Thursday, April 25
Shadow

Tag: पक्राउ

लागुऔषधसहित सासू–बुहारी पक्राउ

लागुऔषधसहित सासू–बुहारी पक्राउ

अपराध, समाचार, समाज
  काठमाडौं, पुस १५ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित राजधानी वीरेन्द्रनगरमा सासू–बुहारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले विशेष सूचनाका आधारमा वीरेन्द्रनगर–८ सुर्खेत इत्रामखोला नजिक बस्ने २४ वर्षीया बुहारी शान्ति सिंहसहित उनकी सासू कौशिला सिंहलाई पक्राउ गरेको हो । मङ्गलबार उनीहरुलाई सार्वजनिक गर्दै १४ ग्राम ९७० मिलिग्राम लागुऔषधसहित सासू–बुहारीलाई पक्राउ गरिएको जिप्रका सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए । “विशेष सूचनाका आधारमा बुहारी शान्तिको कोठामा खानतलास गर्दा पाँच ग्राम १७० मिलिग्राम लागुऔषध भेटिएको थियो”, उनले भने, “सासू कौशिलाको कोठामा समेत खानतलासी गर्दा नौ ग्राम ८०० मिलिग्राम लागुऔषध भेटिएको हो ।” लागुऔषधसहित शान्ति सिंहको साथमा रहेको रु २१ हजार ५०० नगद पनि बरामद गरिएको प्रहरी नायब उपरीक्षक घ...
आफूलाई नेदरल्याण्डको नागरिक बताउँदै ४२ लाख ठगी :  १९ वर्षीया युवतीसहित दुई पक्राउ

आफूलाई नेदरल्याण्डको नागरिक बताउँदै ४२ लाख ठगी : १९ वर्षीया युवतीसहित दुई पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस १४ ।  गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वी रुकुम घर भई हाल काठमाडौँको कीर्तिपुर बस्ने २२ वर्षीय सन्तोष श्रेष्ठ र सोही ठाउँकी १९ वर्षीया आशा श्रेष्ठ रहेका छन् । उनीहरुलाई काठमाडौँको सुन्धाराबाट पक्राउ गरी आवश्यक कारवाहीका लागि आज महानगरीय प्रहरी परिसर काठमाडौँमा बुझाएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । उनीहरुले नक्कली आइडी खोली आफूलाई नेदरल्याण्डको नागरिक बताउँदै पीडितलाई साथी बनाएर झण्डै रु ४२ लाख ठगी गरेको भनी उजुरी परेको महाशाखाले जनाएको छ । थापाका अनुसार आफू नेपाल घुम्न आउने, विवाह गर्ने, बहुमूल्य सामान, आइफोन सुनका गरगहना तथा डलरसमेत पठाइ दिने लोभ देखाएर ठगी गरेको खुल्न आएको छ । उनीहरुले दीपक किशोर श्रेष्ठ र सन्तोष श्रेष्ठको बैंक खातामा तथा आइएमइमार्फत रु ४२ लाख ठगी गरेको प्रहरीले जनाएको ...
सात लाख ३३ हजार भातीय रुपैयाँसहित दुई जना पक्राउ

सात लाख ३३ हजार भातीय रुपैयाँसहित दुई जना पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, पुस १४ । सशस्त्र प्रहरी टोलीले धनुषा जिल्लाको नगराईन नगरपालिका–२ जटही स्थित सीमा ईलाकाबाट सात लाख ३३ हजार भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा जनकपुर उपमहानगरपालिका–४ बस्ने ५८ वर्षीया पुष्पदेवी ठाकुर र २९ वर्षीय अजितकुमार ठाकुर छन्। उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट नगराईनबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित भारतीय रुपैयाँ फेला परेपछि पक्राउ गरिएको हो। पक्राउ परेकाहरुलाई बरामद भारतीय रुपैयाँसहित आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको छ।  ...
कोरोना सम्बन्धी भ्रामक समाचार लेखेको आरोपमा पत्रकार पक्राउ

कोरोना सम्बन्धी भ्रामक समाचार लेखेको आरोपमा पत्रकार पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस ११ । कोरोना सम्बन्धी भ्रामक समाचार लेखेको आरोपमा एक जना पत्रकार पक्राउ परेका छन् । यो खबर जोर्डन हो । जोर्डनमा कोरोनाभाइरस खोप राज्यमा आएको र सरकारी अधिकारीहरूले उक्त खोप लगाइसकेको भनी भ्रामक समाचार लेखेको आरोपमा ती पत्रकारलाई पक्राउ गरिएको हो । “सरकारी अधिकारीहरूले कोरोनाभाइरस खोप लगाएको भ्रामक समाचार सम्प्रेषण गरेको आरोपमा पत्रकार जमाल हद्दादलाई अनलाइन पत्रिका अलवाकाइका सम्पादकलाई बिहीबार पक्राउ गर्ने आदेश दिइएको छ,” राज्य सुरक्षा अदालतका अभियोजनकर्ताहरूले बताएका छन् । एएफपीले पाएको जानकारीमा देशको सुरक्षालाई नै खतरामा पार्ने र राष्ट्रघाती काम गरेको आरोप लगाइएको सरकारी अधिकारीले बताएका छन् । मुद्दाको सुनुवाईका लागि पत्रकारलाई १५ दिनसम्म नजरबन्द राख्ने आदेश दिइएको छ ।...
नक्कली परीक्षार्थी बनि ईपिएस परीक्षा दिने एक जना पक्राउ, प्रतिव्यक्ति ७ लाख लिएको खुलासा

नक्कली परीक्षार्थी बनि ईपिएस परीक्षा दिने एक जना पक्राउ, प्रतिव्यक्ति ७ लाख लिएको खुलासा

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं , पुस ७ । नक्कली परीक्षार्थी बनि ईपिएस परीक्षा दिने धरानका एक जना पक्राउ परेका छन् । विभिन्न समयमा ईपिएस परीक्षामा नक्कली परीक्षार्थी बनी ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सुनसरी धरान उपमहानगरपालिका–१९ घर भई काठमाडौं महानगरपालिका–५ रुद्रमतीमार्ग, कालोपुल बस्ने ५१ वर्षीय उत्तममान लिम्बुलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । काठमाडौंको बागबजारस्थित एक कन्सल्टेन्सीमा कोरियन भाषाको प्रशिक्षकको रुपमा काम गर्ने उत्तम मान समेतले विभिन्न समयमा कोरियन भाषाको ईपिएस परीक्षामा सहभागी हुन आएका विद्यार्थीहरूलाई प्रभाव तथा प्रलोभनमा पारी विद्यार्थीहरुको प्रवेश पत्रमा आफ्नो फोटो राखी परीक्षा दिई उत्तीर्ण गराएको खुलेको छ । यस्तै विद्यार्थीहरुबाट प्रतिव्यक्ति ७ लाख रुपैयाँसम्म लिई कोरिया पठाउने कार्यमा वर्षौदेखि संलग्न रहँदै आएको खुल्न आएको छ । विशेष सूचना आधारमा महानगरीय अपराध म...
बैंकको एटीएम बुथ तोडफोड गरिरहेको अवस्थामा खोटाङका १ जना पक्राउ

बैंकको एटीएम बुथ तोडफोड गरिरहेको अवस्थामा खोटाङका १ जना पक्राउ

अपराध, मुख्य समाचार
काठमाण्डौँ, मंसिर २७ काठमाडौं महानगरपालिका-१ दरबारमार्गस्थित नेपाल इन्भेष्टमेन्ट बैंकको एटीएम बुथ तोडफोड गरिरहेको अवस्थामा काठमाडौं कपन बस्ने खोटाङ घर भएका ३० वर्षीय आनन्द तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनले उक्त एटीएम बुथ तोडफोड गर्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो । तोडफोडबाट बुथको दाँया भागको शिशा फुटेको र एक थान सिसिटिभिमा क्षति पुगेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...
नुवाकोटको दुई सहित स्वयम्भूबाट गैंडाको खागसहित पाँच जना पक्राउ

नुवाकोटको दुई सहित स्वयम्भूबाट गैंडाको खागसहित पाँच जना पक्राउ

अपराध, ब्यानर समाचार, समाचार
काठमाण्डौँ, मंसिर २६ स्वयम्भूबाट गैंडाको खाग सहित पाँच जना पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले बिहीबार काठमाडौं महानगर-१५ स्वयम्भू किमडोलबाट पाँच जनालाई पक्राउ गरेको हो। अवैध रुपमा कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा महाशाखाको टोली खटिएको थियो। पक्राउ पर्नेमा काठमाडौं झोँछेका ४१ वर्षीय रिकेश शाक्य, ३५ वर्षीय सुरेश शाक्य, ३९ वर्षीय अनिल श्रेष्ठ छन्। त्यस्तै नुवाकोट मेघाङ गाउँपालिका-६का २६ वर्षीय रामसिंह तामाङ र २२ वर्षीया मुना तामाङ छन्। बिक्री वितरण गर्न कोठामा राखिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई खागसहित पक्राउ गरेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए। उनीहरूमाथि राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन-२०२९ अन्तर्गत आवश्‍यक अनुसन्धानको लागि जिल्ला वन कार्यालय हात्तीसार पठाइएको छ।...
लोक सेवाको परीक्षाबाट ८ जना नक्कली परीक्षार्थी पक्राउ

लोक सेवाको परीक्षाबाट ८ जना नक्कली परीक्षार्थी पक्राउ

अपराध, ब्यानर समाचार, समाचार
काठमाण्डौँ, मंसिर २५ जिल्ला प्रहरी कार्यालय सुर्खेतले अर्काको नाममा परीक्षा दिने आठ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । लोक सेवा आयोगको कार्यालय सुर्खेतमा प्राविधिक जवान सङ्गीततर्फको परीक्षामा अर्काको परीक्षा दिँदै गरेका आठ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भगवतीमाई गाउँपालिका–७ दैलेख निवासी कमल विकको स्थानमा परीक्षा दिने सोही गाउँपालिकामा बस्ने २३ वर्षीय तिलक विक, गुराँस गाउँपालिका–२ दैलेख बस्ने रणबहादुर रावललको स्थानमा सोही ठाँउका १९ वर्षीय रामबहादुर कार्की रहेको प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए । त्यस्तै भगवतीमाई गाउँपालिका–७ दैलेख बस्ने चक्रराज विकको स्थानमा परीक्षा दिने सोही ठाउँका २५ वर्षीय दीपेन्द्र विक, नारायण नगरपालिका–७ दैलेख चन्द्रबहादुर रानाको ठाउँमा परीक्षा दिने चामुण्डा बिन्द्रासैनी नगरपालिका–५ दैलेख २० वर्षीय रमेशप्रसाद न्यौपानेलाई पक्रा...
काठमाडौंमा एटीएम मेसिन फुटाउँदै गरेका अवस्थामा एकजना पक्राउ

काठमाडौंमा एटीएम मेसिन फुटाउँदै गरेका अवस्थामा एकजना पक्राउ

अपराध
काठमाडौ,मंसिर २२ काठमाडौं महानगरपालिका-३२ मुनिभैरवस्थित एनआइसी एसिया बैंकको एटिएम मेशिन फुटाउँदै गरेको अवस्थामा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने सिन्धुपाल्चोक बाह्रबिसे घर भएका १९ वर्षीय अनिल तामाङ रहेका छन् । उक्त एटिएमको तल्लो भाग फुटाई अन्य भाग फुटाउँदै गरेको अवस्थामा महानगरीय प्रहरी प्रभाग कोटेश्‍वरबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।...
नुवाकोट बेलकोटगढीका घुस लिने इन्जिनियर पौडेल र व्यवसायी भट्ट पक्राउ

नुवाकोट बेलकोटगढीका घुस लिने इन्जिनियर पौडेल र व्यवसायी भट्ट पक्राउ

अपराध, आर्थिक, ब्यानर समाचार, समाचार, स्थानिय तह
काठमाण्डौँ, मंसिर १७ नुवाकोट बेलकोटगढी नगरपालिकामा कार्यरत इन्जिनियर पर्वत पौडेल पक्राउ परेका छन्। उनलाई सेवाग्राहीसँग घर निर्माण सम्पन्नको प्रमाणपत्र दिने प्रयोजनका लागि घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो। उनले सेवाग्राहीसँग लिएको ७५ हजार रुपैयाँ होटल व्यवसायी नारायणप्रसाद भट्टलाई बुझ्न लगाएका थिए। सोही अवस्थामा पौडैल र भट्ट दुवैजनालाई पक्राउ गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जनाएका छन्। उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।...