Saturday, April 20
Shadow

Tag: पक्राउ

नयाँबानेश्वरमा कार्यरत प्रहरी हवल्दार ११ लाख घुससहित पक्राउ

नयाँबानेश्वरमा कार्यरत प्रहरी हवल्दार ११ लाख घुससहित पक्राउ

अपराध, ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन २४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा कार्यरत प्रहरी हवल्दार ताराकुमारी श्रेष्ठलाई ११ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ । अख्तियारले श्रेष्ठले लिएको घुस रकम राखिदिएका चाबहिलस्थित ओल्ड टाउन क्याफे एण्ड पब रेष्टुरेन्टका सञ्चालन अनिश जोशीलाई समेत पक्राउ गरेको छ । श्रेष्ठले भन्सार चोरी निकासीको अभियोगमा त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौंले महानगरीय प्रहरी वृत्त गौशालाको हिरासतमा राखेको व्यक्तिलाई धरौटीमा छुटाइदिन्छु भनी घुस मागेको सूचनाको आधारमा टंगालस्थित अख्तियारको टोली परिचालित भएको थियो । सोही क्रममा श्रेष्ठ र जोशी दुवैलाई ११ लाख रकमसहित त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर, काठमाडौंको कार्यालय प्रवेश गर्ने मूलगेट अगाडिबाट नियन्त्रणमा लिइएको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिएका छन् । उनीहरु...
सप्तरीबाट कटुवा पेस्तोल र गोलीसहित दुई जना पक्राउ

सप्तरीबाट कटुवा पेस्तोल र गोलीसहित दुई जना पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
सप्तरी, फागुन २२ । प्रहरीले सप्तरीमा कटुवा पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । राजबिराज नगरपालिका-६ मेहतर टोलबाट १ थान कटुवा पेस्तोल र २ थान गोली सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा विष्णुपुर गाउँपालिका(७ बस्ने २० वर्षीय महेन्द्र कुमार शर्मा र सोही गाउँपालिका(५ बस्ने १९ वर्षीय प्रभु साह रहेका छन् । उनीहरुलाई विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय राजविराजबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो । उनीहरु चढेको स।७ प ९६७० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक शर्मा र मोटरसाइकलमा सवार साहलाई उक्त पेस्तोल र गोली सहित फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
२३ लाख सहित अवैध क्यासिनोबाट १० जना पक्राउ

२३ लाख सहित अवैध क्यासिनोबाट १० जना पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं , फागुन २१ । अवैध रुपमा क्यासिनो खेलाउने र खेल्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले २३ लाख रकमसमेत बरामद गरेकोे महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । काठमाडौँ महानगरपालिका– १३ ताहचलस्थित प्लाटिनम होटलमा अवैध रुपमा क्यासिनो सञ्चालन भएको भन्ने गोप्य सूचनाका आधारमा कालिमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत–मोतिहारीका रञ्जितकुमार जैसवाल, सोहनप्रसाद, मुमताज मियाँ, शेख मुर्तुजा अलि, जनकपुरका राजकुमार सिंह र बाराका टिन्कुप्रसाद छन् । जुवा खेलाउने काठमाडौँ महानगरपालिका–२२ बस्ने सो होटलका व्यवस्थापक महेश मल्ल, सर्लाहीका कमलदेव चौधरी, अजय यादव, क्यासियर सचिन वाग्ले पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट प्रहरीले रु नौ लाखको चेक, नगद रु आठ लाख, ३९० वटा क्यासिनो क्वाइन, पैसा गन्ने यन्त्रलगायत सामग्री बरामद गरेको परिसरक...
छोरी बलात्कार गरेको आरोपमा बुबा पक्राउ

छोरी बलात्कार गरेको आरोपमा बुबा पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
कावासोती , फागुन २० । विनयी त्रिवेणी गाउँपालिकाबाट छोरीलाई करणी गरेको आरोपमा बुबा पक्राउ परेका छन् । वडा नं ४ सर्दीका ३८ वर्षीय बुबा पक्राउ परेका हुन् । तेह्र वर्षीया छोरीलाई करणी गरेको आरोपमा बुबालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए । पछिल्लो पटक मङ्सिर ८ गते छोरीलाई बलात्कार गरेर भारत फरार भएका आरोपित बुबा बुधबार घर फर्केपछि घटना खुलेको हो । बुधबार घर फर्केपछि घरमा झगडा हुँदा स्थानीयवासीले घटनाबारे थाहा पाएका थिए । घटनाबारे जानकारी पाएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । स्थानीयबाट जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दुम्कीबासबाट प्रहरी निरीक्षक विकास बमको नेतृत्वमा घटनास्थल पुगेको टोलीले आरोपित बुबालाई आज गिरफ्तार गरेको छ । प्रारम्भिक अनुसन्धानमा बुबाले पीडित बालिकामाथि पटकपटक बलात्कार गरेको खुलेको प्रहरी नाय...
खैरो हिरोइनसहित ३ भारतीय पक्राउ

खैरो हिरोइनसहित ३ भारतीय पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
महेन्द्रनगर, फागुन १७ । कञ्चनपुर प्रहरीले आज लागुऔषध खैरो हिरोइनसहित तीन भारतीय युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले बेलौरी नगरपालिका–१ वैशाखी शाही चोकमा युपी ३१ बिएफ २४२७ नम्बरको मोटरसाइकलमा लागुऔषध लिएर सवार भारतको लख्मिपुर खिरी सम्पूर्णानगरका तीन युवकलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले प्रहरी टोलीले लामो समयदेखि नेपालमा लागुऔषध पैठारी गर्ने गिरोहका भारत सम्पूर्णानगरका २६ वर्षीय धर्मेन्द्र कुमार ९डाक्टर नामले परिचित० लाई पक्राउ गरिएको बताए । उनले धर्मेन्द्रसँगै प्रहरीले भारतीय युवक २५ वर्षीय शुभ्म भसिंन र ३० वर्षीय नितिन कुमारलाई नियन्त्रणमा लिएको बताए । प्रहरीले उनीहरुको साथबाट झण्डै १० ग्राम खैरो हिरोइन र रु ४२ हजार ४०० नगदसमेत बरामद गरेको छ । “डाक्टर नामले चिनिने धर्मेन्द...
वीरगंजबाट हुन्डीको सात लाख रुपैयाँसहित दुई भारतीय पक्राउ

वीरगंजबाट हुन्डीको सात लाख रुपैयाँसहित दुई भारतीय पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, फागुन १४ । वीरगंजबाट ७ लाख नेपाली रुपैयाँसहित दुई जना भारतीय पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको बिहार पूर्वी चम्पारण मोतिहारी जिल्ला मोतिहारी थाना वडा नम्बर २५ बस्ने वर्ष ४० का सन्जय गुप्ताल र सोही स्थान बस्ने वर्ष ३७ का विनोद कुमार रहेका छन्। पर्सा प्रहरीले उनीहरुलाई वीरगंज(१६ रजतजयन्ती चोकबाट चेकिङको क्रममा पक्राउ गरेको हो। भारतीय बीआर ०५ एडी ५८६९ नम्बरको मोटरसाइकलबाट आउँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पर्सा जिल्ला अदालतबाट बैंक तथा वित्तीय सम्बन्धी ऐन २०७३ बमोजिम ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहको पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए। पछिल्लो पटक भारतबाट ठूलो परिमाणमा हुन्डीको नेपाली रुपैयाँ भित्रिन थालेको छ।...
फार्मेसी अधिकृत २ लाख घुससहित पक्राउ

फार्मेसी अधिकृत २ लाख घुससहित पक्राउ

अपराध, मुख्य समाचार
काठमाडौँ , फागुन १४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औषधी व्यवस्था विभाग, शाखा कार्यालय बिराटनगरमा कार्यरत फार्मेसी अधिकृतलाई २ लाख घुससहित पक्राउ गरेको छ । अख्तियारले फार्मेसी पसल खोलिदिने भन्दै फार्मेसी अधिकृत सरोज सुवेदीले सेवाग्राहीसँग लिएको २ लाख रकमसहित विराटनगर महानगरपालिका-३ स्थित भट्टराई होटलको अगाडीबाट विहिबार नियन्त्रणमा लिएको जनाएको छ । नियन्त्रणमा लिएका सुबेदीको अहिले अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।  ...
बारामा २५ लाख ३५ हजारसहित २ भारतीय पक्राउ

बारामा २५ लाख ३५ हजारसहित २ भारतीय पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
बारा , फागुन १३। बारामा प्रहरीले स्रोत नखुलेको २५ लाख ३५ हजारसहित २ भारतीय प्रक्राउ गरेको छ । कलैया उपमहानगरपालिका वडा नं। ८ बेरुवामा चेकजाँचका क्रममा प्रहरीले रकम सहित २ भारतीय पक्राउ गरेको हो । बुधबार बिहान ११ बजे बेरुवा टोल स्थित कलैया मटिअर्वा सडक खण्डमा जिल्ला प्रहरी कार्यलय बाराबाट खटिएको प्रहरी टोलीले चेकिङ गरिरहेको समयमा मोटरसाइकललाई रोकी चेकजाँच गर्ने क्रममा भारतीय मोटरसाईकल बिआर ०५ के ०७९८ नंम्बरको सवार चालक भारत बिहार पूर्वी चम्पारण ग्राम पञ्चायत नरकटिया वडा नं। ७ नरटिया बस्ने सुरेश प्रसादका छोरा ३५ वर्षका चंद्र शेखर प्रसाद र मोटरसाईकल सवार सोही स्थान बस्ने पारसनाथ प्रसादका छोरा बर्ष ३८ का संजय कुमारको साथबाट उनीहरुको शरीर तथा मोटरसाईकलको डिक्कीमा लुकाई राखेको अवस्थामा पक्राउ गरेको बारा प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुबाट नेपाली १ हजार दरका १ हजार ७ सय ७२ थान र ५ सय दरक...
बारा मालपोत कार्यालयका नासु र लेखापढी व्यवसायी घुस रकमसहित पक्राउ

बारा मालपोत कार्यालयका नासु र लेखापढी व्यवसायी घुस रकमसहित पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, फगुन ८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारास्थित मालपोत कार्यालयका कार्यालय प्रमुख नायब सुब्बा र लेखापढी व्यवसायीलाई घुस रकमसहित पक्राउ गरेको छ । अख्तियारले नासु मनोज कुमार खनाल र लेखापढी व्यवसायी बद्री प्रसाद बडाललाई ६ लाख घुस रकमसहित जितपुर सिमरा उपमहानगर-२ स्थित जर्गा होटलबाट शुक्रबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ । उनीहरुले सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागबाट रोक्का रहेको जग्गा सिफारिस पठाई फुकुवा गर्ने प्रक्रिया मिलाई फास्ट ट्रयाकबाट पास गराईदिने भन्दै रकम लिएको अख्तियारले जनाएको छ ।...
भागरथी हत्या प्रकरण :  भारत जान लागेका शंकास्पद एक जना महेन्द्रनगरबाट पक्राउ

भागरथी हत्या प्रकरण : भारत जान लागेका शंकास्पद एक जना महेन्द्रनगरबाट पक्राउ

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, फागुन ४ । बैतडीको दोगडाकेदार–७ कतोलाकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनाको अनुसन्धानमा प्रहरीको निगरानीमा रहेका दोगडाकेदार गाउँपालिकाकै एक जनालाई भारत छिर्न लागेको अवस्थामा महेन्द्रनगरबाट नियन्त्रणमा लिएको प्रहरी स्रोतले जानकारी दिएको छ । पक्राउ गरिएका उनी सार्वजनिक पद धारण गरेका व्यक्ति हुन् । भागरथीको हत्या भएको केही दिनपछि उनी बिदा लिएर महेन्द्रनगर आएका थिए । प्रहरीले घटनाको दिन र घटनापछि गाउँ छाड्नेको सूची तयार गरेर उनीहरुमाथि निगरानी बढाएको थियो । तीमध्ये केही व्यक्तिलाई प्रहरीले उच्च निगरानीमा पनि राखेको थियो । यद्यपि अनुसन्धान प्रभावित हुनसक्ने भन्दै प्रहरीले यस विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको छैन । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले...