Friday, April 19
Shadow

५ जिल्लामा कोरोना संक्रमितको संख्या शून्य,उपत्यकामा ५०० भन्दा बढी संक्रमित


  • -इ
  • इ+

काठमाडौं, १४ पुस

नेपालमा अब  काठमाडौंमा मात्र ५०० भन्दा बढी संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयद्वारा मंगलबार अपरान्हका  विवरणका अनुसार काठमाडौंमा २९४२ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

संक्रमण शून्य रहेका जिल्लाहरुमा महोत्तरी, सर्लाही, सिराहा, मुगु र रुकुम पश्चिम रहेका छन् ।नेपाल मंगलबारसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १८४० पुगेको छ भने ६ हजार २९६ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

कतिपय जनस्वास्थ्य विज्ञहरुले सरकारले पछिल्लो समय परीक्षणको दर नै घटाएकोले पनि संक्रमितको संख्या तीव्ररुपमा घटेको तर्क गरिरहेका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares