Monday, April 29
Shadow

Tag: प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओली चितवन जाँदै, सभालाई सम्बोधन गर्ने

प्रधानमन्त्री ओली चितवन जाँदै, सभालाई सम्बोधन गर्ने

ब्यानर समाचार, राजनिती
काठमाडौँ, माघ १७ । प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन जाँदै छन् ।नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ओली समूहले चितवनमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्न अध्यक्ष ओलीसिहतका केही शीर्ष नेता चितवन जान लागेका हुन् । चितवन जिल्ला कमिटीको आयोजनामा हुने सभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। दिउँसो साढे १२ बजे केन्द्रीय बस टर्मिनल भरतपुरमा आयोजना हुने सभालाई प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। भरतपुरको केन्द्रीय बस टर्मिनलमा जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा चितवनका कार्यालय संयोजक पार्वती रावलले जानकारी दिइन् । सभास्थलमा आउने जनसमुदायलाई तीन ठाउँमा जम्मा भएर र्यालीसहित आउने व्यवस्था गरिएको उन को भनाई छ । उनका अनुसार पूर्वबाट आउने नेता कार्यकर्तालाई भरतपुरको वसन्तचोक, पश्चिमबाट आउनेलाई चौबीसकोठी र उत्त...
सरकारी तलब भत्ता खाएकाले नदेखेको सडक मानव, मानवसेवा आश्रमले देख्यो

सरकारी तलब भत्ता खाएकाले नदेखेको सडक मानव, मानवसेवा आश्रमले देख्यो

ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौँ, माघ १६ सरकारी तलब र भत्ता खाएर विभिन्न संघ संस्थामा रहेर काम गर्नेले नेपालका सडकमा रहेका बेसहारा मानिस नदेखेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित मानवसेवा आश्रमको राष्ट्रिय उद्धार कार्यक्रम अन्र्तगतको मेची महाकाली यात्राको समापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् । भत्तावालाले नदेखे पनि विशुद्ध समाज सेवामा रहेका मानवसेवा आश्रमका स्वेयमशेवकले देखेर उद्धार गर्न समेत सफल भएको प्रधानमन्त्री ओलीले बताए । नेपालमा मानव उद्धारका लागि भनेर संचालनमा रहेका सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले मानव उद्धारमा उदासिनता देखाएको समेत प्रधानमन्त्री ओलीले बताएका छन् । सरकारले सडक मानव मुक्त नेपाल होला भनेर मौन बसिरहेको बेला उक्त अभियानले ६ सय जना मानिसको उद्धार गर्नुले पनि सरकारलाई त्यस क्षेत्रमा ध्यान...
लोकतन्त्र बचाउन राजनीतिक लडाई लड्दै छौं: प्रधानमन्त्री ओली

लोकतन्त्र बचाउन राजनीतिक लडाई लड्दै छौं: प्रधानमन्त्री ओली

ब्यानर समाचार, राजनिती
काठमाडौँ , माघ ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले जिम्मेवारीका साथ लोकतन्त्र बचाउन राजनीतिक लडाई लडिरहेको बताएका छन् । प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणालीलाई सहि बाटोबाट कुबाटोमा लैजान नदिने राजनीतिक लडाई लडिरहेको बताएका हुन् । प्रधानमन्त्री ओलीले आफुहरु आवेग र उत्तेजित नभएको बताउदै पेरिसडाँडामा जस्तो कालो झण्डा फहराउनेवाला नभएको र आफुहरु रातो झण्डा फहराउनेवालाहरु भएको बताए । आफ्नो गन्तव्यको बारेमा आफुहरु स्पष्ट रहेको बताउदै देशलाई विकासको बाटोमा लैजाने स्पष्ट बाटो अपनाएको उनले बताए । प्रधानमन्त्री ओलीले अहिले प्रचण्ड(नेपाल पक्षसँग आफु बाझ्ने पक्षमा नरहेको भन्दै अहिले विश्व तिब्र गतिमा बढेको र त्यो गतिलाई भेटाएर देश विकासमा ध्यानकेन्द्रित गर्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले भारतीय जीन्युजलाई दिएको अन्तर्वार...
प्रधानमन्त्री ओलीले दिए हिन्दी भाषामै भारतीय सञ्चार माध्यमलाई अन्तर्वार्ता  (भिडियोसहित)

प्रधानमन्त्री ओलीले दिए हिन्दी भाषामै भारतीय सञ्चार माध्यमलाई अन्तर्वार्ता (भिडियोसहित)

ब्यानर समाचार, राजनिती, समाचार, समाज
काठमाडौं, पुस २७ । । प्रतिनिधिसभा विघटनपछि देशमा राजनीतिक अन्यौलता बढेको छ। प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा चुनौती दिइएको छ भने सडकमा पनि विरोध भइरहेको छ। सत्तारुढ दल नेकपा यतिबेला दुई गुटमा विभाजित भइसकेको छ। र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणको मिति तय भइसकेको छ। यसैबीच यता प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय सञ्चार माध्यमलाई अन्तर्वार्ता दिएका छन्। प्रधानमन्त्री ओलीले भारतीय न्यूज च्यान जी न्यूजका लागि अन्तर्वार्ता दिएका हुन्। जी न्यूजका सम्पादक सुधीर चौधरीसँग प्रधानमन्त्री ओली हिन्दी भाषामै अन्तर्वार्ता दिएका छन्। प्रधानमन्त्री ओलीले भारतीय सञ्चार माध्यमलाई यस्तो बेला अन्तर्वार्ता दिएका छन् जतिबेला नेपालमा राजनीतिक संकट बढेको छ। चौधरी ती व्यक्ति हुन जसले नेपालले नयाँ नक्शा जारी गरेपछि नेपाल चीनको उकसाउमा लागेको बताएका थिए। त्यतिमात्र होइन आदिक...
प्रधानमन्त्री ओलीको आग्रह -पार्टी छोडेर जाने भगौडाहरुको कुरा नसुन्न होला

प्रधानमन्त्री ओलीको आग्रह -पार्टी छोडेर जाने भगौडाहरुको कुरा नसुन्न होला

ब्यानर समाचार, राजनिती
काठमाडौँ , पुस २४ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड-नेपाल पक्षलाई भगौडाको संज्ञा दिएका छन् । धनगढीमा आयोजित सुदूरपश्चिम स्तरीय जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीको बैठकमा नआएर सडकमा बसेर हामी यहाँ छौ भन्दै नाटक गरेको आरोप लगाएका छन् । हामीलाई गालीगलौज गर्न फुर्सद छैन भन्दै प्रधानमन्त्री ओलीले आफु देशको विकासमा लागेको बताएका छन् ।पार्टी छोडेर जाने भगौडाहरुको कुरा नसुन्न उनले सुदूरपश्चिमका पार्टी कार्यकर्तालाई आग्रह गरेका छन् । आफुलाई देशमा चाहिने आफैले उत्पादन गर्ने दिशामा सरकारले काम गरिरहेको बताउदै प्रधानमन्त्री ओलीले कृषिको विकासमा विशेष ध्यान दिने बताए ।प्रधानमन्त्री ओलीले कालापानी, लिपुलेक र लिम्पुआधुरालाई नेपालको नक्शामा समावेश गरेकोले नै अहिले राष्ट्रिय राजनीतिमा कोकोहोलो गरेको आरोप लगाएको उनले बताए । नक...
प्रधानमन्त्री ओली आज धनगढी जाँदै, पार्टीको जनसभालाई सम्बोधन गर्ने

प्रधानमन्त्री ओली आज धनगढी जाँदै, पार्टीको जनसभालाई सम्बोधन गर्ने

ब्यानर समाचार, राजनिती
काठमाडौँ, पुस २४ । प्रतिनिधिसभा विघटनपछि विभाजित नेकपाका दुवै समूहले आ(आफ्ना कार्यक्रमलाई तीव्रता दिएका छन् । ‘दाहाल-नेपाल’ समूहले प्रतिनिधिसभा विघटनको विरोधमा प्रदर्शन गर्दै आएको छ भने ओली समूहले निर्वाचनको तयारीमा जुट्न आग्रह गर्दै कार्यकर्ता भेला तथा प्रशिक्षणलाई निरन्तरता दिँदै आएको छ । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली आज धनगढी जाँदै छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा हुने जनसभालाई सम्बोधन गर्न उनी धनगढी जान लागेका हुन् ।प्रतिनिधिसभा विघटनपछि पहिलोपटक उपत्यका बाहिर निस्किएका ओलीले पार्टीको संस्थापन र आधिकारिक पक्ष आफूहरू रहेको सन्देश दिनेछन् । करिव ५० हजार कार्यकर्ता उतार्ने तयारीका साथ सदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी, वन तथा वातावर...
प्रधानमन्त्री ओली धनगढी आउँदै

प्रधानमन्त्री ओली धनगढी आउँदै

मुख्य समाचार, राजनिती
कैलालाी , पुस २० । प्रधानमन्त्री एवंम् नेकपा अध्यक्ष केपी शर्मा ओली धनगढी आउने भएका छन्। पुस २४ गते धनगढीमा आयोजना हुने जनसभालाई सम्बोधन गर्न ओली यहाँ आउन लागेको नेकपा सुदूरपश्चिमले जनाएको छ। नेकपा विभाजन भएपछि पहिलो पटक ओली समूहले आयोजना गर्ने जनसभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएका हुन्। प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि चुनाव घोषणापछि ओली जिल्ला तथा प्रदेश दौडाहमा लागेका छन्। सोही कार्यक्रम अनुसार धनगढीमा पनि जनसभा आयोजना गरिएको नेकपाले जनाएको छ।...
प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ भनेर कसले भन्यो ?  कुनै पनि हालतमा हुँदैनः प्रधानमन्त्री ओली

प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ भनेर कसले भन्यो ? कुनै पनि हालतमा हुँदैनः प्रधानमन्त्री ओली

ब्यानर समाचार, राजनिती
काठमाडौँ, पुस १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा प्रतिनिधिसभा पुनर्स्थापना नहुने बताएका छन् । आफू पक्षका काठमाडौं जिल्लाका कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद् कुनै पनि हालतमा पुनर्स्थापना नहुने दाबी गरेका हुन् । प्रधानमन्त्रीको अधिकार प्रयोग गरेर संसद विघटन गरिएको भन्दै ओलीले पुनर्स्थापना हुनै नसक्ने तर्क गरे । उनले धारा ७६ को उपधारा ७ अनुसार प्रतिनिधिसभा विघटनको सिफारिस गरेको बताए । उनले बेलायत र इजरायलको उदाहरण दिँदै आफूले गरेको संसद विघटन सही रहेको र स्वाभाविक भन्दै पुनर्स्थापना नहुने बताए ।उनले कार्यकर्ता संरक्षण गर्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले प्रतिनिधिसभा पुनर्स्थापनाको हल्ला फैलाएको आरोप समेत लगाए । ‘प्रतिनिधिसभा पुनर्स्थापना हुने कुरा कहाँबाट आयो रु कसले भन्यो पुनर्स्थापना हुन्छ भनेर रु पुनर्स्थापना...
विश्वका तिब्र आर्थिक वृद्धि गर्ने १० देशहरुमा नेपाल परेको छ : प्रधानमन्त्री ओली

विश्वका तिब्र आर्थिक वृद्धि गर्ने १० देशहरुमा नेपाल परेको छ : प्रधानमन्त्री ओली

आर्थिक, मुख्य समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष १७ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले उच्च आर्थिक वृद्धिदर हासिल गरेको दाबी गरेका छन् । काठमाडौँ जिल्ला कमिटीद्वारा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दुनिया विश्वका १० वटा देशहरु जसले तिब्र आर्थिक वृद्धि गरे त्यसमा नेपाल परेको बताएका छन् । उनले मानव विकास सूचकांकमा नेपालले राम्रो प्रगति गरेको बताए । प्रधानमन्त्री ओलीले भने, 'नेपालको प्रधानमन्त्रीको बाहिर चर्चा हुदैनथ्यो, भारतको हरेक प्रधानमन्त्री को छ भन्यो भने हरेकलाई कण्ठ छ । अन्तर्राष्ट्रिय मंचमा हाम्रो कुरा सुन्न थालिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले, चिनियाँ राष्ट्रपति सी जीङपीङले सम्बृद्ध नेपालको अभियानमा सघाउछौ भन्नु भयो तर प्रचण्ड र नेपालले समृद्ध नेपालको बारेमा शब्द पनि उच्चरण गरेनन् ।' प्रधानमन्त्री ओलीले देशमा अहिलेसम्म नभएको विकासका कम भएको भन्दै आफ्नै पार्टीक...
बालबालिकाको प्रधानमन्त्री ओलीलाई प्रश्न : कोरोनाविरुद्धको खोप कहिले आइपुग्छ ? पहिले जस्तो ढुक्क भएर विद्यालय जान कहिले पाउँछौँ

बालबालिकाको प्रधानमन्त्री ओलीलाई प्रश्न : कोरोनाविरुद्धको खोप कहिले आइपुग्छ ? पहिले जस्तो ढुक्क भएर विद्यालय जान कहिले पाउँछौँ

ब्यानर समाचार, समाचार
काठमाडौं, पुस १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोप ल्याउनका लागि सरकारले गम्भीरताका साथ तयारी गरिरहेको बताएका छन्। शुक्रबार बालुवाटारमा आयोजित बालबालिकासँग प्रधानमन्त्री कार्यक्रममा उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले छिट्टोभन्दा छिट्टै भ्याक्सिन ल्याउन विषयमा छलफल भइरहेको समेत जनाकारी दिए । नेपालीले कोरोनाको खोप कहिले पाउँछन्रु हामी कहिलेदेखि पहिलकै जस्तो ढुक्क भएर विद्यालय जान पाउँछौँ भन्ने विद्यार्थीको प्रश्नमा प्रधानमन्त्री ओलीले यस्तो जवाफ दिएका हुन्। उनले निजी क्षेत्रलाई पनि भ्याक्सिन ल्याउन अनुमति दिने र सरकारका तर्फबाट पनि छिटो ल्याउने गरी तयारी भएको बताए। ‘निजी क्षेत्रलाई पनि भ्याक्सिन ल्याउनका लागि अनुमति दिने र सरकारका तर्फबाट पनि छिटोभन्दा छिटो ल्याउने उनले उल्लेख गरे । सबैभन्दा पहिला फ्रन्टलाइनमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जेष्ठ नागर...