Saturday, April 27
Shadow

शिक्षा

आफ्ना मागहरु सम्बोधन नभएको भन्दै नेबिसंघ पिपल्स क्याम्पसद्धारा हस्ताक्षर संकलन

आफ्ना मागहरु सम्बोधन नभएको भन्दै नेबिसंघ पिपल्स क्याम्पसद्धारा हस्ताक्षर संकलन

मुख्य समाचार, राजनिती, शिक्षा
काठमाडौं- नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) पिपल्स क्यापसले आफ्ना मागहरु सम्बोधन नगरेको भन्दै दबाब स्वरुप विद्यार्थीहरुको हस्ताक्षर संकलन गरेको छ । क्याम्पसमा भएका तमाम बेथितिहरुका विरुद्ध हामिले गत चैत गते नै क्यामपस प्रमुख मनोज कुँवरलाई विज्ञप्ती बुझाई ध्यानाकर्षण गराउदा पनि कुनै सम्बोधन नभएपछी दबाब स्वरुप हस्ताक्षर संकलन गरिएको नेविसंघ क्याम्पस इकाई सभापति प्रदिप जंग शाहले बताए । हाम्रो मागहरु क्याम्पसले सम्बोधन नगरे जुनसुकै कदम पनि उठाउन नेविसंघ तयार रहेको उनले बताए । नेविसंघले इ लाईब्रेरिको ब्यवस्था गरियोस्, भर्ना फर्म शुल्क घटाइयोस्, खेलमैदान को उचित ब्यवस्था गरियोस्, एमबिएस र बिबिएस का विद्यार्थीहरुलाई ब्रेक टाईम को ब्यवस्था गरियोस्, नयाँ कोर्षका अनुसार लाईब्रेरिमा बुक हरुको राखियोस्, कर्मचारी नियुक्त्ती गर्दा विज्ञापना खुलाई खुल्ला प्रतिस्पर्...
आजबाट भर्ना अभियान शुरू, ७ लाख १३ हजारलाई भर्ना गर्ने लक्ष्य

आजबाट भर्ना अभियान शुरू, ७ लाख १३ हजारलाई भर्ना गर्ने लक्ष्य

मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं- नयाँ शैक्षिक सत्रका लागि आजबाट ७ लाख १३ हजार विद्यालय उमेर समूहलाई विद्यालयमा ल्याउने गरी देशभर विद्यार्थी भर्ना अभियान शुरु भएको छ। भर्ना अभियान कार्यक्रमअन्तर्गत विद्यालय जाने उमेर समूह ५ वर्षका ५ लाख र ५ वर्ष उमेर पुगेका तर विद्यालय छाडेका (ड्रप आउट) २ लाख १३ हजार विद्यार्थीलाई विद्यालयमा ल्याउन र टिकाइराख्न अभियान शुरू भएको छ। त्यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यार्थी भर्ना अभियान सहजीकरण कार्ययोजना तयार गरी कार्यान्वयनका लागि स्थानीय तह र अन्य सम्बन्धित पक्षलाई आग्रह गरेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्माले अभियानअन्तर्गत शैक्षिक सत्र २०८१ मा १२ लाख १३ हजार बालबालिकालाई विद्यालयमा ल्याउन अभियान शुरू गरेको जानकारी दिनुभयो।...
ककनी गाउँपालिकालाई तामाङ राष्ट्रिय मुक्ति मोर्चाको ज्ञापन पत्र

ककनी गाउँपालिकालाई तामाङ राष्ट्रिय मुक्ति मोर्चाको ज्ञापन पत्र

ब्यानर समाचार, शिक्षा, समाचार, समाज
काठमाडौं- मातृभाषा शिक्षा लागु गर्न तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपाल र नेवा मुक्ति मोर्चा नेपाल, ककनी गाउँ समितिले संयुक्त रुपमा नुवाकोटको ककनी गाउँपालिकालाई ज्ञापन पत्र बुझाएको छ । संविधानत व्यवस्था भए अनुसार मातृभाषा शिक्षा लागु गर्ने सांस्कृतिक सम्पदाको संरक्षण गर्ने एवम् प्रथा जन्य कानुन सम्बन्धि नीति निर्माण गर्न यहि चालु आर्थिक वर्ष देखि नै लागु गर्ने गरी पहल गर्न अनुरोध गर्दै मोर्चाले गाउँपालिकाका अध्यक्ष सुमन तामाङलाई ज्ञापन पत्र बुझाएको छ । ...

त्रि.वि. शैक्षिक परिषदलाई ध्यानाकर्षण

शिक्षा, समाचार
काठमाडौ - त्रि.वि. शैक्षिक परिषदले Bachelor's in Electronics, Communication and Information इन्जिनियरिङ्ग पाठ्यक्रमको पंजीकरण आजको मिति सम्म नगरेकोले परिक्षा नियन्त्रण कार्यालय बल्खुले सो विभागमा अध्ययन समाप्त गरिसकेका इन्जिनियरिङ्ग विद्यार्थी वर्गलाई Transcript, Provisional सर्टिफिकेट उपलब्ध गराउन सकेको छैन। यस्तो अवस्थाले विद्यार्थीको शैक्षिक अवस्थामा गम्भीर समस्या हुन सक्छ भन्दै विद्यार्थीले त्रि.वि. शैक्षिक परिषदलाई ध्यानाकर्षण पत्र बुझाएको छ । यस्तो गम्भीर विषयलाई तुरुन्त सम्बोधन गर्ने सम्बन्धमा इ.अ.संस्थान डीन कार्यलयमा निवेदन दर्ता भएको छ।...
परिवर्तन अभियान नेपालद्वारा तार्केश्वर न.पा.का एस्ईई उत्तीर्ण छात्रछात्रा र विद्यालयलाई सम्मान

परिवर्तन अभियान नेपालद्वारा तार्केश्वर न.पा.का एस्ईई उत्तीर्ण छात्रछात्रा र विद्यालयलाई सम्मान

ब्यानर समाचार, मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौँ, २९ असार । परिवर्तन अभियान नेपालद्वारा तार्केश्वर नगरपालिका भित्रका माध्यमिक शिक्षा परीक्षा (एस.इ.इ)उत्तीर्ण छात्रछात्रा र विद्यालयलाई सम्मान कार्यकर्म गर्ने भएको छ । भोलि शनिवार बिहान कान्तिपुर ए बि पार्टी प्यालेस बालाजु नेपालटारमा नेपाली काँग्रेसको केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलको प्रमुखातिथ्यतामा हुने कार्यकममा , प्रा.डा. भगवान कोइराला , प्रा.डा. विद्यनाथ कोइराला ,तारकेश्वर नगरपालिकाका नगर प्रमुख कृष्णहरि महर्जन ,उपप्रमुख सृजना बुर्लाकोटी, काठमाडौं महानगरपालिका १६ वडा अध्यक्ष मुकुन्द रीजाल , नबिल बैंकका डेपुटि सिईओ सिए मनोज ज्ञवाली सहितको जनप्रतिनिधिको उपस्थितिमा परिवर्तन अभियान नेपालद्वारा यस शैक्षिक वर्ष २०७९मा तार्केश्वर नगरपालिकाका माध्यमिक शिक्षा परीक्षा (एस.इ.इ) उत्तीर्ण छात्रछात्रा र विद्यालयलाई सम्मान कार्यक्रम गरिन परिवर्तन अभियान नेपालका एक प्रति...
आदिकवि भानुभक्तको २१०औँ जन्मजयन्ती

आदिकवि भानुभक्तको २१०औँ जन्मजयन्ती

ब्यानर समाचार, मुख्य समाचार, शिक्षा, समाचार, साहित्य/कला
काठमाडौं,२९ असार। भाषाको माध्यमबाट राष्ट्रिय एकीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती आज शुक्रवार देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किमलगायत नेपाली भाषा भाषी धेरै रहेका स्थानमा पनि मनाइन्छ । सरल नेपाली भाषामा लेखिएको भगवान रामको जीवनीलाई भावानुवाद सहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका थिए । उनले लेखेको रामायण अहिले पनि नेपालीका घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले भौगोलिकरूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका थिए । १८७१ असार २९ गते (आजैका दिन) नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म भएको हो । उनका पिताको नाम धनञ्जय आचार्य र माता धर्मावत...
एसईईको ग्रेडवृद्धि परीक्षा साउन २६ र २७ गते हुने (सूचनासहित)

एसईईको ग्रेडवृद्धि परीक्षा साउन २६ र २७ गते हुने (सूचनासहित)

ब्यानर समाचार, मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौँ, असार २३ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी साउन २६ र २७ गते हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गर्दै अन्तिम ग्रेड सी वा सी भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने जनाएको छ । बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीले पनि परीक्षा दिने पाउने बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले जनाएको छ। ग्रेडवृद्धिका लागि साउन २१ गतेभित्र फारम भरेर विद्यालयबाट शिक्षा विकास तथा समन्वय एकाइमा पठाउनुपर्नेछ। परीक्षा रद्द भएका परीक्षार्थीले पूरक परीक्षा दिन पाउने छैनन्। परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुनेछ । ग्रेडवृद्धिका लागि साउन २१ गतेभित्र फारम भरेर विद्यालयबाट शिक्षा विकास तथा समन्वय इकाइमा पेस गर्नुपर्नेछ। गत चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालित एसईई परीक्षाको नतिजा गत बिहीबार प्रकाशित भएको थियो ।...
एसईई परीक्षाको नतिजा प्रकाशन गर्ने अन्तिम तयारी, कसरी हेर्ने नतिजा ?

एसईई परीक्षाको नतिजा प्रकाशन गर्ने अन्तिम तयारी, कसरी हेर्ने नतिजा ?

ब्यानर समाचार, मुख्य समाचार, शिक्षा, समाचार
 काठमाडौं,२० असार । परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको तयारीमा छ । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले यसअघिको जस्तै लेटर ग्रेडिङमा नतिजा प्रकाशित गर्ने अन्तिम तयारी गरेको हो । बोर्डले बिहीबार वा शुक्रबारसम्म नतिजा प्रकाशनको तयारी गरेको छ। यसपटक पनि एसईईको नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिनेछ । एसएमएस र आईभीआरबाट नतिजा प्रकाशनका लागि नेपाल टेलिकमसहित ५ वटा कम्पनीले स्वीकृति पाएका छन् । यस्तै, १४ वटा बेवसाइटबाट एसईईको नतिजा हेर्न सकिने बोर्डले जनाएको छ। राष्ट्रिय परीक्षा बोर्डका (http://www.neb.gov.np/) साथै बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० को बेवसाइट (http://www.see.gov.np/)बाट पनि नतिजा हेर्न सकिनेछ। ...
आज असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा,गुरुजनप्रति श्रदाभाव प्रकट गरी मनाइँदै

आज असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा,गुरुजनप्रति श्रदाभाव प्रकट गरी मनाइँदै

मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं,असार १८ । आज आषाढ शुक्ल पूर्णिमाका दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ । आजको दिन आफूलाई शिक्षा दिने, मन्त्र दिने गुरुलाई सम्मान गर्ने दिन हो । आज पूर्णिमा व्रत ब्यास पूजा जयन्ती हो । गुरुलाई आमा–बुबा सरह सम्मान गर्ने प्रचलन छ । संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुन्छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिइन्छ । अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ ।  गुरुलाई माता पिता जस्तै देवता समान मानी ‘आचार्यदेवो भवः’ भनिन्छ । गुरुपूर्णिमाका अवसरमा आज विद्यालय एवम् विभिन्न संघ...
पाण्डे निजी प्राविधिक शिक्षालय महासंघको केन्द्रीय अध्यक्ष सर्वसम्मत

पाण्डे निजी प्राविधिक शिक्षालय महासंघको केन्द्रीय अध्यक्ष सर्वसम्मत

मुख्य समाचार, शिक्षा, समाचार
कपिलवस्तु,असार १७ । प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सि.टि.ई.भी.टी.) अन्तर्गत निजि स्तरमा संचालित शिक्षण सस्थाको छाता संगठन निजि प्राबिधिक शिक्षालय महासङ्घको ८औं महाधिवेशन सम्पन्न भएको छ । महासंघको राष्ट्रिय अधिवेशनबाट अरुण कुमार पाण्डे सर्वसम्मत अध्यक्षमा चयन भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न भएको अधिवेशनले शिक्षासेवी पाण्डेलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । १७ सदस्यीय समितिमा बरिस्ठ उपाध्यक्षराम प्रसाद पौडेल, कोशी प्रदेश अध्यक्ष भगवान झा, मधेस प्रदेश अध्यक्ष रामेश्वर नारायण झा, बागमती प्रदेश अध्यक्ष रमेश कुँवर, गण्डकी प्रदेश अध्यक्ष चन्दन बाबू खत्री, लुम्बिनी प्रदेश अध्यक्ष त्रिलोचन पौडेल, कर्णाली प्रदेश अध्यक्ष दुर्गा भण्डारी, सुदुर पश्चिम अध्यक्ष किशोर पान्डे रहेका छन् । त्यसैगरी महासचिव भुवन चक्र जोशी, सचीव ध्रुब शर्मा, कोषाध्यक्ष दोर्ण ओलि सदस्यहरु सिन्धु मल्ल, सु...