Thursday, March 28
Shadow

४४ हजार नगदसहित जुवाखालबाट ५ जना पक्राउ


  • -इ
  • इ+

काठमाडौं, माघ ३० । जिल्ला प्रहरी कार्यालय सुर्खेतले ४४ हजार नगदसहित जुवाखालबाट पाँच जनालाई पक्राउ गरेको छ ।

प्रहरी निरीक्षक कनबहादुर शाहीको नेतृत्वको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेत खजुरामा पर्ने आवास क्षेत्रस्थित बलबहादुर शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चामुण्डा बिन्द्रासैनी दैलेख घर भई हाल वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेत बस्ने ३२ वर्षीय झक्कबहादुर शाही, सोही वडामा बस्ने २६ वर्षीय खेमराज शाही, २३ वर्षीय भरत शाही, ४२ वर्षीय नरेश शाही र वडा–८ मा बस्ने ४४ वर्षीय रेशम पंगेनी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

घरमा जुवातास खेलिरहेका छन् भन्ने विशेष सूचनाको आधारमा जिप्रकाबाट खटिएको टोलीले जुवाखालबाट तीन गड्डी तास र रु ४४ हजार १३५ नगद बरामद गरेको प्रहरी नायब उपरीक्षक घर्तीले जानकारी दिए ।

उनीहरुलाई जुवा कसुर ऐन अन्तरगत कारवाहीका लागि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares