काठमाडौँ , फागुन ३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ववरमहल, काठमाडौंका नासुलाई घुस रकमसहित पक्राउ गरेको छ ।
अख्तियारले नास नरेन्द्र यादवलाई सेवाग्राहीलाई शेयर पूजी बढाएको प्रमाण पत्र बनाइदिए वापत ८ हजार घुस लिएपछि घुस रकमसहित बिभाग परिसरबाटै आइतबार पक्राउ गरेको जनाएको छ । अख्तियारले घुस लेनदेनमा सहभागी लेखापढीको काम गर्ने रामबाबु दाहाललाई समेत पक्राउ गरेको जनाएको छ ।
अहिले दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।