Tuesday, March 19
Shadow

स्थानिय तह

साङ्लामा हेमोडायलाईसिस सेवा शुभारम्भ

साङ्लामा हेमोडायलाईसिस सेवा शुभारम्भ

ब्यानर समाचार, मुख्य समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
काठमाडौं- तारकेश्वर नगरपालिका वडा नं १ साङ्लामा हेमोडायलाईसिस सेवा शुरु भएको छ । बुधवार एक कार्यक्रमकाबिच उक्त सेवा शुभारम्भ गरिएको हो । नगरपालिकाको वडा नं १ मा रहेको साङ्ला प्राथमिक स्वास्थ्य केन्द्रमा उक्त सेवाको शुभारम्भ गरिएको हो । स्थानिय आइतमान तामाङको मृगौला डायलाईसिस गरेर सेवा प्रारम्भ गरिएको वडा अध्यक्ष विदुर सापकोटाले बताए । सेवाको उद्घाटन गर्दै मेयर कृष्णहरि महर्जनले पालिका भित्र रहेका मृगौला पिडित बिरामी अब अन्यत्र गईरहनु पर्ने बाध्यता अन्त्य भएको बताए । साथै सेवालाई चुस्त दुरुस्त बनाउन नगरपालिकाले निरन्तर कार्य गर्ने उनले बताए । वडाध्यक्ष सापकोटाको सभापतित्व रहेको कार्यक्रममा मेयर कृष्णहरि महर्जन प्रमुख अतिथि, उपमेयर श्रृजना बुर्लाकोटी अर्याल, प्रमुख प्रशासकीय अधिकृत दिनेश राज पन्त लगाएत अतिथिका रुपमा उपस्थित थिए भने अन्य जनप्रतिनिधि, स्वास्थ्यकर्मी र स्थानियको उपस्थ...
टोखामा आजदेखि कर सप्ताह अभियान शुरु

टोखामा आजदेखि कर सप्ताह अभियान शुरु

आर्थिक, मुख्य समाचार, स्थानिय तह
काठमाडौँ- टोखा नगरपालिकाले आइतबार(आज)देखि कर सप्ताह अभियान मनाउँदै छ । नगरपालिकाभित्रको करको दायरालाई फराकिलो बनाउँदै राजस्व वृद्धि गर्ने उद्देश्यले नगरपालिकाले पहिलो पटक कर सप्ताह मनाउन लागेको हो । नगरपालिकाको आन्तरिक स्रोतलाई वृद्धि गर्दै करको दायरालाई फराकिलो बनाउन कार्यपालिकाको निर्णयअनुसार कर सप्ताह मनाउन लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले जानकारी दिए । पालिकाले असोज १४ देखि २१ गतेसम्म कर सप्ताह मनाउने छ । अहिले ७ बजेबाट शुरु हुने प्रभातफेरीमा व्यापक सहभागितासहित साता दिनसम्म विविध कार्यक्रमहरू आयोजना गरेर कर दिवसलाई भव्यताका साथ मनाउने प्रमुख प्रशासकीय अधिकृत बिसिको भनाई छ । गत आर्थिक वर्षमा २४ करोड ५२ लाख राजस्व सङ्कलन गरेको नगरपालिकाले उठाउने राजस्वमध्ये सबैभन्दा बढी सम्पत्ति करमा ५० प्रतिशत, व्यावसायिक करमा ३३ प्रतिशत, घर बहाल करमा १६ प्रतिशत र अ...
प्याब्सन नगर समिति कृष्णनगर द्वारा SEE का विद्यार्थी सम्मानित

प्याब्सन नगर समिति कृष्णनगर द्वारा SEE का विद्यार्थी सम्मानित

ब्यानर समाचार, ब्यानर समाचार 2, स्थानिय तह
अजय मिश्र, कपिलवस्तु, अषाढ ३० प्याब्सन नगर समिति कृष्णनगरले सेन्टज्यूड्स इंग्लिश सेकेण्डरी स्कूलमा एक कार्यक्रमका बिच SEE मा राम्रो नतिजा प्राप्त गरेका कृष्णनगरका विद्यार्थी लाई सम्मान गरेको छ। प्याब्सन नगर समिति कृष्णनगरका अध्यक्ष तब्सीर अहमदको अध्यक्षता, प्रमुख अतिथिमा कपिलवस्तु प्याबसनका जिल्ला बरिष्ठ उपाध्यक्ष धिरेन्द्र सिंह, विशिष्ट अतिथिमा समाजसेवी सुसिल श्रीवास्तव, अतिथिमा सुनिल सिंह, मोहम्द मुस्लिम, ज्योतिर मय श्रीवास्तव, आलोक ओझा, राजन मौर्या लगायत रहेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिंहल SEE उत्रिण विद्यार्थी हरूको उज्जवल भविष्यको कामना गर्दै, विद्यार्थी हरु देशका भबिस्य रहेको हुदाँ विद्यार्थीको रूचि, क्षमता अनुसार आगामी शैक्षिक यात्रामा अभिभावकको भूमिका महत्वपूर्ण रहने बताउदै कृष्णनगरको नाम उच्च राख्न समेत विद्यार्थी हरूमा अनुरोध गर्नुभयो। कार्यक्रममा विद्यार्थी ...
परिवर्तन अभियान नेपाल द्वारा तारकेश्वर नगरपालिकाबाट माध्यामिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण छात्रछात्रा र विद्यालय सम्मानित

परिवर्तन अभियान नेपाल द्वारा तारकेश्वर नगरपालिकाबाट माध्यामिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण छात्रछात्रा र विद्यालय सम्मानित

ब्यानर समाचार, ब्यानर समाचार 2, स्थानिय तह
काठमाडौ - परिवर्तन अभियान नेपालले काठमाडौँको तारकेश्वर नगरपालिकाबाट माध्यामिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण छात्रछात्रा र विद्यालयलाई सम्मानित गरेको छ । शनिबार राजधानीको नेपालटारमा आयोजित कार्यक्रमका बीच सामुदायिक र संस्थागत विद्यालय तथा छात्रछात्रालाई सम्मानित गरिएको हो । यस वर्षको एसईईमा संस्थागत विद्यालयबाट छात्रातर्फ रश्मि पोख्रेल, सहारा लोहनी र आकृति सुनार ४.० जीपीए ल्याएर सर्वोत्कृष्ट भएकामा उनीहरुलाई कार्यक्रमका बीच प्रमाणपत्रसहित विशेष सम्मान गरियो । यस्तै छात्रतर्फ जेशन नेपाललाई पनि विशेष सम्मान गरियो । यस्तै सामुदायिक विद्यालयबाट शीला नेपाल र किरण घिमिरे सर्वोत्कृष्ट रहेकामा उनीहरुलाई पनि सम्मानित गरियो । यस्तै पालिकाभरबाट एसईईमा सफल सबै छात्रछात्रालाई प्रमाणपत्र हस्तान्तरण गरिएको अभियानका संयोजक सुशील भट्टले जानकारी दिए । कार्यक्रममा सहभागीहरुले एसईईमा सफल विद्यार्थीलाई...
तारकेश्वर सामुदायिक विद्यालय समितिकाे २८ औं वार्षिक साधारणसभा सम्पन्न

तारकेश्वर सामुदायिक विद्यालय समितिकाे २८ औं वार्षिक साधारणसभा सम्पन्न

ब्यानर समाचार, ब्यानर समाचार 2, स्थानिय तह
काठमाडौं - तारकेश्वर सामुदायिक विद्यालय समितिकाे २८ औं वार्षिक साधारणसभा यही असार २९ गते भानु जयन्तीको अवसर पारी भव्य रुपमा सम्पन्न भएकाे छ । सचिब राजु नेपालकाे सञ्चालनमा, समितिका अध्यक्ष कृष्णप्रसाद ओझाको अध्यक्षता रहेको थियो । नगर प्रमुख कृष्णहरी महर्जनकाे प्रमुख आतिथ्यमा सम्पन्न उक्त साधारणसभामा काेषाध्यक्ष अर्जुल फुयालले आर्थिक प्रतिवेदन, लेखा समितिका तर्फबाट लेखा सदस्य हाेमनाथ अंगाईले लेखा समितिकाे प्रतिवेदन एवं अध्यक्ष कृष्णप्रसाद ओझाले आगामी वर्षकाे नीति तथा कार्यक्रम सभामा पेश गरेका थिए । नगर प्रमुख कृष्णहरि महर्जनले शिक्षा आफ्नाे विशेष प्राथमिकताकाे क्षेत्र रहेकाे जानकारी गरनउदै बजेटकाे कमि हुन नदिने बताए । विशेष अतिथिका रुपमा आमन्त्रित शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख नन्दलाल पाैडेलले शिक्षण पेशा संसारमानै उतकृष्ठ रहेकाे बताउदै यसलाई मर्यादित बनाउन जाेड दिए । तारकेश्वर ...
गोरखामा धन्सार भत्किंदा एक जनाको मृत्यु, ३ जना घाइते

गोरखामा धन्सार भत्किंदा एक जनाको मृत्यु, ३ जना घाइते

दुर्घटना, ब्यानर समाचार, मुख्य समाचार, समाचार, स्थानिय तह
गोरखा, असार १९ । गोरखामा बनाउँदै गरेको धन्सार भत्किएर थिच्दा १ को मृत्यु भएको छ भने घटनामा तीनजना घाइते भएका छन् । गोरखाको गण्डकी गाउँपालिका–४, पाटापाटीस्थित जगबहादुर बरामको बनाउँदै गरेको धन्सार भत्किएर उनकी श्रीमती ४१ वर्षीया मीना बरामको मत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए । उक्त घटनामा मृतक मीनाका श्रीमान ४५ वर्षीय जगतबहादुर बराम, २१ वर्षीय छोरा सुजन बराम र छिमेकी ६५ वर्षीय रामकृष्ण बराम घाइते भएका छन् । रामकृष्णको अवस्था गम्भीर भएकाले उनलाई थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । अन्य दुईजनाको अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए ।...
काठमाडौंको हनुमान ढोका परिसरमा सवारी साधन प्रवेशमा रोक

काठमाडौंको हनुमान ढोका परिसरमा सवारी साधन प्रवेशमा रोक

ब्यानर समाचार, मुख्य समाचार, समाचार, स्थानिय तह
काठमाडौं,१९ असार । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले काठमाडौंको हनुमान ढोका परिसरमा सवारी साधन प्रवेशमा रोक लगाएका छन् । मंगलबार (आज) बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर शाहले हनुमान ढोका परिसरभित्र सवारी साधन प्रवेशमा रोक लगाएको जानकारी जानकारी दिएका हुन् । मेयर शाहले प्राचिन सम्पदाको मौलिकता र सौन्दर्यतालाई जोगाउनका लागि सवारी प्रवेशमा रोक लगाइएको बताएका छन् । उनले भनेका छन्, ‘काठमाडौ मुख्यरुपमा प्राचिन र ऐतिहासिक कालीगढीको उदाहरण हो । काठमाडौको पहिचान भनेकै यहाँका सम्पदाहरु हुन् । विश्वलाई गौरवसाथ देखाउन सक्ने, हामीले शानसँग व्यवसायीकता अंगाल्न सक्ने भनेकै यीनै सम्पदा र यीनको प्राचीन मौलिकता पनि हुन् । यहि हेर्न, अनुभव गर्न र रमाउन लाखौँ पर्यटकहरु आउन सक्छन् । वसन्तपुर हनुमानढोका यसमध्येकै एक हो, जहाँ दिनमा हजारौँ पर्यटकहरु आउने र लाखौँ आउन सक्ने सम्भावना छ...
अर्घाखाँचीको पाणिनीमा घरमाथि पहिरो खस्दा ३ को मृत्यु

अर्घाखाँचीको पाणिनीमा घरमाथि पहिरो खस्दा ३ को मृत्यु

दुर्घटना, मुख्य समाचार, समाचार, स्थानिय तह
काठमाडौं, असार १९ । अर्घाखाँचीको पाणिनी गापा–१ गोवनपानीमा गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको वडाअध्यक्ष कमल प्रसाद पोखरेलले जानकारी दिए । आज बिहान करिब ५ बजेतिर आएको पहिरोले घर पुरेको थियो । घटनास्थलबाट ३ वटा शव निकालिएको र उनीहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।...
रााष्ट्रिय स्वतन्त्र पार्टी म्यागङको नेतृत्व मंगलबहादुरको काधमा

रााष्ट्रिय स्वतन्त्र पार्टी म्यागङको नेतृत्व मंगलबहादुरको काधमा

मुख्य समाचार, राजनिती, समाचार, स्थानिय तह
नुवाकोट, देउराली १८ असार। रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को म्यागङ गाउँपालिकास्तरीय कार्यसमिति गठन गरिएको छ । आइतबार म्यागङको देउराली माने भञ्ज्याङमा आयोजित प्रथम पालिका भेलाले मंगलवहादुर तामाङको नेतृत्वमा निर्विरोध कार्यसमिति चयन भएको हो र भेलाले तामाङको नेतृत्वमा ८ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । उक्त भेलाले उप–सभापतिमा देवचरण खड्कालाई चयन गरेको रााष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोट बागमती प्रदेश सदस्य लक्ष्मी पाण्डेले बताएका छन् भने यस्तै,सचिवमा जसमान तामाङ र कोषाध्यक्षमा मसिना तामाङ चयन भएका छन् । सदस्यहरुमा जगतमान तामाङ, विसुर तामाङ, धन वहादुर तामाङ र नेमा तामाङ रहेका छन् । यसअघि रााष्ट्रिय स्वतन्त्र पार्टीले शनिवार मात्रै नुवाकोटको तारकेश्वर र किस्पाङ गाउँपालिकामा पालिकास्तरको कमिटि गठन गरिसकेको छ । पालिकास्तरमा गठन भएको समितिले वडास्तरमा वडा कमिटि गठन गर...
रााष्ट्रिय स्वतन्त्र पार्टी किस्पाङ सभापतिमा शिवप्रसाद भट्ट

रााष्ट्रिय स्वतन्त्र पार्टी किस्पाङ सभापतिमा शिवप्रसाद भट्ट

मुख्य समाचार, राजनिती, समाचार, स्थानिय तह
नुवाकोट,किस्पाङ १७ असार। रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को किस्पाङ गाउँपालिका स्तरीय कार्यसमिति गठन गरिएको छ । शनिवार (हिजो) किस्पाङको काहुलेमा भएको आयोजित प्रथम पालिका भेलाले शिवप्रसाद भट्टको नेतृत्वमा निर्विरोध कार्यसमिति चयन गरेको हो । उक्त भेलाले उप–सभापतिमा सोमेश तामाङ, सचिवमा श्रद्धा ढुङ्गाना र कोषाध्यक्षमा कृष्णप्रसाद भट्टराईलाई चयन गरेको छ । यस्तै,सदस्यहरुमा दोलानन्द अधिकारी, अकिल बहादुर तामाङ, बम बहादुर तामाङ र बिक्रम तामाङ चयन भएको रास्वपा नुवाकोटका उप–सभापतिमा लक्ष्मी पाण्डेले बताउनु भएको छ ।  ...