कपिलवस्तु, कार्तिक २५
कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिका मेयर प्रत्याशी तथा समाजसेवी युवा नेता इन्जिनियर दिनेश कुमार जयसवालले हिन्दु धर्मावलम्बीहरूको महान् आस्था र लोकआस्थाको पर्व छठ पूजाको पावन अवसरमा सम्पूर्ण देशवासी तथा छठ व्रतालुहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।
मेयर प्रत्याशी इन्जिनियर दिनेश कुमार जायसवालले छठ पर्वले समाजमा आपसी एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र भाइचाराको भावना बलियो बनाउने विश्वास व्यक्त गर्दै देशमा शान्ति, सुव्यवस्था, स्थायित्व र समृद्धिको कामना गरेका छन्। उनले श्रद्धा, निष्ठा र पवित्रताका साथ मनाइने यस पर्वले सम्पूर्ण नेपालीबीच एकता र सद्भाव कायम राख्न प्रेरणा दिने बताएका छन्।
मेयर प्रत्याशी इन्जिनियर जयसवालले छठ पर्वको पवित्र भावना र सांस्कृतिक महत्त्वलाई आत्मसात् गर्दै सम्पूर्ण नेपालीको जीवनमा सुख, शान्ति, स्वास्थ्य, उन्नति र समृद्धि छाओस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।
अस्ताउँदो सूर्यलाई अर्घ्य र उदाउँदो सूर्यसँग नयाँ आशा जोड्ने छठ पर्वले सबैको जीवनमा सकारात्मक ऊर्जा, सद्भाव र समृद्धिको उज्यालो फैलाओस्।
