इन्जिनियर दिनेश कुमार जयसवालले राजनीति आफ्नो पेसा नभई जनताको सेवा गर्ने माध्यम भएको बताउनुभएको छ। उहाँले कृष्णनगर नगरपालिकाको नगरप्रमुख पदमा शिक्षित तथा युवा नेतृत्वको आवश्यकता औँल्याउँदै नगरको विकास र आर्थिक अवस्था सुधारका लागि नयाँ सोच र योजनासहितको नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको छ।
जयसवालका अनुसार कृष्णनगर नगरपालिका क्षेत्रको आर्थिक गतिविधि विस्तार गर्न बहादुरगञ्ज, कृष्णनगर, क्झिंगहा लगायतका प्रमुख बजारको व्यवस्थित विस्तार र विकास गर्न आवश्यक छ। बजारलाई चलायमान बनाउन सके स्थानीय व्यापार, व्यवसाय तथा रोजगारीका अवसर वृद्धि गर्न सकिने उहाँको भनाइ छ।
उहाँले नगर क्षेत्रको आर्थिक संकटबाट उकास्न परम्परागत सोचभन्दा माथि उठेर योजनाबद्ध विकास, व्यापार प्रवर्द्धन र स्थानीय स्रोतसाधनको प्रभावकारी उपयोगमा जोड दिनुभएको छ।
शिक्षित युवा नेतृत्वले नगरपालिकाको विकासमा नयाँ अवधारणा, आधुनिक योजना र कार्यान्वयनमुखी दृष्टिकोण ल्याउन सक्ने उल्लेख गर्दै जयसवालले कृष्णनगरलाई आर्थिक तथा व्यावसायिक रूपमा सक्रिय नगरका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ।
उहाँको भनाइमा बहादुरगञ्ज, कृष्णनगर र क्झिंगहा लगायतका बजारको पूर्वाधार विकास, व्यवसायमैत्री वातावरण निर्माण र आर्थिक गतिविधि विस्तारलाई प्राथमिकतामा राख्न सके स्थानीय नागरिकले आफ्नै क्षेत्रमा रोजगारी र आयआर्जनका अवसर प्राप्त गर्न सक्छन्।
नगरको समग्र विकास, आर्थिक समृद्धि र नागरिकको जीवनस्तर सुधारका लागि नयाँ सोच, स्पष्ट योजना र सेवामुखी दृष्टिकोण आवश्यक रहेको उहाँले जोड दिनुभएको छ।

