Friday, April 26
Shadow

प्रधानमन्त्री ओली र राष्ट्रसंघीय प्रतिनिधिसँग भेटवार्ता, शरणार्थी समस्या टुंग्याउन जोड


  • -इ
  • इ+

काठमाडौँ, फागुन ४ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग शरणार्थीका लागि राष्ट्र संघीय उच्चायुक्तको कार्यालयको नेपालस्थित प्रतिनिधि मण्डलले मंगलबार भेट गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा उच्चायुक्तको कार्यालयकी नेपालस्थित प्रतिनिधि क्यारोलिन स्पानुथ वर्माले भुटानी शरणार्थीको व्यवस्थापनबारे चासो राखेकी थिईन ।

प्रधानमन्त्री ओलीले हालसम्म भूटानी शरणार्थीको यथोचित प्रबन्धका लागि शरणार्थीका लागि राष्ट्र संघीय उच्चायोगबाट प्राप्त सहयोगका लागि धन्यवाद प्रकट गर्दै बाँकी शरणार्थीको व्यवस्थापनका लागि पनि पुर्ववत् सहयोग रहने विश्वास व्यक्त गरे । आफ्नै समस्याहरुसँग जुधिरहेको विकासोन्मुख देश नेपालले यसलाई समयबद्ध ढंगले व्यवस्थापन गर्न चाहेको भनाई प्रधानमन्त्रीको थियो ।

प्रधानमन्त्रीले शरणार्थी समस्या समाधानका लागि उनीहरुकै देशमा ससम्मान फिर्तीलाई पहिलो प्राथमिकतामा राखेको बताए । त्यसो हुननसके विकल्पमा तेस्रो मुलुकमा स्थानानान्तरण र त्यसबाट पनि बाँकी रहेका शरणार्थीहरुको व्यवस्थापन नेपालमै गर्नका लागि समेत गरी तीनवटै विकल्पमा कार्य गर्न नेपाल सरकार खुला रहेको समेत प्रधानमन्त्रीले बताए । यसका लागि उच्चायोगबाट सहयोग प्राप्तहुने विश्वास समेत उनको थियो । जवाफमा प्रतिनिधि वर्माले शरणार्थी व्यवस्थापन सम्बन्धी सहयोग निरन्तर गर्ने बारे उच्चायोग सकारात्मक रहेको बताइन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares