Tuesday, March 19
Shadow

कृर्षि

अतिक्रमण नियन्त्रण र नयाँ बिरुवा उत्पादनमा जोड दिने :- अध्यक्ष पोख्रेल

अतिक्रमण नियन्त्रण र नयाँ बिरुवा उत्पादनमा जोड दिने :- अध्यक्ष पोख्रेल

कृर्षि, ब्यानर समाचार, मुख्य समाचार, समाचार
कपिलवस्तु,असार २६ । कपिलवस्तुको शिवराज साझेदारी वन‌ व्यवस्थापन समितिका पदाधिकारी तथा पत्रकार हरूले शिवराज साझेदारी बन अनुगमन गरेका छन्। शिवराज साझेदारी बन व्यवस्थापन समिति कपिलवस्तुले आर्थिक वर्ष ०७९/८० मा १ लाख ३० हजार बिरुवा उत्पादन गरेको छ । नागरिकहरूलाई वितरण गर्ने उद्देश्यले उत्पादन गरेको बिरुवा वितरण सुरु गरेको शिवराज साझेदारी बन व्यवस्थापन समिति अध्यक्ष हरि पोख्रेलले बताउनुभयो । साझेदारीले प्रत्येक वर्ष बिरुवा उत्पादन गरि वृक्षारोपणको लागि सबै नागरिकहरूलाई निशुल्क वितरण गर्ने गरेको पोख्रेलले बताउनुभयो । मङ्गलवार साझेदारी बनका विभिन्न क्षेत्रहरूको अनुगमन गर्दै अतिक्रमण नियन्त्रण र नयाँ बिरुवा उत्पादनमा जोड दिने पोख्रेलले बताउनुभयो । साझेदारीले उत्पादन गरेका बिरुवा मध्ये टिक १ लाख २ हजार,सिमल ६ हजार, खयर ६ हजार ५सय मसला १५ हजार ७ सय बिरुवा रहेको सहायक बन अधिकृत प्रेम शङ्कर गुप्त...
जुकुनी(स्क्वास) फर्सी

जुकुनी(स्क्वास) फर्सी

आर्थिक, कृर्षि, समाचार
काठमाडौं । स्क्वास फर्सी बाली वा लहरे बाली समूह अन्तर्गत पर्ने भए पनि खासैं लहरा भने जाँदैंन । यो एक प्रकारको तरकारी बाली हो । नेपालमा जुकिनी समूहका जातहरुको खेती गरिने भएकोले यसलाई जुकिनी स्क्वास वा जुकिनी फर्सी पनि भन्ने चलन छ । यसको बोट होचो हुन्छ, फल पनि सानो हुन्छ । यसको बढ्ने एउटै मात्र मुण्टा हुन्छ । कलिलो फल मात्र तरकारीको रुपमा खाने गरिन्छ ।यसको बेमौसमी खेती गरी कृषकहरुले आर्थिक लाभ लिइरहेका छन् । स्क्वासको छिटो उत्पादन लिन काँक्रो र करेलामा जस्तै प्लाष्टिक थैलामा बिरुवा उमारेर मुख्य खेत बारीमा सार्ने चलन छ । यसबाट थोरै जमीनमा नर्सरीको रुपमा बिरुवा हुर्काईन्छ र मुख्य खेतवारीमा सारिन्छ जस्ले गर्दा उत्पादन पनि चाँडै लिन सकिन्छ । १. स्क्वास फर्सी बाली कस्तो किसिमको हावापानीमा राम्ररी फस्टाउँछ ? स्क्वास फर्सी न्यानो तथा गर्मी मौसमको बाली हो । मुख्य रुपमा बसन्त र ग्रीष्म ऋतुमा यसको...
हलगोरु पाल्ने किसानलाई आर्थिक अनुदान

हलगोरु पाल्ने किसानलाई आर्थिक अनुदान

कृर्षि, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले हलगोरु पाल्ने किसानलाई १० हजार अनुदान प्रोत्साहन स्वरुप दिने भएको छ । कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई उक्त अनुदान दिइने भएको हो । नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टरलगायत सामग्रीसमेत प्रदान गर्दै आएको नगरप्रमुख बालकृष्ण बस्नेतले बताए । गोरु पाल्ने र जोत्ने परम्परा हट्दै जान थालेपछि यसको संरक्षण गर्नका लागि उक्त कार्यक्रम अघि बढाएको बस्नेतले बताए । नगरपालिकाभित्र हल गोरु पाल्ने किसानको तथ्याङक सङ्कलन गर्ने काम भइरहेको छ ।  ...
अत्यधिक अम्लियनपनको मात्रा उत्पादनमा समस्या

अत्यधिक अम्लियनपनको मात्रा उत्पादनमा समस्या

कृर्षि, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
झापाको दमक नगरपालिकामा गरिएको माटो जाँच शिविरमा कृषकको जमिन जाँच्दा उत्पादनमा समस्या देखिने गरी खेतीयोग्य जमिनमा अम्लियपनको मात्रा अत्यधिक पाइएको छ । नगरपालिका कृषि शाखाकी प्रमुख चन्द्रकला भट्टराईले माटो अमिलोपना धेरै देखिएको बताउनुभयो । उहाँका अनुसार यसलाई नियन्त्रणका लागि कृषि चुनको प्रयोग गर्न सुझाव दिइएको छ । शिविरमा जाँच गरिएको एक सय ५४ किसानको जमिनमा सबैजसोमा समस्या देखिएको थियो । शाखा प्रमुख भट्टराईले नगरपालिकाले निःशुल्करूपमा कृषि चुनको वितरण गर्ने गरेको बताउनुभयो । दमक नगरपालिकाले माटो परीक्षण गराउन चहाने कृषकका लागि निःशुल्क परीक्षणको व्यवस्था गर्ने गरेको छ । माटोको गुणस्तर सुधार र उत्पादकत्व वृद्धिका लागि नगरपालिकाले सहयोग गर्ने दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराईले जानकारी गराउनुभयो । उहाँले माटोको गुणस्तर सुधार कृषकलाई उन्नत बीउबिजन उत्पादनका लगि सहयोग गरिरहेक...
उत्कृष्ट कृषक सम्मानित

उत्कृष्ट कृषक सम्मानित

कृर्षि, ब्यानर समाचार, समाचार
बयालिसौँ विश्व खाद्य दिवस तथा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट धादिङका तीन कृषक पुरस्कृत भएका छन् । उत्कृष्ट छानिएका थाक्रेका रामबहादुर सुवेदी, त्रिपुरासुन्दरीका नविन सिंखडा र भक्तबहादुर बस्नेतलाई कृषि ज्ञान केन्द्र धादिङले नगदसहित सम्मान गरेको हो । पुरस्कृत कृषकलाई प्रतिव्यक्ति रु १० हजार र सम्मानपत्र प्रदान गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख दिनेश आचार्यले जानकारी दिनुुभयो । विश्व खाद्य दिवसको अवसरमा आयोजित विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिताका विजेता विद्यार्थीलाई पनि ज्ञान केन्द्रले पुरस्कृत गरेको छ । प्रतियोगितामा बेनिघाट रोराङ गाउँपालिकाको मलेखुस्थित बागेश्वरी माविकी छात्रा सदीक्षा आचार्य प्रथम, बेनिघाट रोराङकै चन्द्रोदय माविकी सिर्जना लोहनी द्वितीय, गजुरीको डोलभन्ज्याङ माविकी विनिता घिमिरे तृतीय र नीलकण्ठ नगरपालिकाको धादिङ आवासीय माविकी कृषला श्रेष्ठले सान्त्वना...
पसाउने बेलाको धानमा रोगको सङ्क्रमण देखिए पछि किसानहरू चिन्तित

पसाउने बेलाको धानमा रोगको सङ्क्रमण देखिए पछि किसानहरू चिन्तित

कृर्षि, ब्यानर समाचार 2
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पसाउने बेलाको धानमा रोगको सङ्क्रमण देखिए पछि किसानहरू चिन्तित भएका छन्  ।  जिल्लाको अधिकांश क्षेत्रमा लगाइएको धानमा ह्वाइट फ्लाई (सेतो झिङ्गा)को सङ्क्रमण देखिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । धान खेतीमा देखिएको सेतो झिङ्गाले पसाउने बेलाको धानको बाला चुसेर खाने गरेको गैँडाकोट नगरपालिका कृषि शाखा प्रमुख राजुप्रसाद शर्माले जानकारी दिनुभयो । गैँडाकोटको धेरै ठाउँमा ह्वाइट फ्लाई सङ्क्रमण देखिएकामा चिन्ता व्यक्त गर्दै किसानले धानको उत्पादन घट्ने गुनासो गरेका उहाँको भनाइ थियो । “नगरभित्रका धेरै किसानले ह्वाइट फ्लाईबारे गुनासो गर्न थाल्नुभएको छ”, शाखाप्रमुख शर्माले भन्नुभयो, “कृषकको धान खेतमा गएर हेर्दा पनि पसाउने बेलाको धानमा धेरै सङ्क्रमण देखेका छौँ, यसको नियन्त्रणका लागि माथिल्लो निकायलाई जानकारी गराइसकेका छौँ ।” कृषि ज्ञान केन्द्रका सूचना अधिकारी ...
मुगुको स्याउले बजार नपाउँदा शीतभण्डारणमा थुपारेर राख्न बाध्य

मुगुको स्याउले बजार नपाउँदा शीतभण्डारणमा थुपारेर राख्न बाध्य

कृर्षि, ब्यानर समाचार 2
मुगुको स्याउले बजार नपाउँदा किसानले घरकै शीतभण्डारणमा थुपारेर राख्न बाध्य भएका छन् । स्याउ किसान टक्कबहादुर शाही भने, “लगातारको अविरल वर्षाले सडक सञ्जाल अवरुद्ध भयो , सडक नखुलेपछि स्याउ भण्डारण गरिएर राखियो, अहिले स्याउले बजार नै पाएन,  स्याउले बजार नपाउँदा कुहिन्छ कि भन्ने चिन्ता छ ।” । उनले भने, “छ वर्षदेखि स्याउ बेचेर घर खर्च धान्दै आएको छु, यसवर्ष स्याउ उत्पादन बढेको छ, तर  बजार पाउन समस्या परेको छ ।” स्थानीय सरकारले स्याउको बजारीकरणमा समन्वय गरिदिन उनले आग्रह समेत गरे ।...
नेपालको मूल कानुन :संविधानमा सीमित कृषि र किसान

नेपालको मूल कानुन :संविधानमा सीमित कृषि र किसान

Uncategorized, कृर्षि, ब्यानर समाचार 2
काठमाडौँ : नेपालको पहिलो संविधान जारी भएको ४६ वर्ष पछिका संविधानले कृषि उत्पादनलाई जोड दिएको इतिहास छ । ‘नेपाल सरकार वैधानिक कानून’ का नामबाट जारी नेपालको पहिलो संविधान २००४ सालमा बनेको हो । यो संविधान २००५ वैशाख १ गतेदेखि लागू भएको थियो । पञ्चायती व्यवस्थाको अन्त्यपश्चात् जारी ‘नेपाल अधिराज्यको संविधान– २०४७’ को भाग ४ को धारा २६ को उपधारा (५) मार्फत पहिलो पटक कृषि उत्पादन बढाउन संविधानले प्रष्ट बोलेको छ । संविधानको उक्त उपधाराले–“राज्यले उत्पादकत्व बढाई कृषिमा आधारित अधिकांश जनताको आर्थिक उन्नति हुने अवस्थाको सिर्जना गर्ने र भूमिसुधार कार्यक्रम सञ्चालन गरी कृषिलाई उद्योगका रुपमा विकास गर्नेछ”, उल्लेख छ । संविधानका जानकारले संविधानलाई मूल कानूनकारुपमा व्याख्या गरेका छन् । जब मुलुकमा खाद्यान्नको अभाव देखिन थाल्यो तब मात्र संविधान बोलेको पाइयो । विसं २०३५ सम्म नेपालले खाद्यान्न निर्यात...
कागतीखेती : थोरै लगानीमा  धेरै आम्दानी

कागतीखेती : थोरै लगानीमा धेरै आम्दानी

कृर्षि, ब्यानर समाचार 2
त्रिवेणी, ३१ भदौ : थोरै लगानी र कम मेहनतबाट धेरै आम्दानी लिनसक्ने भएपछि कागती खेतीतर्फ कृषकको आकर्षण बढेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा अहिले कागती खेती गर्ने किसानको सङ्ख्या बढ्दो रहेको नवलपुरस्थित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाइका प्रमुख विष्णुप्रसाद शर्माले बताउनुभयो । एकपटक लगाएपछि लामो समयसम्म उत्पादन लिन सकिने र धेरै आम्दानी हुने हुँदा यसतर्फ किसानको आकर्षण बढेको उहाँको भनाइ थियो । “कागती खेतीमा धेरै लगानी गर्नु पर्दैन, एक पटक लगाएपछि लामो समयसम्म आम्दानी लिन सकिन्छ यसैले किसान यसतर्फ आकर्षित छन्”, प्रमुख शर्माले भन्नुभयो, “तर लगाएको तीन चार वर्षसम्म आम्दानी लिन कुर्नुपर्ने हुँदा साना लगानीकर्तालाई केही समस्या पनि हुने गर्छ ।” उहाँका अनुसार नवलपुरमा चार सय ५० घर परिवार कागती खेतीमा आबद्ध छन् । केही वर्ष पहिले केही मात्र किस...
कृषिका सहुलियत र अनुदानका कार्यक्रममा सीमितको पहुँच

कृषिका सहुलियत र अनुदानका कार्यक्रममा सीमितको पहुँच

कृर्षि, ब्यानर समाचार 2, समाचार
सुदूरपश्चिम, ३१ भदौ ९  : कृषि विकाससम्बन्धी कार्यक्रममा दिइने सहुलियत र अनुदानका कार्यक्रममा टाठाबाठा किसानको हालीमुहालीले वास्तविक र साना किसान फाइदा लिनबाट बञ्चित भइरहेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको नीति तथा कार्यक्रम कार्यान्वयन तथा समन्वय गर्न धनगढीमा बिहीबार आयोजित छलफलमा सहभागी कृषक प्रतिनिधिले टाठाबाठाले मात्रै कृषिसम्बन्धी अनुदान र सहुलियत पाएकाले वास्तविक र साना किसान बञ्चित भइरहेको गुनासो गरेका छन् । “टाठाबाठाले मात्र अनुदान तथा सहुलियत पाए तर वास्तविक किसानले पाइरहेका छैनन्”, उहाँले भन्नुभयो, “कागजी प्रक्रिया सबै मिलाउने तर फिल्डमा हेर्दा तोकिएको मापदण्ड पूरा नगर्नेले पनि सहुलयित पाइरहेका छन् ।” कतिपय कार्यक्रममा दोहोरोपना देखिँदा यसको फाइदासमेत टाठाबाँठा किसानले लिइरहेको पनि कृषकको भनाइ थियो । वास्तविक र खासगरी साना किसानमा जागरुकताको कमी हुँदा प...