Tuesday, March 19
Shadow

खेलकुद

नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण फुटबल हुँदै आज

नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण फुटबल हुँदै आज

अन्तर्राष्ट्रिय, खेलकुद, ब्यानर समाचार, मुख्य समाचार, समाचार
काठमाडौँ,३१ असार । बंगलादेशमा रहेको राष्ट्रिय महिला फुटबल टोलीले आज (आइतबार) घरेलु टोलीसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ । बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा नेपाली समय अनुसार साँझ ५ बजेर १५ मिनेटमा सुरु हुनेछ । बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशसँग एक/एक गोलको बराबरी खेलेको थियो । नेपालका लागि सावित्रा भण्डारीले दोस्रो हाफको इन्जुरी समयमा नेपालको तर्फबाट बराबरी गोल फर्काएकी थिइन् । नेपालले १९औं एसियाली खेलकुदको तयारी स्वरुप बंगलादेशविरुद्ध दुई मैत्रीपूर्ण खेल खेलेको हो ।...
सोमपालले बनाए एसीसी इमर्जिङ टिम्स एसिया कपमा अर्धशतक

सोमपालले बनाए एसीसी इमर्जिङ टिम्स एसिया कपमा अर्धशतक

खेलकुद, ब्यानर समाचार, मुख्य समाचार, समाचार
काठमाडौँ, २९ असार । एसीसी इमर्जिङ टिम्स एसिया कप २०२३ अन्तर्गत आफ्नो पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग भिडिरहेको नेपालको ब्याटिङ निक्कै खराब भइरहँदा सोमपाल कामीले अर्धशतक पुरा गरेका छन् । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले कमजोर प्रदर्शन लगातार विकेट गुमाइरहँदा सोमपालले केही आशा जगाएका थिए । ब्याटिङमा सोमपाल कामीबाहेक अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न नसक्दा श्रीलंकाको कोलम्बो क्रिकेट क्लब मैदानमा टस जितेर ब्याटिङमा आएको नेपाल ३७ ओभरमा १७९ रनमै समेटियो ।...
नेपाल आज पाकिस्तान ‘ए’ सँग खेल्दै

नेपाल आज पाकिस्तान ‘ए’ सँग खेल्दै

खेलकुद, ब्यानर समाचार, मुख्य समाचार, समाचार
काठमाडौं,२९ असार। एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज पाकिस्तान ‘ए’ सँग प्रतिस्पर्धा गर्दैछ । समूह ‘बी’ अन्तर्गत यस खेल कोलम्बो क्रिकेट क्लबको मैदानमा बिहान सवा १० बजे सुरु हुनेछ ।
एसीसी यू–१६ इस्ट जोन कपः नेपाललाई तेस्रो पटक उपाधि

एसीसी यू–१६ इस्ट जोन कपः नेपाललाई तेस्रो पटक उपाधि

खेलकुद, ब्यानर समाचार, मुख्य समाचार, समाचार
काठमाडौं,असार १९ । ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले लगातार तेस्रो पल्ट एसीसी यू(१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ । नेपालले लगातार तेस्रो पटक उपाधि जितेको हो । आज मंगलबार भएको फाइनलमा घरेलु टोली मलेसियालाई २ सय २१ रनको फराकिलो अन्तरले हराएको हो । यसअघि नेपालले २०१७ / २०१९ मा पनि यू-१६ को उपाधि जितेको थियो । मलेसियाको बायुमास ओभलमा भएको फाइनलमा जितको लागि २ सय ५३ रनको विशाल विजयी लक्ष्य पछ्याएको मलेसिया १४.५ ओभरमा ३१ रनमा अल आउट भयो । मलेसियाका मोहम्मद अक्रमले १० रन बनाए । अन्य कुनैपनि ब्याटरले नेपाली बलर सामु दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि कप्तान अभिषेक तिवारीले ६ ओभरमा ७ रन खर्चेर ५ विकेट लिए । सन्तोष यादवले ३ तथा अशोक धामी र सन्तोष गरलेले १/१ विकेट लिए । यसअघि पनि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेटको क्षतिमा २...
आईसीसी विश्वकप छनोटबाट बाहिरिएको नेपाल आज यूएईसँग प्लेअफ खेल्दै

आईसीसी विश्वकप छनोटबाट बाहिरिएको नेपाल आज यूएईसँग प्लेअफ खेल्दै

खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं ,असार १७ । आईसीसी विश्वकप छनोटको सुपर सिक्सबाट बाहिरिएको नेपालले आज प्लेअफमा यूएईसँग खेल्दै छ । आइतबार दिउँसो पौने १ बजे खेल जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लबको मैदानमा सुरु हुँदै छ । आजको स्पर्धाका विजेताले सातौं स्थानका लागि आयरल्यान्डसँग खेल्नेछ । नेपाल र यूएईबीच अहिलेसम्म १४ वटा एक दिवसीय अन्तर्राष्ट्रिय खेल भएका छन् । नेपालले आठ वटा जित निकाल्दा यूएई ६ वटा खेलमा विजयी भएको छ ।...
भारत साफ च्याम्पियनसिपको फाइनलमा, उपाधिका लागि कुवेतसँग प्रतिस्पर्धा

भारत साफ च्याम्पियनसिपको फाइनलमा, उपाधिका लागि कुवेतसँग प्रतिस्पर्धा

अन्तर्राष्ट्रिय, खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं ,असार १७ । साफ च्याम्पियनसिप फुटबलको फाइनलमा कुवेत र भारतबीच प्रतिस्पर्धा हुने भएको छ । गएराति (शनिबार) भएको दोस्रो सेमिफाइनलमा लेवनानलाई पराजित गर्दै भारतले फाइनलमा कुवेतसँगको भेट पक्का गरेको हो । निर्धारित समय र थप गरिएको समयको खेल गोलरहित बराबरीमा टुंगीएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो । भारतले पेनाल्टी सुटआउटमा लेवनानलाई ४–२ गोल अन्तरले पराजित गर्यो । उता बंगलादेशलाई १–० ले हराउँदै कुवेत यस अघिनै फाइनल प्रवेश गरिसकेको छ । साविक उपविजेता नेपाल भने प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको थियो । फाइनल खेल मंगलबार हुनेछ।...
१२३ रन बनाउँदा नेपालको सातौं विकेट गयो

१२३ रन बनाउँदा नेपालको सातौं विकेट गयो

खेलकुद, समाचार
काठमाडौं असार, ९ । आईसीसी एकदिवसीय विश्वकप छनोटमा सुपर सिक्सका लागि जित्नै पर्ने खेलमा नेपाल दबावमा परेको छ । लगातार विकेट गुमाएको नेपालका दिपेन्द्र सिंह ऐरी सातौं विकेटका रुपमा मात्र १४ रनमा आउट भएका छन् । ३३.५ ओभरमा भान बिकले उनलाई इडवार्डको हातबाट क्याच गराए । उनी आउट हुँदा नेपालको स्कोर १२३/७ छ ।
साफ च्याम्पियनसिप : आज नेपाल र भारत प्रतिस्पर्धा गर्दै

साफ च्याम्पियनसिप : आज नेपाल र भारत प्रतिस्पर्धा गर्दै

खेलकुद, समाचार
काठमाडौं,असार ९ । भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत साविक उपविजेता नेपालले आज दोस्रो खेलमा सावकि विजेता भारतसँग खेल्दैछ । बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा नेपाल र भारतबीचको खेल राती पौने ८ बजे सुरु हुनेछ । सेमिफाइनल यात्राको सम्भावना कायमै राख्न नेपाललाई शतप्रतिशत जित आवश्यक छ ।...
‘किनारा’ बोलको गीतले चर्चा बटुल्दै (भिडियोसहित)

‘किनारा’ बोलको गीतले चर्चा बटुल्दै (भिडियोसहित)

खेलकुद, मनोरञ्जन
काठमाडौं,असार ९ । नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेसंगै कलाकार र सर्जकहरुले नयाँ(नयाँ गीतहरु बजारमा सार्वजनिक गरिरहेका छन् । सोही क्रममा गितकार निरोज भट्टको प्रस्तुतिमा नयाँ गीत “किनारा” डिजिटल बजारमा सार्वजनिक गरेका छन् । “किनारा” बोलको गीतले चर्चा बटुल्ने क्रममा रहेको छ । केही समय यतालाई हेर्ने हो भने माया प्रेमका गीत सर्वाधिक चर्चामा रहन सफल भएका छन् । निरोज भट्टको शब्द र गायक बेल्बासेको संगीत रहेको “किनारा” बोलको गीतले यति बेला चर्चा बटुलिरहेको छ । उक्त गीतमा गायक,सर्जक कुशल बेल्बासे र बहुचर्चित लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर आवाज रहेको छ । सार्वजनिक भएको गीत निरोज भट्टको शब्दमा र विश्वास नेपालको संगीत संयोजन रहेको छ । प्रकाश भट्टको निर्देशन छायांकन राजेश घिमिरेको रहेको छ भने सम्पदान टेकेन्द्र शाहको रहेको म्युजिक भिडियो...
युएई लाई पछि पार्दै नेपाली क्रीकेट टिम क्वालिफायरमा

युएई लाई पछि पार्दै नेपाली क्रीकेट टिम क्वालिफायरमा

खेलकुद, ब्यानर समाचार
काठमाण्डाै । विश्व क्रिकेट लिग टू मा नेपालले यूएईलाई हराउदै आफ्नो जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको ३ सय ११ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २ सय ६९ बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएपछि डकवर्थ लुइस नियमका आधारमा नेपाल विजयी भएको हो । जितसँगै नेपालले एक दिवसीय विश्व कप क्रिकेटको सिधै क्वालिफायर खेल्ने पक्का भएको हो । लिग टू मा नेपालको ४० अङ्क भएको छ र नामिबियालाई पछि पारेर नेपाल तेस्रो नम्बरमा पुगेको हो ।...