Thursday, March 28
Shadow

पाँच वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ


  • -इ
  • इ+

काठमाडौं, माघ १९ । पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडितका ३८ वर्षीय बुवालाई सप्तरी प्रहरीले आज पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरेका आरोपितले आफ्नै घरकोठामा गत शुक्रबार नाबालिका छोरीलाई बलात्कार गरेको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालय, सप्तरीमा आइतबार उजुरी दिएकी थिइन् ।

कनून बमोजिम कारवाही गर्न माग भएपछि पीडितको गजेन्द्रनारायण सिंह अस्पतालमा आइतबार स्वास्थ्य परीक्षण गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक राजेन्द्रप्रसाद धमलाले बताए । स्वास्थ्य परीक्षणपछि आज उजूरी दर्ता गरेर आरोपितलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जनाइएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares