Saturday, October 10
Shadow

ब्यानर समाचार 2

कांग्रेसको केन्द्रीय सदस्य पदमा यादवको उम्मेदवारी

कांग्रेसको केन्द्रीय सदस्य पदमा यादवको उम्मेदवारी

ब्यानर समाचार 2, समाचार
    कपिलवस्तु, असोज १९ नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा राकेश यादवले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुभएको छ । युवा पुस्ताको प्रतिनिधित्व गर्दै मधेसी तर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुभएका यादवले नेपाली कांग्रेसलाई थप सुदृढ, व्यवस्थित र गतिशील बनाउन आफ्नो भूमिका प्रभावकारी बनाउने बताउनुभएको छ । यादवले युवाको सहभागिता बढाउने, पार्टी संगठनलाई गाउँ तहसम्म थप मजबुत बनाउने तथा कपिलवस्तुका स्थानीय मुद्दा र जनताको आवाजलाई पार्टीको केन्द्रीय नेतृत्वसम्म प्रभावकारी रूपमा पुर्‍याउने विषयलाई आफ्नो प्राथमिकतामा राख्नुभएको छ । उहाँले नयाँ पुस्तालाई पार्टीको नेतृत्व र निर्णय प्रक्रियामा थप सहभागी गराउँदै कांग्रेसलाई समयअनुकूल रूपमा अघि बढाउन आवश्यक रहेको बताउनुभएको छ । महाधिवेशन नजिकिँदै गर्दा यादवले महाधिवेशन प्रतिनिधिहरूसँग भेटघाट तथा छलफललाई तीव्र बनाउनुभएक...
खाली जग्गामा वृक्षारोपण गर्ने तथा घर-घर र व्यक्ति-व्यक्तिबाटै वृक्षारोपणको अभियान सञ्चालन गर्न जोड

खाली जग्गामा वृक्षारोपण गर्ने तथा घर-घर र व्यक्ति-व्यक्तिबाटै वृक्षारोपणको अभियान सञ्चालन गर्न जोड

ब्यानर समाचार 2
  कपिलवस्तु, असोज, १२ साेमबार गाउँपालिकाकाे सभाहल खडैचामा साझेदारी बनकाे साधारण सभा भव्य रुपमा भएको हाे । सभामा बन संरक्षण, वृक्षारोपण, बन पैदावार तथा जलवायु परिवर्तनका कारण देखिएका चुनौतीबारे सरोकारवालाले चर्चा गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य तथा पुर्व मन्त्री जानकी प्रसाद यादवले साझेदारी तथा सामुदायिक बनले बिरुवा वितरण गर्दै आएकाले बन संरक्षणमा महत्वपूर्ण टेवा पुगेको बताए । उनले बन संरक्षणका लागि सबै पक्षको सहयोग र सहभागिता आवश्यक रहेको उल्लेख गर्दै संघ र प्रदेश सरकारबाीच कानुन बाझिएको हुँदा काम गर्न कठिनाई भएको बताए । यस्तै विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले स्थानीय समुदायसँग समन्वय गर्दै बन संरक्षणका गतिविधि अघि बढाइरहेको बताए । उनले बन संरक्षण, बन पैदावारको व्यवस्थापन तथा वृक्षारोपणलाई मुख्य जिम्मेवारीका रूपमा अघि बढाउनुपर्...
प्रहरी निरीक्षक कृष्ण बहादुर कुँवरको कमाण्डमा खटिएको टोली द्वरा १८ लाख बराबरको अबैध सामान बरामद

प्रहरी निरीक्षक कृष्ण बहादुर कुँवरको कमाण्डमा खटिएको टोली द्वरा १८ लाख बराबरको अबैध सामान बरामद

ब्यानर समाचार 2, समाचार
  कपिलवस्तु, असोज ७ कपिलवस्तुको कृष्णनगर नगरपालिका–१२ हरिगवाबाट प्रहरीले करिब १८ लाख ३० हजार रुपैयाँ बराबरको ल्यापटप डिस्प्ले प्यानल र मोटरसाइकल बरामद गरेको छ। बरामद सामान छाडेर संलग्न व्यक्ति फरार भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक कृष्णबहादुर कुँवरको कमाण्डमा खटिएको पाँच सदस्यीय प्रहरी टोलीले बुधबार बिहान करिब २ बजे हरिगवा क्षेत्रमा गस्ती गर्ने क्रममा प्रहरीको गाडी देखेपछि बाटो नजिकै बेवारिसे अवस्थामा छाडिएको मोटरसाइकल तथा सामान फेला पारेको हो। प्रहरीका अनुसार बरामद सामानमा Laptop Display Screen Panel २४० थान रहेका छन्। प्रतिथान करिब ७ हजार रुपैयाँका दरले यसको अनुमानित मूल्य १६ लाख ८० हजार रुपैयाँ रहेको छ। यस्तै, UP 55 AD 5621 नम्बरको मोटरसाइकलको अनुमानित मूल्य करिब १ लाख ५० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ। मोटरसाइकलसहित बराम...

राप्रपाबाट सांसद बनेका यादवको कांग्रेसले नवीकरण गर्‍यो सक्रिय सदस्यता, वडा अधिवेशन स्थगित गर्न माग

ब्यानर समाचार 2, समाचार
कृष्णनगर, ४ असोज । नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं. ३ ले आसन्न १५औँ महाधिवेशनका लागि आज हुने भनिएको वडा अधिवेशन स्थगित गर्न माग गरेको छ । क्षेत्रीय सभापति ब्रह्मानन्द उपाध्यायले विज्ञप्ति जारी गर्दै कृष्णनगर नगरपालिका र विजयनगर गाउँपालिकाका विभिन्न वडामा हुने वडा अधिवेशन स्थगित गर्न माग गरेका हुन् । विज्ञप्तिमा क्षेत्र अन्तर्गतका दुबै पालिकाका विभिन्न वडाका वडा सभापति तथा क्षेत्रीय सभापतिसमेतको नेपाली कांग्रेस पोर्टल र पासवर्ड दुरुपयोग गरी धाँधलीपूर्ण तरिकाले विधान तथा पार्टीको सिद्धान्तलाई बेवास्ता गर्दै सक्रिय सदस्यता अध्यावधिक तथा नयाँ सक्रिय सदस्यता थप गरी पार्टी कब्जा गर्ने बदनियतपूर्ण कार्य भएको आरोप लगाइएको छ । विज्ञप्तिमा यस्तो कार्यले केन्द्रबाट पार्टीको मूल्य, मान्यता र सिद्धान्तलाई समेत ख्याल नगरी विभिन्न वडामा मृत व्यक्तिको सक्रिय सदस्यता, पार्टी परित्याग गरेका व्यक...
जामिया सिराजुल उलूम अलसल्फियह झण्डानगर र मुस्लिम समुदायको बाढीपीडितका लागि २ लाख ७४ हजार सहयोग

जामिया सिराजुल उलूम अलसल्फियह झण्डानगर र मुस्लिम समुदायको बाढीपीडितका लागि २ लाख ७४ हजार सहयोग

ब्यानर समाचार 2, समाचार
  कपिलवस्तु, भाद्र २६ भोटेकोशी र त्रिशूलीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनाका लागि जामिया सिराजुल उलूम अलसल्फियह झण्डानगर तथा कृष्णनगर र शिवराज नगरपालिका क्षेत्रका मुस्लिम समुदायले मानवीय संवेदना, धार्मिक भ्रातृत्व र राष्ट्रिय जिम्मेवारीको प्रशंसनीय उदाहरण प्रस्तुत गरेका छन्। जामिया सिराजुल उलूम अलसल्फियह झण्डानगरका नाजिम-ए-आला फजिलतुस् शेख शमीम अहमद नदवी हाफिजहुल्लाहले बाढीका कारण थुप्रै परिवार गम्भीर समस्यामा परेको उल्लेख गर्दै विपद्को यस कठिन घडीमा पीडितको सहारा बन्नु धार्मिक, मानवीय तथा राष्ट्रिय दायित्व भएको बताउनुभयो। उहाँले राहत तथा पुनर्स्थापनाका लागि आ-आफ्नो क्षमताअनुसार सहयोग गर्न सर्वसाधारण तथा सहयोगी मन भएका व्यक्तिहरूलाई आह्वान गर्नुभयो। शुक्रबार, ११ सेप्टेम्बर २०२६ मा जामिया सिराजुल उलूम अलसल्फियह झण्डानगर तथा मुस्लिम समुदायको त...
कृष्णानगरमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभा

कृष्णानगरमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभा

ब्यानर समाचार 2, समाचार
  कपिलवस्तु, भाद्र २२ रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूप्रति शान्ति पुनर्स्थापना गृह कपिलवस्तुको आयोजनामा कृष्णानगरको लिंक गेटमा श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ। साँझ ६ बजे आयोजित उक्त कार्यक्रमको शुभारम्भ कृष्णानगर नगरपालिका वडा नं २ कि कार्यवाहक अध्यक्ष रेनु शर्मा लगायतले मैननबत्ती बालेर गर्नुभएको थियो। कार्यक्रमका सहभागीहरूले दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरेका थिए। श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै विभिन्न संघ संस्थाका प्रतिनिधि तथा समाजसेवी हरुले विपद्‌मा परी ज्यान गुमाएकाहरूप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नुभएको थियो। कृष्णनगर नगरपालिका, इलाका प्रहरी कार्यालय कृष्णानगर , सशस्त्र प्रहरी बल कृष्णनगर कपिलवस्तुको स...
कृष्णनगर भन्सारले वार्षिक लक्ष्यको ९३ प्रतिशत राजश्व उठायो

कृष्णनगर भन्सारले वार्षिक लक्ष्यको ९३ प्रतिशत राजश्व उठायो

ब्यानर समाचार 2, समाचार
कपिलवस्तु, साउन ३१   लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लाको ठूलो भन्सार नाका कृष्णनगर भन्सार कार्यालयले आर्थिक बर्ष २०८२/०८३ मा वार्षिक लक्ष्यको झण्डै ९२.८० प्रतिशतको आँकडा पार गरेको छ। चालु आर्थिक वर्ष २०८२ को साउनदेखि २०८३को अषाढ सम्म कार्यालयले रु.५ अर्ब ४४ करोड ५८ लाख ३० हजार राजस्व संकलन गरेको छ। भन्सारलाई चालु आर्थिक वर्षका लागि रु.५अर्ब ८६ करोडको ४८लाख ९ हजार लक्ष्य तोकिएको थियो। भन्सार कार्यालय कृष्णानगरले लक्ष्यको लगभग ९३ प्रतिशत लक्ष्य हासिल गर्नु आफैमा राम्रो संकेत रहेको स्थानीय हरूको भनाई रहेको छ। कृष्णनगर भन्सार कार्यालयका सूचना अधिकारी मयंक कुमार कर्णले बार्षिक लक्ष्यको करिब ९३ प्रतिशत आँकडा पार गर्नु सकारात्मक कुरा भएको बताए। उनले यथार्थपरक वर्गीकरण र सकारात्मक मुल्यांकनले  लक्ष्य नजिक पुग्न सफल भएको बताए। चोरीपैठारी हुने नाकाहरुको दिनहुँ गस्ती, फर्म क्षेत्...
११ लाख घरधुरीको विश्वास जित्दै वर्ल्डलिङ्क

११ लाख घरधुरीको विश्वास जित्दै वर्ल्डलिङ्क

ब्यानर समाचार 2, समाचार
  काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्सले देशभर ११ लाख घरधुरीमा आफ्नो सेवा विस्तार गरेको घोषणा गर्दै नयाँ ऐतिहासिक उपलब्धि हासिल गरेको छ। कम्पनीले सामाजिक सञ्जालमार्फत ११ लाख घरधुरीको विश्वास, साथ र निरन्तर सहयोगकै कारण यो सफलता सम्भव भएको उल्लेख गर्दै सम्पूर्ण ग्राहकप्रति हार्दिक आभार व्यक्त गरेको छ। कम्पनीका अनुसार यो उपलब्धि केवल वर्ल्डलिङ्कको मात्र नभई डिजिटल नेपाल निर्माणमा योगदान पुर्‍याउने लाखौँ नेपाली सेवाग्राहीको साझा सफलता हो। सन् १९९५ मा अत्यन्तै सामान्य सुरुवातबाट यात्रा थालेको वर्ल्डलिङ्कले समयसँगै नेपालको इन्टरनेट सेवामा नयाँ–नयाँ प्रविधि भित्र्याउँदै आफूलाई देशकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनीका रूपमा स्थापित गरेको छ। डायल–अप इन्टरनेटबाट सुरु भएको यात्...
रितेश शर्मामाथिको कुटपिट घटनामा आफ्नो संलग्नता नरहेको सांसद अभिषेक प्रताप शाहको दाबी

रितेश शर्मामाथिको कुटपिट घटनामा आफ्नो संलग्नता नरहेको सांसद अभिषेक प्रताप शाहको दाबी

ब्यानर समाचार 2, समाचार
कपिलवस्तु, असार २९। प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले आफ्नो फेसबुकमार्फत प्रेस विज्ञप्ति सार्वजनिक गर्दै कृष्णानगर नगरपालिका–२ मा रितेश शर्मामाथि भएको कुटपिट घटनामा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्। उनले आफूमाथि लगाइएका आरोपहरू निराधार, भ्रामक र मनगढन्ते भएको दाबी गर्दै ती आरोपहरूको खण्डन गरेका छन्। शाहका अनुसार घटनाबारे जानकारी पाएपछि उनी एक जिम्मेवार जनप्रतिनिधिको हैसियतले घटनास्थलमा पुगेर झगडा रोक्न बीच–बचाउमा खटिएका थिए। उनले कुटपिटमा संलग्न युवाहरूलाई सम्झाइबुझाइ गरेर त्यहाँबाट हटाएको र क्षेत्रको शान्ति कायम गर्ने प्रयास गरेको दाबी गरेका छन्। तर, आफ्नो यही भूमिकालाई केही व्यक्तिले नियोजित रूपमा गलत ढंगले प्रस्तुत गरी आफूलाई विवादमा तान्ने प्रयास गरेको उनको भनाइ छ। विज्ञप्तिमा शाहले रितेश शर्मासँग विगतदेखि राजनीतिक मतभेद रहेको उल्लेख गर्दै गत निर्वाचनका क्रममा समेत आफ्न...
दक्ष जनशक्ति उत्पादनमा कपिलवस्तु प्रतिष्ठानको दृढ संकल्पका साथ अभिमुखीकरण कार्यक्रम सम्पन्न

दक्ष जनशक्ति उत्पादनमा कपिलवस्तु प्रतिष्ठानको दृढ संकल्पका साथ अभिमुखीकरण कार्यक्रम सम्पन्न

ब्यानर समाचार 2, समाचार
कपिलवस्तु, असार १५ वि.सं. २०५४ मा स्थापित कपिलवस्तु प्राविधिक प्रतिष्ठान, बाणगंगा–२ पिपराले नयाँ विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा निजी प्राविधिक शिक्षालय महासंघका केन्द्रीय अध्यक्ष तथा प्रतिष्ठानका निर्देशक अरुण कुमार पाण्डेयले प्राविधिक शिक्षा मुलुकको समृद्धिको मेरुदण्ड भएको बताउँदै दक्ष जनशक्ति उत्पादनमा प्रतिष्ठान दृढ रहेको बताए। कपिलवस्तु अस्पतालका अध्यक्ष श्याम प्रजापति र प्रशासकीय प्रमुख पुनित कुमार मिश्रले स्वास्थ्य क्षेत्रमा प्राविधिक शिक्षाको महत्वबारे प्रकाश पारेका थिए । शिक्षकद्वय विरेन्द्र गुप्ता र बिक्रम घिमिरेले प्रतिष्ठानको शैक्षिक उत्कृष्टतामा जोड दिएको कार्यक्रममा यदु पौडेलले अभिमुखिकरण गरेका थिए । लेखा प्रमुख नन्दराम पौडेलले सञ्चालन गरेको उक्त कार्यक्रममा दैलेख टेक्निकल स्कुल व्यवस्थापन समितिका सदस्य चक्र बहादुर चन्द, अभिभावक र ...