Thursday, April 18
Shadow

रोल्पाबाट हातहतियारसहित दुई पक्राउ


  • -इ
  • इ+

काठमाडौं, माघ २७ । रोल्पाबाट हातहतियारसहित दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

रोल्पा नगरपालिका–१० धबाङ बस्ने २५ वर्षीय प्रकाश बुढा र सोही ठाउँस्थित चिउरीडाँडाका ३९ वर्षीय नरबहादुर घर्तीमगरलाई धाङ्सीखोलाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सन्तोष केसीले बताए ।

उनीहरुको साथबाट दुई थान भरुवा बन्दुक, फलामका टुक्रा, बारुद र एक थान खुकुरीसहित पक्राउ गरिएको प्रहरी निरीक्षक केसीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय र नेपाली सेनाको संयुक्त टोलीले गस्ती गर्ने क्रममा उनीहरूलाई हतियारसहित पक्राउ गरिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares