Friday, March 29
Shadow

दाहाल-नेपाल समूहलाई पार्टीमै फर्किन प्रधानमन्त्री ओलीको आग्रह


  • -इ
  • इ+

काठमाडौँ, फागुन ८ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले दाहाल(नेपाल समूहलाई पार्टीमै फर्किन आग्रह गरेका छन् ।

ओली समूहले शनिबार विराटनगरमा गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दाहाल(प्रचण्डहालै अझै केही नबिग्रिएको बताउँदै पार्टीमै फर्किन आग्रह गरेका हुन ।

उनले भने, ‘अझै म भन्न चाहान्छु, यो जनताको सागरमा मिसिनुहोस्, भिरबाट लड्न लागेको गोरुलाई राम–राम भन्न मात्र सकिन्छ, काँध नै थाप्न सकिन्न ।’ उनले ‘प्रचण्ड’लाई गलत बाटोमा हिँडेको आरोप समेत लगाए ।

उनले भने, ‘प्रचण्डजीको त मलाई माया लाग्छ । पहिले बैद्यसँग हुनुहुन्थ्यो, बैद्यबाट डाक्टर, डाक्टरबाट झाँक्रीमा हुनुहुन्छ । अब उनलाई झाँक्रीले बचाउन सक्दैनन् । उहाँ गलत बाटोमा हुनुहुन्छ । सिद्धिइसकेका प्रचण्डलाई मैले जुरो हाल्देको थिएँ, सिंङ हाल्देको थिए, लामो सिंङ भएपछि हामीलाई सिध्याउन खोज्नुभयो, आफैँ सकिएको पत्तो छैन ।’

उनले सरकार विकासको गतिमा दृढ रहेको बताए । दाहाल–नेपाल समूहलाई लक्षित गर्दै उनले भने, ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ ।’उनले केही मानिसहरु यो पार्टी सिध्याउनका लागि, नेपालबाट कम्युनिस्ट आन्दोलन सकाउन गुटको खेतीमा तल्लिन भएको आरोप लगाए ।

उनले भने, ‘उनीहरुले अस्ती केपी ओलीजी जनताको सभा हेर्न यता आउनुहोस् भनेर धाक लगाउँदै थिए, म भन्न चाहान्छु तपाईंहरु यता आउनुस् जनसभा हेर्न, आजको सभा कत्रो छ भन्ने ।’ यता गृहमन्त्री रामबहादुर थापाले प्रचण्ड र नेपाल समूह आतंकित र भयभित भएको बताएका छन् ।

नेकपा प्रदेश १ कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले केही मन्त्रीहरु आफूहरुसँग फर्किन लागेको भन्ने अभिव्यक्ति उनीहरुको आतंकित र भयभित मानसिकताको उपज भएको बताए ।  मन्त्री थापाले प्रचण्ड नेपाल समूहले गोयवल्स शैलीमा भ्रम फैलाएको आरोप लगाएका हुन् ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares