Thursday, April 25
Shadow

नेकपा विवादः निर्वाचन आयोग जाँदै प्रधानमन्त्री ओली


  • -इ
  • इ+

काठमाडौँ , माघ २७ । पार्टीको आधिकारिकता दाबी गर्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाललगायतका नेताहरू आयोग पुगेका छन्  । प्रधानमन्त्री ओली भने पार्टीमा विवाद सुरु भएपछि आयोग गएका छैनन् ।

तर आज भने प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोगको कार्यालय कान्तिपथ जाँदैछन् । निर्वाचन तयारी र आफ्नो पार्टी नेकपाभित्रको विवादलगायतका विषयमा कुराकानी गर्न प्रधानमन्त्री ओली निर्वाचन आयोग जान लागेका हुन् ।

छलफलका एजेण्डा तय नभएपनि निर्वाचन तयारीबारे बुझ्न प्रधानमन्त्री ११ बजे आयोग जाने नेता सुवासचन्द्र नेम्वाङले बताए । उनका अनुसार चुनावका कार्यक्रमलगायत विषयमा प्रधानमन्त्रीले आयोगको ध्यानाकर्षण गराउनेछन् ।

आयोगले यसअघि नेकपाका दुवै शीर्ष नेतालाई छलफलका लागि बोलाएको थियो तर दुवै समूहले आफ्ना प्रतिनिधि मात्रै पठाएका थिए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares