Thursday, April 25
Shadow

पछिल्लो २४ घण्टामा मुलुकभर ८ जनाको कोरोनाको कारणा मृत्यु, कति पुगे संक्रमित?


  • -इ
  • इ+

काठमाडौं, पुस १४

नेपाल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभर छिल्लो २४ घण्टामा ६ हजार १ सय ३५ जनाको पीसीआर गरिएकामध्ये ७ सय ८ जनाको नतिजा पोजेटिभ आएको छ ।

पछिल्लो २४ घण्टामा मुलुकभर ८ जनाको कोरोनाको कारणा मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा १ हजार ८ सय ४० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा मंगलबारसम्म जम्मा संक्रमितको संख्या २ लाख ५९ हजार ५ सय ४८ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ७ सय ३१ जना निको भएका छन् ।

योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या २ लाख ५१ हजार ३ सय १२ पुगेको छ । हालसम्म क्वारेन्टिनमा ३ सय ६५ जना छन् भने ६ हजार ३ सय ९६ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares