलासका क्रममा आज पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिए ।...