Tuesday, March 19
Shadow

दुर्घटना

दैलेखमा खोलाले बगाउँदा एक जनाको मृत्यु

दैलेखमा खोलाले बगाउँदा एक जनाको मृत्यु

दुर्घटना, ब्यानर समाचार, मुख्य समाचार, समाचार
दैलेख,२९ असार। दैलेखमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ। नौमुले गा.पा ८ चौराठाका ४९ वर्षीय लक्ष्मीप्रसाद रिमालको मृत्यु भएको दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले बताए।
कञ्चनपुरमा एक महिला बाघको आक्रमणबाट घाइते

कञ्चनपुरमा एक महिला बाघको आक्रमणबाट घाइते

दुर्घटना, मुख्य समाचार, समाचार
कञ्चनपुर,२९ असार। बाघको आक्रमणबाट कञ्चनपुरको बेलौरीमा एक महिला घाइते भएकी छिन् । बाघको आक्रमणमा परी बेलौरी न.पा.का–९ डाडाकुण्डाकी २५ वर्षीया बिन्दु डगौंरा घाइते भएकी हुन् । बिहीबार साझँ लालझाडी गाउँपालिका–६ चान्देउस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमा डगौंरालाई बाघले आक्रमण गरेको बेलौरी–९ का वडाध्यक्ष किसन रानाले जानकारी दिएका छन्। उनको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ । डगौंरालगायत १०/१२ महिलाको समुह च्याउ टिप्न गएको थियो । सोही क्रममा बाघले डगौँरामाथि आक्रमण गरेको हो ।...
हुम्लाको कालिका केन्द्रबिन्दु भएर ४.६ को भूकम्प

हुम्लाको कालिका केन्द्रबिन्दु भएर ४.६ को भूकम्प

दुर्घटना, ब्यानर समाचार, मुख्य समाचार, समाचार
हुम्ला,२८ असार । हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर १७ मिनेटमा हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर ४.६ रेक्टरस्केलको भूकम्प गएको र भूकम्पबाट कुनै क्षति भएको खबर प्राप्त नभएको जनाएको छ । पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली र पहाडी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ ।...
मनाङ हेलिकोप्टर दुर्घटनामा सवार सबै ६ जनाकै मृत्यु

मनाङ हेलिकोप्टर दुर्घटनामा सवार सबै ६ जनाकै मृत्यु

दुर्घटना, ब्यानर समाचार, मुख्य समाचार, समाचार
काठमाडौँ, असार २६ । मनाङ एयरको एक हेलिकोप्टर दुर्घटनामा परी सवार सबै ६ जनाकै मृत्यु भएको छ । काठमाडौँ फर्किँदै गरेको हेलिकोप्टर दुर्घटनामा पर्दा सवार सबै ६ जनाकै मृत्यु भएको हो । जसमा एक जना पाइलट र बाँकी सबै पाँच जना मेक्सिकोका यात्रु थिए । हेलिकोप्टर क्याप्टेन सीबी गुरुङले उडाएका थिए । उनी हेलिकोप्टर पाइलटमध्ये अनुभवी मानिन्थे । मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । मंगलबार बिहान सोलुखुम्बुबाट काठमाडौँका लागि उडान भरेको हेलिकोप्टर सर्केबाट सम्पर्कविहीन भएको थियो । उक्त हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले जानकारी दिए । दुर्घटनास्थल सोलुखुम्बुको लिखुपिके र रामेछापको उमाकुण्ड गाउँपालिकाको सीमानामा पर्छ । सोलुखुम्बुको सुर्केबाट बिहान ९ः५२ बजे काठमाडौँ उडेको कल साइन ९ए...
पाइलटसहित ६ जना सवार मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन

पाइलटसहित ६ जना सवार मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन

दुर्घटना, ब्यानर समाचार, मुख्य समाचार, समाचार
काठमाडौँ, असार २६ । मनाङ एयरको 9N–AMV कलसाइन भएको हेलिकोप्टर सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि बिहान १० बजे उडेको हेलिकोप्टर उडेको केही समयमैबाट सम्पर्कविहीन भएको छ । त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार हेलिकोप्टरमा सवार ५ जना विदेशी नागरिक हुन् । उक्त हेलिकोप्टरमा पाइलटसहित ६ जना सवार थिए। अहिले वेपत्ता हेलिकप्टरको खोजि कार्य भइरहेको प्रवक्ता सिटौलाले जानकारी दिए ।...
बाग्लुङ बडिगाडमा जेसिबीको ठक्करबाट बालकको मृत्यु

बाग्लुङ बडिगाडमा जेसिबीको ठक्करबाट बालकको मृत्यु

दुर्घटना, मुख्य समाचार, समाचार
असार २६ . बाग्लुङ जिल्लाको बडिगाड गाउँपालिकामा सडक खन्ने क्रममा जेसिबीको (सडक निर्माण डोजर) ठक्करबाट एक बालकको मृत्यु भएको छ । बडिगाड गाउँपालिका–७ भत्रेनीबाट सोइरेनीसम्मको कच्ची सडक खन्ने क्रममा जेसिबीको ठक्करबाट स्थानीय भानबहादुर घर्तीका १४ वर्षीय छोरा सुनिलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । जेसीबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको जनाइएको छ ।...
जिपको ठक्करबाट कञ्चनपुरमा चालकको मृत्यु

जिपको ठक्करबाट कञ्चनपुरमा चालकको मृत्यु

दुर्घटना, ब्यानर समाचार, मुख्य समाचार, समाचार
कञ्चनपुर, असार २० । कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ आमखैयामा जिपको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कृष्णपुर नगरपालिका १ का ५९ वर्षीय अमर साउद रहेका रहेका छन् । सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा साउदको मृत्यु भएको हो । आन बिहान साढे ९ बजे बागमती प्रदेश–०१–०२५ च ३६३४ नम्बरको पिकअप जिपले साउद सवार रहेको साइकललाई ठक्कर दिएको थियो ।  ...
गोरखामा धन्सार भत्किंदा एक जनाको मृत्यु, ३ जना घाइते

गोरखामा धन्सार भत्किंदा एक जनाको मृत्यु, ३ जना घाइते

दुर्घटना, ब्यानर समाचार, मुख्य समाचार, समाचार, स्थानिय तह
गोरखा, असार १९ । गोरखामा बनाउँदै गरेको धन्सार भत्किएर थिच्दा १ को मृत्यु भएको छ भने घटनामा तीनजना घाइते भएका छन् । गोरखाको गण्डकी गाउँपालिका–४, पाटापाटीस्थित जगबहादुर बरामको बनाउँदै गरेको धन्सार भत्किएर उनकी श्रीमती ४१ वर्षीया मीना बरामको मत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए । उक्त घटनामा मृतक मीनाका श्रीमान ४५ वर्षीय जगतबहादुर बराम, २१ वर्षीय छोरा सुजन बराम र छिमेकी ६५ वर्षीय रामकृष्ण बराम घाइते भएका छन् । रामकृष्णको अवस्था गम्भीर भएकाले उनलाई थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । अन्य दुईजनाको अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए ।...
अर्घाखाँचीको पाणिनीमा घरमाथि पहिरो खस्दा ३ को मृत्यु

अर्घाखाँचीको पाणिनीमा घरमाथि पहिरो खस्दा ३ को मृत्यु

दुर्घटना, मुख्य समाचार, समाचार, स्थानिय तह
काठमाडौं, असार १९ । अर्घाखाँचीको पाणिनी गापा–१ गोवनपानीमा गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको वडाअध्यक्ष कमल प्रसाद पोखरेलले जानकारी दिए । आज बिहान करिब ५ बजेतिर आएको पहिरोले घर पुरेको थियो । घटनास्थलबाट ३ वटा शव निकालिएको र उनीहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।...
पहिरोले नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध

पहिरोले नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध

दुर्घटना, मुख्य समाचार, समाचार
चितवन । पहिरोले नारायणगढ–मुग्लिन सडकखण्डमा फेरि अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा राति पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध बनेको हो । पहिरोमा परी एउटा ट्रक पल्टिएको छ भने पहिरो हटाउन सुरु गरिएको छ । पहिरो गएको स्थानमा ना६ख ७१० नम्बरको ट्रक पल्टिएको हो भने ट्रकका चालक सामान्य घाइते भएका उनको मुग्लिनमा उपचार भईरहेको र अहिले सडक दुईतर्फी नै ठप्प भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए । पहिरो पन्छाउने काम सुरु गरिएको छ । सो सडक हुँदै दैनिक हजारौँ भन्दा बढी सवारी आवतजावत गर्ने गर्दछन् । पटकपटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौँ ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् ।...