Friday, March 29
Shadow

Tag: प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीले भने- म अध्यक्ष छोडिदिन्छु, चुनाव गरौं

प्रधानमन्त्री ओलीले भने- म अध्यक्ष छोडिदिन्छु, चुनाव गरौं

ब्यानर समाचार, राजनिती, समाचार
काठमाडौँ , पुस १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अध्यक्षको चुनाव गराउने भए नेकपाको अध्यक्ष छोड्न तयार रहेको बताएका छन् । उनले अध्यक्षका लागि चुनाव गर्न पुष्पकमल दाहाल र माधवकुमार नेपाल तयार हुनुपर्ने बताए । आफू निकटका सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरूको भेलामा बुधबार ओलीले पार्टीभित्र आफू जहिले पनि निर्वाचित भएर आएको तर दाहाल र नेपालमा भने पार्टीभित्र निर्वाचनमा जान आँट नभएको बताए । उहाँहरू चुनावमा आउन तयार हुनुहुन्न । उहाँहरू अध्यक्ष मागिरहनुभएको छ । अध्यक्ष छोडिदिने हो, ठीक छ । आउनुस् न त चुनाव गरौं । म छोडिदिन्छु, चुनाव गरौं । चुनाव गर्न आँट गर्नुहुन्न, ओलीले भने । दाहाल र नेपालले सोझै अध्यक्ष दिनुपर्ने माग गरेको ओलीको भनाइ थियो । अध्यक्ष दाहाल पार्टीभित्र कहिल्यै पनि चुनाव नगरी नेतृत्वमा रहेको भन्दै ओलीले आफू जहिल्यै प्रतिस्पर्धाबाट पार्टीको नेता भएको बताए । उनले...
प्रचण्ड–नेपालका आकांक्षा पूरा हुन नदिने प्रधानमन्त्री ओलीको चेतावनी

प्रचण्ड–नेपालका आकांक्षा पूरा हुन नदिने प्रधानमन्त्री ओलीको चेतावनी

मुख्य समाचार, राजनिती
काठमाडौँ, पुस १५ । प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपालका आकांक्षा पूरा हुन आफूले नदिने चेतावनी पनि दिएका छन् । आज कार्की पार्टी प्यालेसमा आयोजित सुदूरपश्चिम प्रदेशका कार्यकर्ताको भेलामा ओलीले यस्तो चेतावनी दिएका हुन् । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालप्रति व्यंग्य गर्दै माधव नेपाल पुष्पकमल दाहाल प्रचण्डका मामुली कार्यकर्ता मात्रै भएको बताए । साथै उनले नेपाल प्रचण्डको द्वितीय अध्यक्ष नभई मामुली कार्यकर्ता भएको बताएका हुन्। प्रधानमन्त्री ओलीले आफूमाथि धेरै आरोप लगाए पनि आफूले नेपालमाथि कुनै कमेन्ट नै नगर्ने बताए। भेलालाई सम्बोधन गर्दैन ओलीले भने, ‘उहाँ (नेपाल) बारे मैले केही कमेन्ट गर्दिनँ। उहाँ दुःखी हुनुहुन्छ ।’ प्रधानमन्त्री ओलीले आफूसँग रहँदा सधैँ नगद सम्झौताको कुरा गरेपनि प्रचण्डसँग लागेर कार्यकर्तामात्रै बनेको...
हल्लाको पछि नलागी चुनावमा जुट्न प्रधानमन्त्री ओलीको निर्देशन , दुई-तिहाइ मत ल्याउने दाबी

हल्लाको पछि नलागी चुनावमा जुट्न प्रधानमन्त्री ओलीको निर्देशन , दुई-तिहाइ मत ल्याउने दाबी

ब्यानर समाचार, राजनिती
काठमाडौँ, पुस ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको तयारीमा जुट्न केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएका छन। बैशाख १७ र २७ गते हुने मध्यावधि निर्वाचनको मिति तय गरिएको छ । बालुवाटारमा भएको केन्द्रीय कमिटीको बैठकमा ओलीले सर्वोच्चले संसद पुनर्स्थापना गर्छ भन्ने हल्लाको पछि नलागी चुनावको तयारीमा जुट्न केन्द्रीय सदस्यहरुलाई निर्देशन दिए । उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी निर्वाचनमा दुई-तिहाइ मत ल्याउने दाबी समेत गरे । यसैबीच सैबीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समूहले आगामी मंसिर २ गते ९२०७८० मा गर्ने प्रस्ताव पारित गरेको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तोकेको हो।यसअधि नेकपाको महाधिवेशन चैतमा गर्ने तय भएको थियो।...
फेरी पनि घेराबन्दीमा पार्ने काम गरियो : प्रधानमन्त्री ओली

फेरी पनि घेराबन्दीमा पार्ने काम गरियो : प्रधानमन्त्री ओली

ब्यानर समाचार, राजनिती
काठमाडौं, पुष ६ प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राम्रो काम गर्न खोजेकै बेला आफूलाई घेराबन्दीमा पार्ने काम गरिएको बताएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले पहिलो सरकारको पालामा पनि आफूलाई यसैगरी घेराबन्दीमा पारिएको बताएका थिए । अहिले पनि घेराबन्दीमा पारिएको उनको टिप्पणी थियो ।...
बैशाख २३ गते आम चुनाव गर्ने प्रधानमन्त्री ओलीको तयारी

बैशाख २३ गते आम चुनाव गर्ने प्रधानमन्त्री ओलीको तयारी

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष ५ प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् । संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले २३ वैशाखमा चुनाव प्रस्ताव राखेका छन् । २९ वैशाखको विकल्पमा पनि छलफल भइरहेको स्रोतले जनाएको छ । यद्यपि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन र चुनाव घोषणाको सिफारिस अनुमोदन गर्न बाँकी छ।...
हिमालय क्षेत्रको महत्व चिन्न विश्व समुदायलाई प्रधानमन्त्री ओलीको आग्रह

हिमालय क्षेत्रको महत्व चिन्न विश्व समुदायलाई प्रधानमन्त्री ओलीको आग्रह

ब्यानर समाचार, मौसम, राजनिती, समाचार
काठमाण्डौँ, मंसिर २८ प्रधानमन्त्री केपी ओलीले हिमालयको महिमा बोध गर्न विश्व समुदायलाई आग्रह गरेका छन् । जलवायु महत्वाकांक्षा सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वव्यापी तापक्रम वृद्धि नियन्त्रण गर्न र समुन्द्रको पर्यावरणीय सन्तुलन कायम राख्न भन्दै यस्तो आग्रह गरेका हुन् । ‘विश्वव्यापी तापक्रम बृद्धि नियन्त्रण गर्न र समुद्रको पर्यावरणीय संन्तुलन कायम राख्न हिमालयको महिमा बोध गर्नका लागि म विश्वलाई आग्रह गर्दछु’, सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भने, ‘नेपालले यस वर्षको अन्त्यसम्ममा परिस्कृत एनडीसी प्रस्तुत गर्नेछ र सन् २०५० भित्र शून्यःप्राय कार्बन उत्सर्जनको परिदृश्यमा पुग्न महत्वाकांक्षी दीर्घकालीन रणनीति तर्जुमा गर्नेछ ।’ ओलीले कोरोना संकटको समयमा सम्मेलनको आयोजना गरेकोमा चिली, फ्रान्स, इटाली, संयुक्त अधिराज्य र संयुक्त राष्ट्र संघको नेतृत्वको सर...
प्रधानमन्त्री ओलीले गरे राप्रपा सांसद लिङ्देनलाई फोन

प्रधानमन्त्री ओलीले गरे राप्रपा सांसद लिङ्देनलाई फोन

ब्यानर समाचार, राजनिती, समाचार
काठमाडौ, मंसिर २६ प्रधानमन्त्री केपी शर्मा ओलीले राप्रपा सांसद राजेन्द्र लिङ्देनको स्वास्थ्य अवस्थाबारे चासो राखेका छन् । शुक्रबार बिहान लिङ्देनलाई फोन गरेर उनले शीघ्र स्वास्थ्य लाभको शुभकामनासमेत दिएका छन् । ओलीको फोन लिङ्देनका छोरा स्वाधीनले उठाएका थिए । उनका अनुसार फोनमा ओलीले कुनै समस्याबारे आफूलाई खबर गर्न भनेका छन्। लिङ्देनका स्वकीय सचिव छत्र कडायतका अनुसार हाल लिङ्देनको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । बिहीबार निमोनिया भएको पुष्टि भएपछि झापाको विएण्डसी अस्पतालबाट उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा ल्याइएको थियो । अक्सिजन लेभल कम भएकाले उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो । कडायतका अनुसार शुक्रबार बिहान लिङ्देनको अवस्था बुझ्न पार्टी अध्यक्षद्वय कमल थापा र प्रकाशचन्द्र लोहनीसमेत अस्पताल पुगेका छन् । कोरोनासँग मिल्दोजुल्दो लक्षण भएपनि केही दिन अघ...
कोभिडको खोप सर्वसुलभ र पहुँचायोग्य हुनुपर्छ : प्रधानमन्त्री ओली

कोभिडको खोप सर्वसुलभ र पहुँचायोग्य हुनुपर्छ : प्रधानमन्त्री ओली

ब्यानर समाचार, राजनिती, समाचार, स्वास्थ्य
काठमाण्डौँ, मंसिर १९ प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ विरुद्धको खोप सबै राष्ट्र तथा मानिसका लागि सर्वसुलभ र पहुँचयोग्य हुनुपर्ने बताएका छन्। कोभिड–१९ महामारी सम्बोधनार्थ संयुक्त राष्ट्रसंघीय महासभाको ३१ औं विशेष अधिवेशन’मा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, 'खोपहरु वास्तवमै विश्वव्यापी सार्वजनिक वस्तुका रुपमा सबै राष्ट्र तथा मानिसका लागि सर्वसुलभ र पहुँचयोग्य हुनुपर्दछ ।’ खोप सम्बन्धी सुखद् समाचारबाट प्रोत्साहित हुँदै गर्दा सबैका लागि खोपको उपलब्धताको विषय ठूलो अनिश्चितताको रुपमा देखापरेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘धनी र गरीब सबैका लागि खोपको पहुँच सुनिश्चित गर्नमा भइरहेको पहलकदमीको हामी सराहना गर्दछौं ।’ उनले खोपको विश्वव्यापी पहुँच सुनिश्चित नभएसम्म संसार महामारीबाट सुरक्षित नहुने बताए ।...
प्रधानमन्त्री ओली अब टिकटकमा पनि

प्रधानमन्त्री ओली अब टिकटकमा पनि

ब्यानर समाचार, मनोरञ्जन, राजनिती, समाचार, सुचना प्रविधि
काठमाण्डौँ, मंसिर १५ प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सेयरिङ एप टिकटकमा समेत उपस्थिति जनाएका छन्। आइतबार बनेको उनको एकाउन्ट भेरिफाइड समेत भइसकेको छ। ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रविधि विज्ञहरुसँग अकान्ट बनाउनेबारे छलफल भएको जानकारी दिए। 'अब यसमा पनि जाने भन्ने कुरा भएको थियो। आइटी विज्ञसँग कुराकानी भएको थियो,' उनले भने। हालसम्म एउटा भिडियो मात्रै अपलोड गरिएको छ भने भिडियोको भ्युज १ लाख बढी पुगिसकेको छ। १ सय १४ कमेन्ट, ५ हजार बढी लाइक र ८८ जनाले प्रधानमन्त्रीको भिडियो सेयर गरेका छन्। https://www.tiktok.com/@kpsharmaoli_official?referer_url=https%3A%2F%2Fpahilopost.com%2F&referer_video_id=6900199854916603137  ...