Sunday, June 28
Shadow

पत्रकार विश्वकर्मा सम्मानित 


  • -इ
  • इ+

सुनसरी , पत्रकार सुबिन विश्वकर्मा सम्मानित भएका छन्। सुनसरीको बराहक्षेत्र नगरपालिकाले आफ्नो १८ औं नगर सभामा विश्वकर्मालाई नगदसहित सम्मान गरेको हो।

अहिले काठमाडौंमा रहेर पत्रकारिता गरिरहेका पत्रकार विश्वकर्मा रासस, उकेरा, सुत्रटिभी हुँदै नेपाल टाइम्समा कार्यरत छन्।

आर्थिक, सामाजिक, सांस्कृतिक लगायत समग्र विकासका गतिविधिलाई सञ्चार माध्यममार्फत जनतासम्म पुर्‍याउन भूमिका खेलेकोमा सम्मान गरिएको नगरपालिकाले जनाएको छ। किनभने मोफसलमा रहँदा उनले रेडिओ, अनलाइन पोर्टल, दैनिक पत्रीका गरि दर्जन बढी मिडियामार्फत् सुशासन र सामाजिक न्यायको लागि काम गरेका छन्। ७ वर्षअघि, भ्रष्टाचार, अनियमितता र बेथितिको विरूद्व कलम चलाउँदै गर्दा जनप्रतिनिधिद्वारा ‘अपहरण’मा परेपछि उनी चर्चामा आएका थिए।

नेपाल पत्रकार महासंघ सुनसरी जिल्ला कार्यसमिति सदस्य भइसकेका विश्वकर्मा बराहक्षेत्रकै ग्रामीण पत्रकार समूहका सचिव हुन्। करिब एक दशक पत्रकारिता गरेका उनले पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गरिरहेका छन्।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares