राप्रपाबाट सांसद बनेका यादवको कांग्रेसले नवीकरण गर्यो सक्रिय सदस्यता, वडा अधिवेशन स्थगित गर्न माग
कृष्णनगर, ४ असोज ।
नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं. ३ ले आसन्न १५औँ महाधिवेशनका लागि आज हुने भनिएको वडा अधिवेशन स्थगित गर्न माग गरेको छ । क्षेत्रीय सभापति ब्रह्मानन्द उपाध्यायले विज्ञप्ति जारी गर्दै कृष्णनगर नगरपालिका र विजयनगर गाउँपालिकाका विभिन्न वडामा हुने वडा अधिवेशन स्थगित गर्न माग गरेका हुन् ।
विज्ञप्तिमा क्षेत्र अन्तर्गतका दुबै पालिकाका विभिन्न वडाका वडा सभापति तथा क्षेत्रीय सभापतिसमेतको नेपाली कांग्रेस पोर्टल र पासवर्ड दुरुपयोग गरी धाँधलीपूर्ण तरिकाले विधान तथा पार्टीको सिद्धान्तलाई बेवास्ता गर्दै सक्रिय सदस्यता अध्यावधिक तथा नयाँ सक्रिय सदस्यता थप गरी पार्टी कब्जा गर्ने बदनियतपूर्ण कार्य भएको आरोप लगाइएको छ ।
विज्ञप्तिमा यस्तो कार्यले केन्द्रबाट पार्टीको मूल्य, मान्यता र सिद्धान्तलाई समेत ख्याल नगरी विभिन्न वडामा मृत व्यक्तिको सक्रिय सदस्यता, पार्टी परित्याग गरेका व्यक...









