अबको चार दिनमै मेलम्चीको पानी काठमाडौँमा वितरण हुन्छ: प्रधानमन्त्री ओली
काठमाडौँ, चैत ११ । प्रधानमन्त्री केपी ओलीले अबको चार दिनमै काठमाडौंमा मेलम्चीको पानी वितरण हुने बताएका छन् ।
बुधबार नगरपालिका संघको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अबको चार दिनमा मेलम्चीको पानी काठमाडौँमा वितरण गरिने जानकारी दिएका हुन् । उनले तत्काल पाइप नफुटोस् भनेर चरणबद्ध ढंगले पानी वितरण गरिनेसमेत बताए ।
‘अब चार दिनपछि हामी काठमाडौंमा धारामा मेलम्चीको पानी वितरण गर्दैछौँ’, प्रधानमन्त्री ओलीले भने, ‘१५ गते हामी मेलम्चीको पानी वितरण गर्न सुरु गछौँ र फेजवाइज त्यसलाई बढाउँदै लान्छौँ । कुनै दुर्घटना नहोस् । कुनै पाइप नफुटोस् भनेर हेरिहेरी हामी पानी वितरण गछौँ ।’
उनले मेलम्चीको पानी ल्याउनु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरे ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकार विकास निर्माणका काममा तीव्र रुपमा लागि परेको जानकारी दिए । उनले केन्द्रले स्थानीय तहको अधिकार नखोस्ने ...