Tuesday, March 19
Shadow

साहित्य/कला

बिग्रेका छैनन् महिलाहरु ! – रसुवाली कवि(टि.पि. तिमल्सिना )

बिग्रेका छैनन् महिलाहरु ! – रसुवाली कवि(टि.पि. तिमल्सिना )

साहित्य/कला
रचना - टि .पि. तिमिल्सिना ( रसुवाली कवि ) बिग्रेका छैनन् महिलाहरु पितृसत्ताको आडमा चेपिएर महिलाहरूलाई गाली गरिरहेका छ्न कोही महानताको आसनमा बसेर कसैलाई तुच्छता लौरो प्रहार गरिरहेका छन कोही समानतामुलक समाज बनाउनुपर्छ भन्ने धिर गम्भीर बहसबाट फर्केको पुरुष बुद्धिजीवी आफै मातिएको छ बियर नसामा उ लेखिरहेछ दरमा दारु खाएर महिलाहरूले बिगारे यो समाज बर्षको एकपल्ट आउने तिजमा केही घुडका बियर पिएकी हुन राममती भाउजूले राममति भाउजु बियर पिउदा बिग्रेको हाम्रो संस्कार राममती भाउजूको श्रीमानले टिल भएर रक्सी पिउदा किन बिग्रेन राममती भाउजू बिग्रेको सत्य कि हाम्रो सोच्ने तरिका बिग्रेको सत्य महिलाहरूले एक थाल खिर खादा एक घुडका बियर पिउदा एक झप्को पप गीतमा नाँच्दा एक चोटि घर ढिला आउँदा एकचोटि मात लाग्दा एकचोटि उन्मुक्त हाँस्दा कसरी बिग्रीन्छ हाम्रो समाज ? कसरी फैलिन्छ यो सम...
के को रुपान्तरण ? – योगेन्द्र घिसिङ

के को रुपान्तरण ? – योगेन्द्र घिसिङ

साहित्य/कला
"के को रुपान्तरण ?" =========== रचना - योगेन्द्र घिसिङ पुँजीपतिको आँगनमा सयपत्री गोडन लस्कर लाग्छौ! तिम्रो रुपान्तरणले यो यात्रा कता जान्छ ? यहाँ जमिनदार हदबन्दीको कथा समाप्तिले तिम्रो छाता ओडेर जग्गा नाप्छन्। उनीहरू भुमिहिनलाई पशु भन्छन् ! तिम्रो रुपान्तरण - गरिखानेको आँखालाई प्लास्टिकको चस्मा त होइन ? तिम्रो रुपान्तरण बासि खानेलाई बर्गको लागि सोफा वा गुन्द्री के दिन्छ ? जरुर हेर्न धेरै बाँकी छ।...
हरि पाण्डे र टिका सानुको ‘तुल्सीपुर बजारमा’ तीज गीत सार्वजनिक

हरि पाण्डे र टिका सानुको ‘तुल्सीपुर बजारमा’ तीज गीत सार्वजनिक

ब्यानर समाचार, मनोरञ्जन, मुख्य समाचार, समाचार, साहित्य/कला
महेन्द्र अधिकारी काठमाडौं,११ साउन । हिन्दू नारीको महत्वपूर्ण पर्व तीज नजिकिँदै गर्दा तीज सम्बन्धी गीतहरु बजारमा ल्याउने क्रम चलेको छ । यस्तैमा लोकदोहारी गायक  हरि पाण्डे र लोकप्रिय लोक गायिका टिका सानुको आवाजमा रहेको ‘तुल्सीपुर बजारमा’ बोलको तीज गीत सार्वजनिक भएको छ । जबित परियारको शब्द रहेको गीतमा कुशल विश्वकर्माको संगीत रहेको छ भने संगीत संयोजन महेन्द्र भण्डारीको रहेको गीतलाई मिक्सिङ्ग खडक बाजुरालीले गरेका छन् ।  भिडियोमा राजकुमार मगरको सम्पादन रहेको छ । यस गीतको रेर्कडि मालाश्री डिजिटल स्टुडियो काठमाण्डौमा भएको हो । गीतलाई गायक हरि पाण्डे युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । भेगु पुनको निर्देशनमा रहेको तीज गीतमा जमुना केसी ,निरज राना,सुत्य कुँवर,सुमित्रा सुनार,रोमा परियार लगाएत अन्यको अभिनय रहेको छ । गितको अडियो र भिडियो दुवै उत्कृष्ट बनेको छ । गीतमा नजिकिदै गरेको महिला...
“बैनी हो” लिएर किरण गौतम र मनिषा घोरासैनी बजारमा 

“बैनी हो” लिएर किरण गौतम र मनिषा घोरासैनी बजारमा 

ब्यानर समाचार, मनोरञ्जन, मुख्य समाचार, समाचार, साहित्य/कला
महेन्द्र अधिकारी काठमाडौं, १० साउन । लोक दोहोरी गायक तथा सर्जक किरण गौतम र गायीका मनिषा घोरासैनीको नयाँ लोकदोहोरी गीत “बैनी हो” बजारमा सार्वजनिक भएको छ । किरण गौतमको प्रस्तुति रहेको गीतमा गायक गौतमको शब्द र संगीत चर्चित लोक गायक नवराज घोरासैनीको रहेको उक्त गीतलाई मिक्सिङ्ग मास्टरिङ कुमार सानु पुनको छ भने एरेन्ज नारायण द्ङ्गालको रहेको छ । उक्त दोहोरी भाकालाई शंकरा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । निरेन श्रेष्ठको निर्देशन रहेको म्यूजिक भिडियोमा नितीन वाइबाको सह–निर्देशन रहेको छ । भिडियोमा निरेन श्रेष्ठ र जुनु एस डि लगायत अन्यको अभिनय देख्न सकिन्छ । राम केसीले छायांकन गरेको म्युजिक भिडियोको सम्पादन बिष्णु खड्काको रहेको छ। त्यसो त गीतको अडियो सुन्दा कानलाई जति आनन्द मिल्छ, त्यो भन्दा आनन्द भिडियो हेर्दा आँखालाई आउने गर्छ । किनकी गीतको अडियोसंगै भिडियो पनि निकै आकर्षक ब...
बाँकी छ यो सम्झना : सुमित्रा सुमी

बाँकी छ यो सम्झना : सुमित्रा सुमी

ब्यानर समाचार, मनोरञ्जन, समाचार, साहित्य/कला
काठमाडौं,३० असार। कविता - बाँकी छ यो सम्झना फुल्थ्यो फूल बगानमा रहरिलो बास्ना हवामा छरी । हाँस्थ्यौ पुष्पक प्रेमले वरिपरी आऊ भने झैँ गरी ।। आत्माले प्रेम चुम्दथ्यो प्रकृतिमा स्वयं म बन्दा धरा । माया खोज्दथ्यो प्रेमीको हृदयले प्यूँदै सुधाको सुरा ।। आँखाले मन त्यो चियाउन सधै पर्खी बसेको थियो । ब्यूँझ्यो प्रेम प्रभातबाट बलियो छाया लिई स्वर्गको । गर्थेँ पुष्प र पत्रले हृदयको प्रेमादी सम्बोधन । भन्दे प्यार उनीसितै यतिकुरा गर्दैछु आन्दोलन ।। हेर्दै शौम्य गुलाफको वदनमा गरिरहेँ बन्दना । प्रेमै दिव्य सुवर्ण मेघ सरीको अहा! मीठो कल्पना ।। चिन्ता छैन रङ्गाईदिन्छु सहजै खुशी मिलाईकन । नाता जोर्न म आउँनेछु दिलको आभा उज्यालोसँग ।। टुट्यो सुन्दर जिन्दगी सुनहला सारा खरानी भयो । कस्ले बुझ्दछ वेदना हृदयको यो प्रेममा कष्ट भो ।। आफ्नो हार्दिक देवता पर हुँदा रोईरहे...
खुमन अधिकारी र शान्ती श्री परियारको तीज गीत ‘गौरी’ सार्वजनिक

खुमन अधिकारी र शान्ती श्री परियारको तीज गीत ‘गौरी’ सार्वजनिक

ब्यानर समाचार, मनोरञ्जन, मुख्य समाचार, समाचार, समाज, साहित्य/कला
महेन्द्र अधिकारी  काठमाडौं,२९ असार । हिन्दू नारीको महत्वपूर्ण पर्व तीज नजिकिँदै गर्दा तीज सम्बन्धी गीतहरु बजारमा ल्याउने क्रम चलेको छ । यस्तैमा लोकदोहारी गायक खुमन अधिकारी र गायिका शान्ती श्री परियारको आवाजमा रहेको ‘गौरी’ बोलको तीज गीत सार्वजनिक भएको छ । ‘गौरी’ गीतको कोरस आवाजमा  राजन बस्नेत,घनश्यामक्षेत्री,रुपी सिङ्जाली र प्रेमा रानाले साथ दिएका छन् । प्रसाद लामिछानेको शब्द रहेको गीतमा गायक अधिकारीकै संगीत रहेको छ भने संगीत संयोजन सुनिल परियारको रहेको गीतलाई मिक्सिङ्ग कुमार रानाले गरेका छन् ।  भिडियोमा नविन घर्ती मगरको सम्पादन रहेको छ । उक्त गितको अडियो निर्माण मारुनी रेकर्डिङ स्टुडियोमा निर्माण गरिएको छ । गीतलाई शिव दर्शन फिल्म्स युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । निर्देशक स्मृति तिमिल्सिना ‘गुरूआमा’को कोरियोग्राफर एवम् निर्देशनमा रहेको तीज गीतमा गायक खुमन अधिकारी, अन्ज...
आदिकवि भानुभक्तको २१०औँ जन्मजयन्ती

आदिकवि भानुभक्तको २१०औँ जन्मजयन्ती

ब्यानर समाचार, मुख्य समाचार, शिक्षा, समाचार, साहित्य/कला
काठमाडौं,२९ असार। भाषाको माध्यमबाट राष्ट्रिय एकीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती आज शुक्रवार देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किमलगायत नेपाली भाषा भाषी धेरै रहेका स्थानमा पनि मनाइन्छ । सरल नेपाली भाषामा लेखिएको भगवान रामको जीवनीलाई भावानुवाद सहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका थिए । उनले लेखेको रामायण अहिले पनि नेपालीका घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले भौगोलिकरूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका थिए । १८७१ असार २९ गते (आजैका दिन) नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म भएको हो । उनका पिताको नाम धनञ्जय आचार्य र माता धर्मावत...
सर्जक महेश नेपालको शब्दमा ,माइला गुरु र दिपिका पराजुलीको “क्यानम” सार्वजनिक

सर्जक महेश नेपालको शब्दमा ,माइला गुरु र दिपिका पराजुलीको “क्यानम” सार्वजनिक

ब्यानर समाचार, मनोरञ्जन, मुख्य समाचार, समाचार, साहित्य/कला
महेन्द्र अधिकारी  काठमाडौं,२८ असार। गायक,सर्जक तथा कुशल सञ्चारकर्मी महेश नेपालको शब्दमा “क्यानम” डिजिटल बजारमा सार्वजनिक भएको छ । नेपाल स्वयमको शब्द सृजना सागर भण्डारीको मन लोभ्याउने संगीतमा सजिएको सोहि गीत कृष्ण लामिछानेको एरेन्ज मिक्सिङ्ग गरेका हुन् । उक्त गीत अमृत आचार्य (माइला गुरु) को प्रस्तुतिमा रहेको छ भने गितमा महेश नेपाल ,माइला गुरु दिपिका पराजुलीको सुमधुर स्वर रहेको छ । उमेश कार्की (युके)को निर्देशनमा तयार भएको यस गितको म्युजिक भिडियोमा दीपेन्द्र देउवा,अस्मिता आचार्य ,बिनिता दाहाल ,संगम खत्री लगायतको दमदार अभिनय देख्न सकीन्छ । मरुभुमी नारायणको छायांकन,रोशन धितालको सम्पादनमा भिडियो तयार भएको हो । मौलिक र यथार्थ शब्द समाबेश भएको गितले छोटो समयमा नै दर्शक श्रोताको मन जित्न सफल भएको यसै म्युजिक भिडियोका गायक नेपाल जनाएका छन् । उक्त गीत Amrit Acharya को आफ्नो अफिसियल युट्युब ...
गोरखाका निरोज भट्टलाई सार्वेत्कृष्ट शब्दमा अवार्ड 

गोरखाका निरोज भट्टलाई सार्वेत्कृष्ट शब्दमा अवार्ड 

ब्यानर समाचार, मनोरञ्जन, मुख्य समाचार, समाचार, साहित्य/कला
महेन्द्र अधिकारी काठमाडौं,असार २६ । गत शनिबार राजधानीमा आयोजित दोस्रो काव्य म्यूजिक अवार्ड सम्पन्न भएको छ। अवार्ड कार्यक्रम काठमाडौंको चाबहिल स्थित चलचित्र बिकास बोर्डको हलमा भएको थियो। कार्यक्रममा चर्चित लोक सञ्चाकर्मी, बिभिन्न स्रस्टा तथा कलाकारको पनि उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा नेपाली लोक कला संस्कृतिको सँरक्षण तथा सँबर्द्वन गर्ने कलाकार,सञ्चारकर्मीलाई सम्मान गर्ने तथा उत्कृष्टलाई सम्मान गरि अवार्ड बितरण गरिएको थियो। कार्यक्रममा गोरखाका निरोज भट्टले सार्वेत्कृष्ट शब्दमा अवार्ड हात पारेका छन्। गितकार भट्टका दर्जनौ गीत साँगीतिक बजारमा छन्।  जस अन्तर्गत केहि आफ्नो जन्मभूमी माटोसँग समर्पित पनि सृजना रहेका छन्। भर्खरै प्राप्त अवार्ड  भने भट्टले ‘तप्प आँशु खस्यो’ बोलको गीतबाट लिएका छन् । भट्ट केहि र्वषदेखि निरन्तर नेपाली गीत सांगितिक यात्रामा मात्रै नभई उनी एक कुशल युवा व्यव...
खुमन अधिकारी ,शान्ती श्री परियार र सुनिता बुढाको तीज गीत ‘माइती घरले’ सार्वजनिक

खुमन अधिकारी ,शान्ती श्री परियार र सुनिता बुढाको तीज गीत ‘माइती घरले’ सार्वजनिक

ब्यानर समाचार, मनोरञ्जन, मुख्य समाचार, समाचार, समाज, साहित्य/कला
महेन्द्र अधिकारी  काठमाडौं, असार २३। हिन्दू नारीको महत्वपूर्ण पर्व तीज नजिकिँदै गर्दा तीज सम्बन्धी गीतहरु बजारमा ल्याउने क्रम चलेको छ । यस्तैमा लोकदोहारी गायक खुमन अधिकारी र गायिका शान्ती श्री परियार ,सुनिता बुढाको आवाजमा रहेको ‘माइतीघरले’ बोलको तीज गीत सार्वजनिक भएको छ । गुड लक नेपालको प्रस्तुतिमा सबिता पौडेल ( ढुंगाना )को पारिवारिक तिज गित सार्वजनिक भएको हो । गीतलाई गूड लक्क नेपाल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । चर्चित लोकप्रिय मोडल तथा निर्देशक शंकर बिसीको निर्देशनमा रहेको तीज गीतमा गायक खुमन अधिकारी,अभिषेक खड्का, सिरु बिष्ट, लक्ष्मी बर्देवा, निक्स शर्मा, निहारिका थापा, यादव पौडेल, भूमिका गिरि, सबिता ढुंगाना र दिब्य न्यौपानेको अभिनय रहेको छ । दुर्गा पौडेलको शब्द रहेको गीतमा खुमन अधिकारीकै संगीत रहेको छ भने संगीत संयोजन बिनोद बाजुरालीको रहेको छ । भिडियोमा नविन घर्ती मगरको ...