Wednesday, April 15
Shadow

Tag: पक्राउ

प्रहरीमाथि हातपात गर्ने १६ जना पक्राउ

प्रहरीमाथि हातपात गर्ने १६ जना पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौँ । काठमाडौँमा प्रहरीमाथि नै हातपात गर्ने यौनिक तथा अल्पसङ्ख्याक समुदायका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुलाई अभद्र व्यवहारमा आज म्याद थप गरी अनुसन्धान शुरु गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रदीपकुमार श्रेष्ठले जानकारी दिए । प्रहरी बरिष्ठ उपरीक्षक श्रेष्ठका अनुसार सर्वसाधारणलाई हैरानी दिएको गुनासो आएपछि महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कमा उनीहरुलाई सोधपुछका लागि ल्याइएकोमा प्रहरी टोलीमाथि नै हातपात गरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुले कार्यस्थलमा खटिएका प्रहरी टोलीलाई हातपात गरेका र टेवलका सिसा फुटाएका थिए । त्यसपछि फुटेको सिसा हातमा बोकेर प्रहरीलाई र आफैँ समेतलाई हानेर चोट पुर्याएको महानगरीय प्रहरी कार्यालयले आज एक विज्ञप्ति मार्फत जनाएको छ । उनीहरुले प्रहरी प्रभागमा तोडफोड गर्नुका साथै ढुङ्गामुढा गरेपछि स्थिति नियन्त...
अमेरिका पठाइदिन्छु भन्दै १५ लाख ठगी, अभियोगमा ६० वर्षीय व्यक्ति परे पक्राउ

अमेरिका पठाइदिन्छु भन्दै १५ लाख ठगी, अभियोगमा ६० वर्षीय व्यक्ति परे पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं , माघ ७ । ‘राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष हुँ’ भनी अमेरिका पठाइदिन्छु भन्दै १५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–७ मित्रपार्क चावहिल बस्ने संखुवासभा पाँचखपन गाउँपालिका–५ खमारे घर भएका ६० वर्षीय तुलसी थापालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । तुलसीले आफू अमेरिकामा हुने कार्यक्रममा जाँदा ५ वर्षको मल्टिपल भिसा लगाई अमेरिका लैजान्छु भन्दै विश्वास दिलाई पीडितबाट उक्त रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएपछि काठमाडौं दरबारमार्गबाट उनलाई पक्राउ गरी ठगी सम्बन्धि कसूरमा आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखा मिनभवनले जनाएको छ ।...
यातायात व्यवसायीसँग घुस लिएको अभियोगमा तीन प्रहरी पक्राउ

यातायात व्यवसायीसँग घुस लिएको अभियोगमा तीन प्रहरी पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ ७ । यातायात व्यवसायीसँग घुस लिएको अभियोगमा तीन प्रहरीलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङको टोलीले उनीहरुलाई मङ्गलबार राति ९स्०० बजे पुलचोकबाट पक्राउ गरेको हो । कार्यक्षेत्रमा खटिएको समयमा यातायात व्यवसायीसँग रकम असुलेको अभियोगमा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार लोकशहादुर घर्ती, जवान जमुना खड्का र वडा प्रहरी कार्यालय नारायणगढमा कार्यरत प्रहरी जवान पूर्णसिंह रेश्मीमगरलाई नियन्त्रणमा लिइएको हो । उनीहरुलाई घुस दिएको अभियोगमा एक किराना व्यवसायीसँगै पाँच जनालाई पक्राउ गरिएको गुरुङले जानकारी दिए । उनीहरुको साथबाट घुसबापत लिएको रु दुई हजार १५० समेत बरामद गरिएको छ । उनले भने, “पक्राउ परेका तीन जना प्रहरीलाई निलम्बन गरी अनुसन्धानको प्रक्रिया शुरु गरिएको छ ।” गुरुङका अनुसार उनीहरुले पैसा सङ्कलनका लागि नारायणग...
अर्काको जग्गा बिक्री गरेको आरोपमा मालपोतका नासु पक्राउ

अर्काको जग्गा बिक्री गरेको आरोपमा मालपोतका नासु पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं , माघ १ । जग्गाधनीलाई थाहा नदिएर जग्गा बेचेको आरोपमा प्रहरीले जिल्ला मालपोत कार्यालय, सुर्खेतका एक कर्मचारीलाई पक्राउ गरेको छ । मालपोतका नायब सुब्बा विश्वरुप सावदलाई बुधबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वीरेन्द्रनगर– ६ का सौगात रावतको नाममा वीरेन्द्रनगर–८ शङ्करचोकमा रहेको छ कठ्ठा जग्गामध्ये चार कठ्ठा जग्गा नायब सुब्बा सावद र सन्तोष ठाकुरको मिलेमतोमा बिक्री गरेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो । उनीहरुमाथि चार कठ्ठा जग्गा कित्ताकाट गरी फरक फरक व्यक्तिलाई बेचेको आरोप लागेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कनकबहादुर शाहीले प्रारम्भिक अनुसन्धान शुरु भइसकेको बताउँदै भने, ‘पीडितको जाहेरी आउन बाँकी छ, जाहेरी आइसकेपछि विस्तृत अनुसन्धान शुरु हुन्छ ।’ प्रहरी निरीक्षक शाहीले अर्का आरोपी ठाकुर फरार भएको र उनको खोजी भइरहेको जानकारी दिए...
ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा वडाध्यक्ष पक्राउ

ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा वडाध्यक्ष पक्राउ

अपराध, समाचार, समाज
काठमाडौं, पुस २९ । बागलुङको ढोरपाटन नगरपालिका–४ खुंगाका वडाध्यक्ष तिलक पुनलाई प्रहरीले पक्राउ गरेको छ । ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । पुनलाई आज अपराह्न ३ स् ०० बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अदालतमा ज्यान मार्ने मुद्दा परेकाले उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक विजय भण्डारीले बताए । विसं २०७६ मा भएको कुटपिटको घटनालाई लिएर सोही वडाका लालबहादुर विकलगायत तीन जनाले उनीविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । विसं २०७६ कात्तिक १२ गते खुंगामा एकापसमा झगडा हुँदा केही स्थानीय घाइते भएका थिए । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
साढे ९ लाख बढी रकमसहित दुई जना पक्राउ

साढे ९ लाख बढी रकमसहित दुई जना पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं , पुस २९ । सिराहाबाट स्रोत नखुलेको साढे ९ लाख रकमसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बरियारपट्टि गाउँपालिका-२ खोक्सीका ४० वर्षीय मोहमद सगिर मियाँ र २४ वर्षीय मेहदि मंसुर छन्। बरियारपट्टी गाउँपालिका-१ कचनारीमा भारतबाट नेपाल आउँदै गरेको मोटरसाइकलमा सवार दुई जनामाथि प्रहरीले चेक गर्दा स्रोत नखुलेको ९ लाख ३९ हजार १५ रुपैयाँ बरामद गरेको हो। उनीहरूले उक्त रकमको स्रोत खुलाउन नसकेपछि प्रहरीले दुबै जनालाई पक्राउ गरेको प्रवक्ता डिएसपी शालिग्राम शर्माले बताए।दुबैजनालाई ईलाका प्रहरी कार्यालय, महेशपुरपतार सिरहामा थप अनुसन्धान गरिरहेको डिएसपी शर्माले बताए।...
विप्लव समूहका पश्चिम कमाण्ड प्रमुख धर्मेन्द्र बाँस्तोला पक्राउ

विप्लव समूहका पश्चिम कमाण्ड प्रमुख धर्मेन्द्र बाँस्तोला पक्राउ

ब्यानर समाचार 2, राजनिती
  काठमाडौं, पुस २९ । प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका पश्चिम कमाण्ड प्रमुख धर्मेन्द्र बाँस्तोला पक्राउ परेका छन् । ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट उनी पक्राउ परेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । उनी समूहको सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख समेत हुन् ।  
काठमाडौंको तारकेश्वरबाट बाघको छालासहित एकजना पक्राउ

काठमाडौंको तारकेश्वरबाट बाघको छालासहित एकजना पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं , पुस २९ । काठमाडौंको तारकेश्वर नगरपलिका–९ स्थित मनमैजुबाट प्रहरीले बाघको छालासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनमैजु बस्ने बृशराज घले छन् । प्रतिबन्धित बाघको छाला अवैध तरिकाले बेच्न ग्राहक खोजिरहेका घलेलाई अपराध महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको हो । प्रहरीले उनको डेराबाट ६ फिट २ इन्च लम्बाई र १ फिट दुई इन्च चौडाई भएको बाघको छाला बरामद गरेको हो ।...
३७ लाख नगद र ७ लाखको चेकसहित नागढुङ्गाबाट एक जना पक्राउ

३७ लाख नगद र ७ लाखको चेकसहित नागढुङ्गाबाट एक जना पक्राउ

अपराध, ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २७ । काठमाडौंको नागढुङ्गाबाट स्रोत नखुलेको नगद ३७ लाख र सात लाख रुपैयाँको चेकसहित एक जना पक्राउ परेका छन् । चितवनबाट काठमाडौंका लागि छुटेको बा ३ ख ९१३९ नम्बरको माइक्रोबस जाँच गर्दा झोलामा लुकाइरहेको ३७ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकको सात लाख रुपैयाँको चेक र एक थान खाली चेकसहित चितवनको माडीका रामकुमार गुरुङलाई बिहान प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
चित्तलको मासु काटिरहेको अवस्थामा ४ महिला पक्राउ

चित्तलको मासु काटिरहेको अवस्थामा ४ महिला पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २४ । बर्दिया राष्ट्रिय निकुञ्जमा तैनाथ नेपाली सेनाको शिवदल गणको थुमनी सुरक्षा पोष्टबाट खटिएको टोलीले चित्तलको मासु काटिरहेको अवस्थामा ४ जनालाई पक्राउ गरेको छ । ४ किलो चित्तलको मासु सहित चार जना महिलाहरुलाई नियन्त्रणमा लिएर निकुञ्ज प्रशासनलाई बुझाइएको नेपाली सेनाले जनाएको छ । पक्राउ पर्नेहरुमा वांसगढी नपा ९, थुमनी बस्ने मोनकला भण्डारी, जुन चन्द ठकुरी, जैसरा विक र सावित्रा वली रहेका छन् । उनीहरुले थुमनीस्थित घरमा मासु काटिरहेको अवस्थामा सेनाको टोलीले फेला पारेको थियो ।...