Sunday, May 24
Shadow

Month: December 2020

वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेलले गरे संसदीय दलका उपनेता र सचेतक पदमुक्त

वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेलले गरे संसदीय दलका उपनेता र सचेतक पदमुक्त

ब्यानर समाचार, राजनिती, समाचार
काठमाडौं, पुस १४ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा संसदीय दलका उपनेता र सचेतकलाई पदमुक्त गरेका छन् । आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा दाहाल–नेपाल समूहका ४५ जना सांसदको नेतृत्व गरेका उपनेता शालिकराम जम्कट्टेल र सचेतक बुद्धिमान माझीलाई संसदीय दलका नेतासमेत रहेको पौडेलले मंगलबार पदमुक्त गर्दै स्पष्टिकरण सोधेका छन् ।उनीहरुसहित ३० जना सांसदलाई स्पष्टिकरण सोधिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । ‘संसदीय दलको विधानअनुसार कारबाही गरिएको हो ।’, मुख्यमन्त्रीका प्रेस सल्लाहकार प्रकाश दाहालले आवश्यकताका आधारमा पहिलो चरणमा ३० जना सांसदहरुसँग स्पष्टिकरण सोधिएको बताए । पदमुक्त गरिएका दुवैजना तत्कालीन माओवादीको तर्फबाट प्रदेशसभा निर्वाचित भएका थिए । नेकपाको दाहाल–नेपाल समूहका प्रदेशसभा सदस्यले पुस १० गते शुक्रबार मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्त...
नेपाल र अमेरिकाबीच सम्बन्ध विकास गर्न काम गर्ने छु:  राजदूत खतिवडा

नेपाल र अमेरिकाबीच सम्बन्ध विकास गर्न काम गर्ने छु: राजदूत खतिवडा

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं , पुस १४ । अमेरिकाका लागि नेपालका राजदूत डा.युवराज खतिवडाले लगानी, सहयोग र प्रविधि हस्तान्तरणलाई केन्द्रमा राखेर नेपाल र अमेरिकाबीच सम्बन्ध विकास गर्ने बताएका छन् । मंगलबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुसँगको भेटमा पूर्वअर्थमन्त्री समेत रहनुभएका राजदूत खतिवडाले द्विपक्षीय लगानी, सरकारी सहयोग र प्रविधि हस्तान्तरणको विषयलाई केन्द्रमा राखेर नेपाल–अमेरिकाबीचको सम्बन्ध विकास गर्न काम गर्ने बताएका हुन् । नेपालको कुनैपनि उत्पादनलाई अमेरिका निर्यात गर्ने सम्बन्धमा हाल कायम रहेका केही प्रावधानहरुलाई परिवर्तन गर्नुपर्ने भएकाले त्यसको लागि पहल गर्न समेत व्यवसायीहरुलाई आग्रह गरे । आफू नेपाल र अमेरिकाबीच राजनीतिक रुपमा सद्भाव बढाउन प्रतिबद्ध रहेको पनि बताए । तर कुनैपनि देशको बौद्धिक सम्पत्तिको सुरक्षा गर्ने विषयमा नेपाल प्रतिवद्ध भए लगानी भित्र्याउन कुनै कठिनाई नहुने पनि प्रष्ट...
५ जिल्लामा कोरोना संक्रमितको संख्या शून्य,उपत्यकामा ५०० भन्दा बढी संक्रमित

५ जिल्लामा कोरोना संक्रमितको संख्या शून्य,उपत्यकामा ५०० भन्दा बढी संक्रमित

मुख्य समाचार, समाज, स्वास्थ्य
काठमाडौं, १४ पुस नेपालमा अब  काठमाडौंमा मात्र ५०० भन्दा बढी संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयद्वारा मंगलबार अपरान्हका  विवरणका अनुसार काठमाडौंमा २९४२ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । संक्रमण शून्य रहेका जिल्लाहरुमा महोत्तरी, सर्लाही, सिराहा, मुगु र रुकुम पश्चिम रहेका छन् ।नेपाल मंगलबारसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १८४० पुगेको छ भने ६ हजार २९६ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । कतिपय जनस्वास्थ्य विज्ञहरुले सरकारले पछिल्लो समय परीक्षणको दर नै घटाएकोले पनि संक्रमितको संख्या तीव्ररुपमा घटेको तर्क गरिरहेका छन् ।...
पछिल्लो २४ घण्टामा मुलुकभर ८ जनाको कोरोनाको कारणा मृत्यु, कति पुगे संक्रमित?

पछिल्लो २४ घण्टामा मुलुकभर ८ जनाको कोरोनाको कारणा मृत्यु, कति पुगे संक्रमित?

ब्यानर समाचार, मुख्य समाचार, समाज, स्वास्थ्य
काठमाडौं, पुस १४ नेपाल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभर छिल्लो २४ घण्टामा ६ हजार १ सय ३५ जनाको पीसीआर गरिएकामध्ये ७ सय ८ जनाको नतिजा पोजेटिभ आएको छ । पछिल्लो २४ घण्टामा मुलुकभर ८ जनाको कोरोनाको कारणा मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा १ हजार ८ सय ४० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा मंगलबारसम्म जम्मा संक्रमितको संख्या २ लाख ५९ हजार ५ सय ४८ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ७ सय ३१ जना निको भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या २ लाख ५१ हजार ३ सय १२ पुगेको छ । हालसम्म क्वारेन्टिनमा ३ सय ६५ जना छन् भने ६ हजार ३ सय ९६ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।...
 प्रधानमन्त्रीका  विरुद्ध लड्न जनताको साथ आवस्यक रहेकाले सडकमा आए: प्रचण्ड

 प्रधानमन्त्रीका विरुद्ध लड्न जनताको साथ आवस्यक रहेकाले सडकमा आए: प्रचण्ड

ब्यानर समाचार, राजनिती
काठमाडौं, पुस १४ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  प्रधानमन्त्रीले गरेका अत्याचार विरुद्ध लड्न जनताको साथ आवस्यक रहेकाले आफ्नो पार्टी सडकमा आएको बताएका छ्न। आज भएको बिरोध प्रदर्शनमा बोल्दै प्रचण्डले सडकमा आउने नसोचेर नै  बताएका उनले तीन वर्षमै केपी ओलीको प्रतिगमनकारी कदमविरुद्ध सडकमा आउने नसोचेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि व्यवहारिक रुपमा विभाजित भइसकेको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले विरोध सभा गरेको हो। अन्य प्रमुख दलले समेत मुलुकभर प्रदर्शन गरिरहेका छन।...
ओलीले पार्टीका नीति बिर्सिएर एकलौटी ढंगले सरकार चलाए: नेता खनाल

ओलीले पार्टीका नीति बिर्सिएर एकलौटी ढंगले सरकार चलाए: नेता खनाल

ब्यानर समाचार 2, राजनिती
काठमाडौं, पुस १४ आज भएको बिरोध प्रदर्शनमा बोल्दै सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता झलनाथ खनालले बालुवाटार पुगेकै दिनदेखि केपी शर्मा ओलीले पार्टीका नीति बिर्सिएर एकलौटी ढंगले सरकार चलाएको आरोप लगाएका छन। दाहाल–नेपाल समूहका अध्यक्ष उनले केपी ओली निरंकुश बनेको समेत आरोप लगाए। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि व्यवहारिक रुपमा विभाजित भइसकेको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले विरोध सभा गरेको हो। अन्य प्रमुख दलले समेत मुलुकभर प्रदर्शन गरिरहेका छन।...
ओलीको सत्ता सडकबाट ढाल्ने संयोजक अष्टलक्ष्मी शाक्यकाे चेताबनी

ओलीको सत्ता सडकबाट ढाल्ने संयोजक अष्टलक्ष्मी शाक्यकाे चेताबनी

ब्यानर समाचार, मुख्य समाचार, राजनिती
काठमाडौं, पुस १४ नेकपा नेपाल दाहाल–नेपाल समुहका स्थायी समितिका सदस्य एबं बाग्मती प्रदेश संयोजक अष्टलक्ष्मी शाक्यले केपी ओलीको सत्ता सडकबाट ढाल्ने चेताबनी दिनु भएको छ । आज भएको बिरोध प्रदर्शनमा बोल्दै शाक्यले ओलीले संघीय गणतन्त्रमाथी धाबा बोल्नु भएको भन्दै लोकतान्त्रीक अधिकार खोस्ने काम गर्नै ओलीलाई जनताले दण्डित गर्ने बताइन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि व्यवहारिक रुपमा विभाजित भइसकेको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले विरोध सभा गरेको हो। अन्य प्रमुख दलले समेत मुलुकभर प्रदर्शन गरिरहेका छन।...
संविधान र लोकतन्त्र विरोधीलाई असफल गर्नकाे लागी  जनता संघर्ष गर्न तयार छन: नेता श्रेष्ठ

संविधान र लोकतन्त्र विरोधीलाई असफल गर्नकाे लागी जनता संघर्ष गर्न तयार छन: नेता श्रेष्ठ

Uncategorized, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती, समाचार, समाज
काठमाडौं, पुस १४ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता नारायणकाजी श्रेष्ठले ओलीको असंवैधानिक र प्रतिगामी कदम विरुद्ध जनता सडकमा ओर्लिएको बताएका छन। नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० प्रचण्ड नेपाल समूहले राजधानीमा विरोध सभा सभामा सम्बोधन गर्दै नेता श्रेष्ठले सोहि बताएका हुन। साभामा बोल्दै उनले संविधान र लोकतन्त्र विरोधीलाई असफल गर्न जनता संघर्ष गर्न तयार रहेको समेत बताए। श्रेष्ठले आफूहरुको विरोध सभा शान्तिपूर्ण र मर्यादित हुने भन्दै आफूहरुको संघर्षमा घुसपैठ हुन सक्ने उनले बताए। त्यसैले सभा र प्रदर्शन विरुद्ध हुने षड्यन्त्र विरुद्ध सचेत हुनुपर्ने उनले बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि व्यवहारिक रुपमा विभाजित भइसकेको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले विरोध सभा गरेको हो। अन्य प्रमुख दलले समेत मुलुकभर प्रदर्शन गरिरहेका छन।...
उखुको भुक्तानी माग्न आएका  किसानको मृत्यु, के थियाे कारण?

उखुको भुक्तानी माग्न आएका किसानको मृत्यु, के थियाे कारण?

ब्यानर समाचार, समाज
काठमाडौं, पुस १४ उखुको भुक्तानी माग्न आएका उखु किसानको मृत्यु भएको छ। रोतहट जिल्ला धनकौल गाउँपालिका छोटौलका नारायण राय यादवले काठमाडौं स्थित गंगालाल हृदयरोग अस्पतालमा मृत्यु भएको हो। उनलार्य ब्रेन ह्याम्ब्रेज भएको थियो। उनी हिजो नै गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका थिए। उनको मंगलबार निधन भएको हो। साेमबार सरकारले र उखु किसानबिच ४ बुदे  सहमति भएको भएकाे थियाे ।...
प्रचण्ड-नेपाल समूहकाे बिराध प्रदर्शन जारि,कती ठाँउबाट निकालियाे जुलुुस?

प्रचण्ड-नेपाल समूहकाे बिराध प्रदर्शन जारि,कती ठाँउबाट निकालियाे जुलुुस?

ब्यानर समाचार 2, राजनिती, समाज
काठमाडौं, पुस १४ नेकपाको प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनविरुद्ध प्रदर्शन गरिरहेको छ । जसअन्तर्गत काठमाडौंमा १३ ठाउँबाट जुलुस निकालिएको छ । नेकपाका दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको नेतृत्वको जुलुस यतिबेला भृकुटीमण्डपबाट भद्रकाली हुँदै सुन्धारातर्फ लागेको छ । उक्त जुलुस पुन: भृकुटीमण्डप फर्कनेछ । अन्य विभिन्न ठाउँबाट निकालिएको जुलुस पनि भृकुटीमण्डपमा कोणसभा परिणत हुनेछ। जुलुसमा प्रचण्ड-नेपालले सम्बाेधन गर्ने छन।...