Friday, April 19
Shadow

‘देश चुनावतर्फ गयो, अब सबैकुराको फैसला चुनावले गर्छ ’: प्रधानमन्त्री ओली


  • -इ
  • इ+

काठमाडौं , माघ २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश चुनावतर्फ गएको बताएका छन् । शुक्रबार काठमाडौंमा भएको बृहत् जनसभालाई सम्बोधन गर्दैै उनले देश चुनावतर्फ गएको बताएका हुन्

उनले भने , ‘देश चुनावतर्फ गयो गयो, अब चुनावले सबैकुराको फैसला गर्छ ।’दाहाल–नेपाल समूहतर्फ संकेत गर्दै उनले प्रश्न गरे , ‘निर्वाचन नगर्नुचाहिँ लोकतन्त्र अरे, निर्वाचन गर्दा देश संकटमा पर्छ अरे, निर्वाचन गर्दा देश संकटमा पर्छ रु’

प्रधानमन्त्री ओलीले आफूहरूले अदालत र निर्वाचन आयोगलाई आग्रह गरेको भए पनि दाहाल–नेपाल समूहले धम्कयाएको आरोप लगाए ।उनले लिखित संविधान नभएको देश बेलायतको उदाहरण दिँदै प्रतिनिधिसभा विघटन संविधानसम्मत भएको जिकिर गरे । साथै ओलीले नेकपाको मूल पार्टी आफू नेतृत्वको नेकपा भएको बताएका छन् ।

उनले आफू नेतृत्वको पार्टी नै देशको मूल पार्टी पनि भएको दाबि गरे । आज नारायणीहिटीमा आयोजित सभामा आफू नेतृत्वकै पार्टी नै सक्कली भएको दाबि गरेका हुन् ।

नेपालमा आजको जस्तो ठूलो सभा इतिहासमा कहिल्यै नभएको भन्दै यो सभाबाट कुन पार्टी मूल पार्टी हो भन्ने टुंगो लागेको उनको दावी छ। प्रधानमन्त्री ओलीले जनतालाई हेर्ने सरकार भएको बताउदै जनतालाई ढुक्क हुन आग्रह गरे ।

साथै उनले सभालाई बिफल पार्न बिहीबार नेपाल बन्दको नाटक मंचन गरेर श्रमिक जनतालाई दुख दिएको बताए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares