Friday, March 29
Shadow

प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषदको बैठक


  • -इ
  • इ+

काठमाडौं , माघ २० । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक बोलाएका छन् । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले बुधबारका लागि संवैधानिक परिषदको बैठक बोलाएका हुन् ।

यसअघिको बैठकबाट संवैधानिक निकायमा गरिएका ३८ नियुक्ति विवादमै रहेका बेला प्रधानमन्त्री ओलीले फेरी परिषदको बैठक बोलाएका हुन् ।

यसअघिको बैठकका सिफारिसलाई सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता गरेपछि परिषदको सिफारिसमा नयाँ विवाद शुरु भएको छ । सभामुखले परिषदको सिफारिस फिर्ता गरेको विषयमा राष्ट्रिय सभाका अध्यक्ष गणेसप्रसाद तिमिल्सिनाले आपत्ति जनाएका छन् ।

यस अघिको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख सापकोटाले बैठक बहिस्कार गरेका थिए ।

सरकारले अध्यादेश जारी गरी परिषदका बहुमत सदस्यबाट निर्णय गर्न सक्ने व्यवस्था गरेको छ । परिषदले गत मंसिर ३० गते बहुमतकै आधारमा अख्तियारसहितका बिभिन्न संवैधानिक आयोगहरुमा नियुक्तिको सिफारिस गरिएको थियो । सो निर्णय पुस ५ गते राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्नुअघि संसद सचिवालय पठाइएको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares