Friday, April 19
Shadow

Tag: प्रधानमन्त्री ओली

गुमेको भूभाग फिर्ता ल्याएरै छाडिन्छ, भारतसँग अनौपचारिक वार्ता भइरहेको छ :  प्रधानमन्त्री ओली

गुमेको भूभाग फिर्ता ल्याएरै छाडिन्छ, भारतसँग अनौपचारिक वार्ता भइरहेको छ : प्रधानमन्त्री ओली

ब्यानर समाचार, समाचार
काठमाडौं, फागुन १० । प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमको गुमेको भूभाग फिर्ता ल्याउनका लागि तथ्य र प्रमाणका आधारमा भारतसँग अनौपचारिक वार्ता भइरहेको बताएका छन् । वेदकोट नगरपालिका–२, छेलामा दैजी छेला औद्योगिक क्षेत्रको आज अपराह्न शिलान्यास गर्दै उनले गुमेको नेपालको भूभाग फिर्ता ल्याएरै छाड्ने दृढता व्यक्त गरे । दोधारा चाँदनी क्षेत्रमा भारतसँगको महाकाली सन्धिबमोजिम १० क्युसेक पानी नेपालले पाउनुपर्नेमा नपाएकामा अब प्राप्त गर्नका लागि भारतसँग वार्ता भइरहेको जानकारी दिँदै प्रधानमन्त्रीले ६ महिनाभित्र विस्तृत सर्भेको काम पूरा गरी नहर निर्माणको काम शुरु हुने बताए । महाकाली सिंचाइ आयोजना अन्तर्गत तेस्रो चरणको नहर निर्माण शुरु भइसकेको जनाउँदै प्रधानमन्त्रीले वर्षौंदेखि सिंचाइ हुन नसकेका क्षेत्रमा सोको प्रबन्ध गरी कृषि उत्पादनमा बढोत्तरी गरिने बताए । उनले भने, “पूर्वपश्चिम राजमार्ग चौडा...
प्रधानमन्त्री ओली आज कञ्चनपुर जाँदै, सुरक्षा व्यवस्थामा कडाई

प्रधानमन्त्री ओली आज कञ्चनपुर जाँदै, सुरक्षा व्यवस्थामा कडाई

ब्यानर समाचार, राजनिती, समाचार, समाज
काठमाडौँ , फागुन १० ।प्रधानमन्त्री केपी शर्मा ओली आज कञ्चनपुर जाँदैछन् । ​बेदकोट नगरपालिका(२ स्थित दैजी छेला औद्योगिक क्षेत्र शिलान्यास गर्न प्रधानमन्त्री ओली कञ्चनपुर जान लागेका हुन् ‌ । नेकपाका केन्द्रीय सदस्य कृपाराम रानाका अनुसार धनगढीबाट प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकोप्टरमार्फत दिउँसो १ बजे शिलान्यास हुने कार्यक्रम स्थलमा पुग्ने कार्यक्रम तय गरिएको छ । कार्यक्रमस्थल नजिकै विद्यालयको मैदानमा हेलिकोप्टर अवतरण गर्न अस्थायी हेलिप्याडसमेत निर्माण गरिएको छ । यता प्रधानमन्त्री ओली कञ्चनपुर जाने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडाई गरिएको छ । पूर्व(पश्चिम राजमार्ग र शिलान्यास कार्यक्रम स्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले ठाउँ(ठाउँमा सुरक्षा चेकजाँचसँगै गस्ती बढाएका छन्‌ ।  ...
दाहाल-नेपाल समूहलाई पार्टीमै फर्किन प्रधानमन्त्री ओलीको आग्रह

दाहाल-नेपाल समूहलाई पार्टीमै फर्किन प्रधानमन्त्री ओलीको आग्रह

ब्यानर समाचार, राजनिती
काठमाडौँ, फागुन ८ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले दाहाल(नेपाल समूहलाई पार्टीमै फर्किन आग्रह गरेका छन् । ओली समूहले शनिबार विराटनगरमा गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दाहाल(प्रचण्डहालै अझै केही नबिग्रिएको बताउँदै पार्टीमै फर्किन आग्रह गरेका हुन । उनले भने, ‘अझै म भन्न चाहान्छु, यो जनताको सागरमा मिसिनुहोस्, भिरबाट लड्न लागेको गोरुलाई राम–राम भन्न मात्र सकिन्छ, काँध नै थाप्न सकिन्न ।’ उनले ‘प्रचण्ड’लाई गलत बाटोमा हिँडेको आरोप समेत लगाए । उनले भने, ‘प्रचण्डजीको त मलाई माया लाग्छ । पहिले बैद्यसँग हुनुहुन्थ्यो, बैद्यबाट डाक्टर, डाक्टरबाट झाँक्रीमा हुनुहुन्छ । अब उनलाई झाँक्रीले बचाउन सक्दैनन् । उहाँ गलत बाटोमा हुनुहुन्छ । सिद्धिइसकेका प्रचण्डलाई मैले जुरो हाल्देको थिएँ, सिंङ हाल्देको थिए, लामो सिंङ भएपछि हामीलाई सिध्याउन खोज...
सरकारले संविधान मिच्दैन : प्रधानमन्त्री ओली

सरकारले संविधान मिच्दैन : प्रधानमन्त्री ओली

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं , फागुन ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संविधान नमिच्ने बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार काठमाडौंको टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकारले संविधान नमिच्ने र मिच्न नदिने बताए । सरकार जनताको अभिमतभन्दा विपरीत नजाने, लोकतन्त्रको बाटो नबिराउने, भ्रष्टाचार नगर्ने र गर्न नदिने, सुशासन कायम गर्नेसमेत प्रधानमन्त्री उनले बताए । उनले भने, ‘‘अहिलेको सरकारले लोकतन्त्रको बाटो बिराउँदैन । संविधान मिच्दैन, मिच्न दिँदैन । जनताको अभिमतभन्दा विपरीत जाँदैन र जान दिँदैन । भ्रष्टाचार गर्दैन र गर्न दिँदैन । सुशासन कायम गरेर छोड्छ । अपराधहरुलाई नियन्त्रण गर्छ आदि कुराहरुमा म आम दाजुभाइ दिदीबहिनीहरुलाई आश्वस्त पार्न चाहन्छु ।’’ जनताको आकांक्षा र अभिमतबाट मात्रै लोकतन्त्र सञ्चालित हुन सकोस् भन्ने अभिप्रायले सरकारले अस्थिरता खोज्ने प्रय...
प्रधानमन्त्री ओली र राष्ट्रसंघीय प्रतिनिधिसँग भेटवार्ता, शरणार्थी समस्या टुंग्याउन जोड

प्रधानमन्त्री ओली र राष्ट्रसंघीय प्रतिनिधिसँग भेटवार्ता, शरणार्थी समस्या टुंग्याउन जोड

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, फागुन ४ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग शरणार्थीका लागि राष्ट्र संघीय उच्चायुक्तको कार्यालयको नेपालस्थित प्रतिनिधि मण्डलले मंगलबार भेट गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा उच्चायुक्तको कार्यालयकी नेपालस्थित प्रतिनिधि क्यारोलिन स्पानुथ वर्माले भुटानी शरणार्थीको व्यवस्थापनबारे चासो राखेकी थिईन । प्रधानमन्त्री ओलीले हालसम्म भूटानी शरणार्थीको यथोचित प्रबन्धका लागि शरणार्थीका लागि राष्ट्र संघीय उच्चायोगबाट प्राप्त सहयोगका लागि धन्यवाद प्रकट गर्दै बाँकी शरणार्थीको व्यवस्थापनका लागि पनि पुर्ववत् सहयोग रहने विश्वास व्यक्त गरे । आफ्नै समस्याहरुसँग जुधिरहेको विकासोन्मुख देश नेपालले यसलाई समयबद्ध ढंगले व्यवस्थापन गर्न चाहेको भनाई प्रधानमन्त्रीको थियो । प्रधानमन्त्रीले शरणार्थी समस्या समाधानका लागि उनीहरुकै देशमा ससम्मान फिर्तीलाई पहिलो प्राथमिकतामा राखेको बताए ...
निर्मला र भागरथीका हत्याराहरुलाई पानीमुनि गएपनि छोडिँदैन : प्रधानमन्त्री ओली

निर्मला र भागरथीका हत्याराहरुलाई पानीमुनि गएपनि छोडिँदैन : प्रधानमन्त्री ओली

ब्यानर समाचार, राजनिती, समाचार, समाज
काठमाडौँ, फागुन १ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी९नेकपा०का अध्यक्ष केपी शर्मा ओलीले जनताको पीडामा आफ्नो आँशु खस्ने बताएका छन् ।बुटवलमा आयोजित आमसभामालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।उनले आफूहरुका कामले दाहाल–नेपाल समूह आत्तिएको, डराएको समेत बताए । प्रधानमन्त्री ओलीले दाहाल–नेपाल समूहले जनतालाई झुक्याउने, तर्साउने काम गरेको बताउँदै अब ति दिन सकिएको बताए । प्रधानमन्त्री ओलीले देश अनुचित अवस्थामा जाने, अलोकतान्त्रिक प्रयासहरु जब आफ्नैभित्रबाट हुन थाले तब बहुमतको प्रधानमन्त्रीको हैसियतले संसद विघटन गरेको बताए । उनले देशलाई अस्थिरतातर्फ अदालतले नफर्काउने आफूले विश्वास लिएको बताए । साथै उनले निर्मला र भागरथी हत्याकाण्डका दोषीलाई पानीमुनि गए पनि नछाड्ने बताए । पीडितहरुको न्यायका लागि सरकार कटिबद्ध लागिपरेको उनको भनाइ थियो । प्रधानमन्त्री ओली भने ‘नि...
नेकपा विवादः निर्वाचन आयोग जाँदै प्रधानमन्त्री ओली

नेकपा विवादः निर्वाचन आयोग जाँदै प्रधानमन्त्री ओली

ब्यानर समाचार, राजनिती
काठमाडौँ , माघ २७ । पार्टीको आधिकारिकता दाबी गर्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाललगायतका नेताहरू आयोग पुगेका छन्  । प्रधानमन्त्री ओली भने पार्टीमा विवाद सुरु भएपछि आयोग गएका छैनन् । तर आज भने प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोगको कार्यालय कान्तिपथ जाँदैछन् । निर्वाचन तयारी र आफ्नो पार्टी नेकपाभित्रको विवादलगायतका विषयमा कुराकानी गर्न प्रधानमन्त्री ओली निर्वाचन आयोग जान लागेका हुन् । छलफलका एजेण्डा तय नभएपनि निर्वाचन तयारीबारे बुझ्न प्रधानमन्त्री ११ बजे आयोग जाने नेता सुवासचन्द्र नेम्वाङले बताए । उनका अनुसार चुनावका कार्यक्रमलगायत विषयमा प्रधानमन्त्रीले आयोगको ध्यानाकर्षण गराउनेछन् । आयोगले यसअघि नेकपाका दुवै शीर्ष नेतालाई छलफलका लागि बोलाएको थियो तर दुवै समूहले आफ्ना प्रतिनिधि मात्रै पठाएका थिए ।...
‘देश चुनावतर्फ गयो, अब  सबैकुराको फैसला चुनावले गर्छ ’:  प्रधानमन्त्री ओली

‘देश चुनावतर्फ गयो, अब सबैकुराको फैसला चुनावले गर्छ ’: प्रधानमन्त्री ओली

ब्यानर समाचार, राजनिती
काठमाडौं , माघ २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश चुनावतर्फ गएको बताएका छन् । शुक्रबार काठमाडौंमा भएको बृहत् जनसभालाई सम्बोधन गर्दैै उनले देश चुनावतर्फ गएको बताएका हुन् उनले भने , ‘देश चुनावतर्फ गयो गयो, अब चुनावले सबैकुराको फैसला गर्छ ।’दाहाल–नेपाल समूहतर्फ संकेत गर्दै उनले प्रश्न गरे , ‘निर्वाचन नगर्नुचाहिँ लोकतन्त्र अरे, निर्वाचन गर्दा देश संकटमा पर्छ अरे, निर्वाचन गर्दा देश संकटमा पर्छ रु’ प्रधानमन्त्री ओलीले आफूहरूले अदालत र निर्वाचन आयोगलाई आग्रह गरेको भए पनि दाहाल–नेपाल समूहले धम्कयाएको आरोप लगाए ।उनले लिखित संविधान नभएको देश बेलायतको उदाहरण दिँदै प्रतिनिधिसभा विघटन संविधानसम्मत भएको जिकिर गरे । साथै ओलीले नेकपाको मूल पार्टी आफू नेतृत्वको नेकपा भएको बताएका छन् । उनले आफू नेतृत्वको पार्टी नै देशको मूल पार्टी पनि भएको दाबि गरे । आज नारायणीहिटीमा आयोजित सभामा आफू नेतृत्वक...
प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषदको बैठक

प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषदको बैठक

मुख्य समाचार, राजनिती
काठमाडौं , माघ २० । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक बोलाएका छन् । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले बुधबारका लागि संवैधानिक परिषदको बैठक बोलाएका हुन् । यसअघिको बैठकबाट संवैधानिक निकायमा गरिएका ३८ नियुक्ति विवादमै रहेका बेला प्रधानमन्त्री ओलीले फेरी परिषदको बैठक बोलाएका हुन् । यसअघिको बैठकका सिफारिसलाई सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता गरेपछि परिषदको सिफारिसमा नयाँ विवाद शुरु भएको छ । सभामुखले परिषदको सिफारिस फिर्ता गरेको विषयमा राष्ट्रिय सभाका अध्यक्ष गणेसप्रसाद तिमिल्सिनाले आपत्ति जनाएका छन् । यस अघिको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख सापकोटाले बैठक बहिस्कार गरेका थिए । सरकारले अध्यादेश जारी गरी परिषदका बहुमत सदस्यबाट निर्णय गर्न सक्ने व्यवस्था गरेको छ । परिषदले गत मंसिर ३० गते बहुमतकै आधारमा अख्तिया...
प्रधानमन्त्री ओलीले गरे देशकै ठूलो क्षमताको ढल्केवर विद्युत सबस्टेशनको उद्घाटन

प्रधानमन्त्री ओलीले गरे देशकै ठूलो क्षमताको ढल्केवर विद्युत सबस्टेशनको उद्घाटन

आर्थिक, ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, माघ १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषा जिल्लाको ढल्केवरस्थित देशको सबैभन्दा ठूलो क्षमताको विद्युत् सबस्टेशनको आज उद्घाटन गरेका छन् । नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानी तथा विश्व बैंकको सहुलियतपूर्ण ऋणमा निर्मित सबस्टेशन ४००,२२० र १३२ केभी क्षमताको छ । नेपालमा विद्युतको एक शताब्दीभन्दा पुरानो इतिहास र विसं १९६७ मा फर्पिmङ विद्युत्गृह निर्माणपछि अहिले प्रथम पटक ४०० केभी सबस्टेशन निर्माण सम्पन्न भई ढल्केवर–मुजफ्फरपुर लाइनसहित ४०० केभी सञ्चालनमा आएको हो । सङ्घीय सरकारको राष्ट्रिय विद्युत् विकास दशक कार्यक्रमअन्तर्गत निर्माण भएको जिआइएस प्रविधियुक्त सो सबस्टेशनमा हाल ३१५ एमभीएका तीन थान, ४०० र २२० केभी ट्रान्सफर्मर तथा ८० एमभीए क्षमताको एक थान, ४०० केभी रियाक्टर जडित छ जसबाट करिब ९०० मेगावाट विद्युत आदानप्रदान गर्न सकिन्छ । हाल सञ्चालन रहेका नेपालका सबस...