Friday, April 26
Shadow

बलात्कारको आरोपमा वडा सदस्य पक्राउ


  • -इ
  • इ+

काठमाडौं, माघ ३० । बलात्कार आरोपमा दैलेखमा एकजना जनप्रतिनिधीलाई पक्राउ गरिएको छ । पक्राउन पर्नेमा दुल्लू नगरपालिकाका–५ का निर्वाचित वडासदस्य प्रकाश पोखरेल हुन् ।

अहिले आरोपित पोखरेललाई बचाउनेको लागि जिल्लादेखी केन्द्रिय स्तरका नेता कार्यकर्ताले पिडितलाई दबाब दिन थालेको पिडित पक्षले गुनासो गरेका छन् ।

भारतमा मजदूरी गर्ने एक महिला सुतिरहेको अवस्थामा गएराति जबरजस्ती ढोका खोली बलात्कार गर्न खोज्दा पीडित महिला चिच्याएपछि छिमेकीले आरोपितलाई नियन्त्रणमा लिएका थिए ।

स्थानीयले राति नै तत्कालै प्रहरीलाई बुझाइएकोेमा आरोपित दुल्लू इलाका प्रहरी कार्यालयमा थुनामा राखिएको छ । आरोपितका आफन्तले मुद्दा दिन रोकेको पीडित पक्षले टेलिफोनमा बताए ।

मुद्दा दिनबाट रोक्नु दुल्लूको दरबार होटलमा रोकिएको श्रोतले जानकारी दिएको छ । पीडितको सुरक्षामा प्रहरीले ध्यान नपु¥याएको महिला सशक्तिकरण मञ्चका उपाध्यक्ष सविना बिकले टिप्पणी गरिन ।

यसबारे जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायव उपरीक्षक अनुपम श्रेष्ठले घटनाको बास्तविकता बुझी कारवाही प्रक्रिया बढाउन दुल्लू इलाका प्रहरीलाई भनिसकेको बताए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares