लोकतन्त्रमा अनुशासित नेतृत्व र नैतिकता आवश्यक – प्रदीप पौडेल
काठमाडौं— लोकतान्त्रिक शासन व्यवस्थामा अनुशासित नेतृत्व र नैतिकता आवश्यक रहने राजनीतिक दलका नेता र जानकारहरुले जोड दिएका छन्।
लोकतन्त्र दिवसका अवसरमा परिवर्तन अभियान नेपालद्वारा आज काठमाडौंमा आयोजित युवा संवादमा उनीहरुले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गरी समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम रहेको बताए।
त्यस अवसरमा नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले अनुशासित नेतृत्व र नैतिकता नभएको लोकतन्त्रले मुलुक र जनताको हित गर्न नसक्ने धारण व्यक्त गरे। उनले मुलुकको राजनीतिक नेतृत्वले नैतिकताको नजिर बनाउन नसकेको विचार प्रकट गरे।
नेता पौडेलले भने, ‘जनताको मतबाट वडा सदस्यदेखि राष्ट्राध्यक्षसम्म निर्वाचित गर्ने लोकतान्त्रिक प्रणाली भए पनि सबै क्षेत्रमा लोकतान्त्रिक अभ्यास अबलम्बन भने हुन सकेको छैन।’
त्यस्तै कार्यक्रममा उपस्थित रहेका प्राध्यापक डा पित...