.काठमाडौं, माघ २७ । सार्वजनिक स्थलमा एक महिलामाथि अश्लिल गालीगलौज र दुर्व्यवहार गरेको भन्दै नेपाल टेलिकमका एक कर्मचारी पक्राउ परेका छन् ।
विराटनगर महानगरपालिका–५ का ५३ वर्षीय नारायण कटुवाललाई प्रहरीले पक्राउ गरेको हो । उनी टेलिकमको विराटनगर कार्यालयमा कार्यरत सहायक अधिकृत हुन् ।
महिलामाथि दुरव्यवहार गरेको घटना सार्वजनिक भएपछि कटुवाललाई घरैबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।