Thursday, April 25
Shadow

झपामा दुई पुरुषद्वारा पुरुष नै बलात्कृत, दुवैजना पक्राउ


  • -इ
  • इ+

झापा , फागुन ३ । दिनहुँजसो महिला बलात्कृत भएको घटना आइरहँदा झापामा भने दुई पुरुषले एक पुरुषमाथि बलात्कार गरेका छन् ।

झापा प्रहरीका अनुसार कनकाई नगरपालिका–७ बिरिङ नदी किनारमा दुई पुरुषले जबरजस्ती यौन क्रियाकलाप गरी एक पुरुषलाई घाइते बनाएका छन् ।

कनकाई नगरपालिका वडा नं ६ का १९ वर्षीय पारस तामाङ र वडा नं ७ का २१ वर्षीय विनोद टुडुले वडा नं ७ का ३० वर्षीय पुरुषलाई शनिवार बेलुकी ७ बजेतिर खोला किनारमा लगी बलात्कार गरेका हुन् ।

पीडित युवक घाइते रहेको र उनको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुव्र्यवहारमा संलग्न दुवैलाई प्रहरीले पक्राउ गरेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares