Friday, April 26
Shadow

प्रधानमन्त्री ओली आज कञ्चनपुर जाँदै, सुरक्षा व्यवस्थामा कडाई


  • -इ
  • इ+

काठमाडौँ , फागुन १० ।प्रधानमन्त्री केपी शर्मा ओली आज कञ्चनपुर जाँदैछन् । ​बेदकोट नगरपालिका(२ स्थित दैजी छेला औद्योगिक क्षेत्र शिलान्यास गर्न प्रधानमन्त्री ओली कञ्चनपुर जान लागेका हुन् ‌ ।

नेकपाका केन्द्रीय सदस्य कृपाराम रानाका अनुसार धनगढीबाट प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकोप्टरमार्फत दिउँसो १ बजे शिलान्यास हुने कार्यक्रम स्थलमा पुग्ने कार्यक्रम तय गरिएको छ ।

कार्यक्रमस्थल नजिकै विद्यालयको मैदानमा हेलिकोप्टर अवतरण गर्न अस्थायी हेलिप्याडसमेत निर्माण गरिएको छ । यता प्रधानमन्त्री ओली कञ्चनपुर जाने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडाई गरिएको छ ।

पूर्व(पश्चिम राजमार्ग र शिलान्यास कार्यक्रम स्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले ठाउँ(ठाउँमा सुरक्षा चेकजाँचसँगै गस्ती बढाएका छन्‌ ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares