११ लाख घरधुरीको विश्वास जित्दै वर्ल्डलिङ्क
काठमाडौँ , १४ श्रावण
नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्सले देशभर ११ लाख घरधुरीमा आफ्नो सेवा विस्तार गरेको घोषणा गर्दै नयाँ ऐतिहासिक उपलब्धि हासिल गरेको छ।
कम्पनीले सामाजिक सञ्जालमार्फत ११ लाख घरधुरीको विश्वास, साथ र निरन्तर सहयोगकै कारण यो सफलता सम्भव भएको उल्लेख गर्दै सम्पूर्ण ग्राहकप्रति हार्दिक आभार व्यक्त गरेको छ।
कम्पनीका अनुसार यो उपलब्धि केवल वर्ल्डलिङ्कको मात्र नभई डिजिटल नेपाल निर्माणमा योगदान पुर्याउने लाखौँ नेपाली सेवाग्राहीको साझा सफलता हो।
सन् १९९५ मा अत्यन्तै सामान्य सुरुवातबाट यात्रा थालेको वर्ल्डलिङ्कले समयसँगै नेपालको इन्टरनेट सेवामा नयाँ–नयाँ प्रविधि भित्र्याउँदै आफूलाई देशकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनीका रूपमा स्थापित गरेको छ।
डायल–अप इन्टरनेटबाट सुरु भएको यात्...









