Monday, May 25
Shadow

Month: December 2020

नयाँ भाइरस :  प्रतिबन्धले बेलायतमै अड्किए नेपाली

नयाँ भाइरस : प्रतिबन्धले बेलायतमै अड्किए नेपाली

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, पुस १५ । भरतपुरका डा। सुभाष रेग्मी बेलायतमा एकवर्षे अध्ययन सकेर क्रिसमसकै दिन डिसेम्बर २५ मा नेपाल फर्किने तयारीमा थिए। हवाई टिकट लिइसकेका डा। रेग्मीले सय पाउन्ड तिरेर पीसीआर परीक्षण पनि गराइसकेका थिए। तर, बेलायतबाट जानेलाई नेपालमा अचानक प्रतिबन्ध लगाइएपछि उनी बेलायतमै अलपत्र बनेका छन्। यहाँको चेस्टर विश्वविद्यालयबाट मास्टर्स इन अर्थोपेडिक्सको कोर्स पूरा गरेका हाडजोर्नी तथा नसा रोग विशेषज्ञ रेग्मीले अन्नपूर्णसँग भने, ‘नेपाल जान त पाइनँ नै, पीसीआर परीक्षणमा बुझाएको सय पाउन्डसमेत व्यर्थ भयो। टिकट पनि स्थगन भएपछि अहिले ओपनमा राखेको छु।’ बेलायतमा आफू बस्दै आएको घरको सम्झौता पनि यही डिसेम्बर अन्त्यमा सकिने उनले बताए। त्यसपछि कहाँ बस्ने भन्ने चिन्ताले उनलाई सताएको छ। ‘जनवरी १ पछि के गर्ने ?  अझै अन्योलमा छु’, उनले भने। आफूजस्तै अलपत्र परेका नेपालीका लागि नेपाल सरकारले विशे...
आज उधौली र तमु ल्होसार पर्व मनाइँदै

आज उधौली र तमु ल्होसार पर्व मनाइँदै

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, पुस १५ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बूहरूको चासोक तङ्नाम धुमधामसँग मनाइँदैछ । तीन दिनअघि शुरु भएको पर्वको पहिलो दिन लिम्बूहरुले चासोक तङ्नाम पर्व मनाएका थिए भने आज संयुक्तरूपमा सबैले उधौली सकेला अर्थात् किरात पर्व मनाउँछन् । किरात संस्कृतिका बारेमा अनुसन्धानरत कीर्तिकुमार दुमी राई किराँतभित्रका जातजातिले यो पर्वलाई फरक फरक नाम दिए पनि समग्रमा उधौलीका नामले चिनिने बताउँछन् । किरात समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम भन्छन् । बाली लगाउने बेलामा भने किराँत जातिमा उभौँली अर्थात् यावा पर्व मनाइने प्रचलन छ । भूमि पूजाका लागि बिहानैदेखि कि...
आफूलाई नेदरल्याण्डको नागरिक बताउँदै ४२ लाख ठगी :  १९ वर्षीया युवतीसहित दुई पक्राउ

आफूलाई नेदरल्याण्डको नागरिक बताउँदै ४२ लाख ठगी : १९ वर्षीया युवतीसहित दुई पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस १४ ।  गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वी रुकुम घर भई हाल काठमाडौँको कीर्तिपुर बस्ने २२ वर्षीय सन्तोष श्रेष्ठ र सोही ठाउँकी १९ वर्षीया आशा श्रेष्ठ रहेका छन् । उनीहरुलाई काठमाडौँको सुन्धाराबाट पक्राउ गरी आवश्यक कारवाहीका लागि आज महानगरीय प्रहरी परिसर काठमाडौँमा बुझाएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । उनीहरुले नक्कली आइडी खोली आफूलाई नेदरल्याण्डको नागरिक बताउँदै पीडितलाई साथी बनाएर झण्डै रु ४२ लाख ठगी गरेको भनी उजुरी परेको महाशाखाले जनाएको छ । थापाका अनुसार आफू नेपाल घुम्न आउने, विवाह गर्ने, बहुमूल्य सामान, आइफोन सुनका गरगहना तथा डलरसमेत पठाइ दिने लोभ देखाएर ठगी गरेको खुल्न आएको छ । उनीहरुले दीपक किशोर श्रेष्ठ र सन्तोष श्रेष्ठको बैंक खातामा तथा आइएमइमार्फत रु ४२ लाख ठगी गरेको प्रहरीले जनाएको ...
मौसम परिवर्तन हुँदा मानिस किन धेरै बिरामी हुन्छन् ?  यस्तो छ कारण

मौसम परिवर्तन हुँदा मानिस किन धेरै बिरामी हुन्छन् ? यस्तो छ कारण

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौं , पुस १४ । जाडो सकिएर गर्मी लाग्दा वा मौसम परिवर्तनका अन्य समयमा धेरैजनालाई रुघामर्की वा खोकी र भाइरल बिरामी लाग्छ । किन यसो हुन्छ त ?  हामी आज यसका बारेमा बताउनेछौं । तापक्रममा परिवर्तन आएपछि अनेकथरीका भाइरस उब्जिन्छन् । अनि यिनै भाइरसले मानिसलाई बिरामी बनाउँछन् । राइनोभाइरस र कोरोनाभाइरसले मानिसलाई गर्मी र जाडोमा मानिसलाई बिरामी बनाउन मुख्य भूमिका निर्वाह गर्छन् । यो इन्फ्लुएन्जा एकदम छिटो फैलिन्छ र मानिसलाई रुघाखोकी तथा बिमारी लगाउँछ । यस्ता परिस्थितिमा मानिसलाई पूर्ण रूपमा सामञ्जस्य मिलाउन गाह्रो पर्छ । रोगप्रतिरोधात्मक क्षमता कमजोर भएका मानिस यस्ता रोगको छिट्टै शिकार हुन पुग्छन् । बहिरी तापक्रम बदलिँदा शरीरको रोगप्रतिरोधात्मक क्षमता आफैं घट्दै जान्छ । यसैले मानिसलाई छिट्टो बिरामी बनाउँछ । मौसम परिवर्तन हुँदा टाउको दुख्ने, ज्वरो आउने, खोकी लाग्ने र थकावट हुने स...
आमालाई बलात्कार गर्ने छोरालाई जन्मकैदको फैसला

आमालाई बलात्कार गर्ने छोरालाई जन्मकैदको फैसला

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस १४ । आमालाई जबर्जस्ती करणी गरेको अभियोगमा छोरालाई तनहुँ जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ । तनहुँको बन्दीपुर गाउँपालिकाका ३१ वर्षीय पुरुषलाई जिल्ला न्यायाधीश वासुदेव पौडेलको इजलासले जन्मकैदको फैसला गरेको हो । ती पुरुषलाई हाडनाता करणीमा जन्मकैद र जबर्जस्ती करणीमा नौ वर्ष कैदको फैसला भएको जिल्ला श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए । ४७ वर्षीया महिलालाई छोराले विगत केही वर्षदेखि जबर्जस्ती करणी गर्दै आएका थिए । मादकपदार्थ सेवन गरी जबर्जस्ती करणी गर्दै आएकामा सहन नसकेपछि ती महिलाले प्रहरीमा उजुरी दिएकी थिइन् ।...
सडकमा चर्किदै आन्दोलन , कोरोनाको संक्रमण झन् फैलिने खतरा

सडकमा चर्किदै आन्दोलन , कोरोनाको संक्रमण झन् फैलिने खतरा

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, पुस १४ । प्रतिनिधिसभा विघटन भएसँगै मुलुकको राजनीति तरल बनेको छ ।प्रतिनिधिसभा विघटन गर्ने सरकारी कदमविरुद्ध प्रतिपक्षी दलदेखि विभाजित सत्तारुढ नेकपाको एक समुह सडक आन्दोलनमा छ । प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै नेकपाको प्रचण्ड–ओली समूहले मङ्गलबार काठमाण्डौ सहित देशका धेरै ठाउँमा शक्ति प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटन गरेसँगै अहिले राजधानी लगायत देशका विभिन्न ठाँउमा सरकार विरुद्ध प्रदर्शन भइरहेको छ। सरकार विरोधी यी प्रदर्शन अझै चर्कंदै जाने देखिन्छन। विभिन्न राजनीतिक दलहरूले आयोजना गर्ने यस्ता प्रदर्शनमा हजारौँको सहभागिता देख्न सकिन्छ।राजधानीका सडकदेखि गाउँपालिकासम्म दैनिकजसो प्रदर्शन भईरहेका छन् ।यी प्रदर्शनमा न त कुनै सावधानी छ, न मास्कको प्रयोग, न त सामाजिक दुरी र जनस्वास्थ्यको मापदण्ड नै। यसले कोरोना भाइरसको संक्रमण झन् फैलिने खतरा बढेको छ। वेलायत, अमेरिका लगाए...
कस्तो अनौठो नियम :  गाउँभर जुत्ता लाउन नपाइने, पाएमा कठोर सजाय

कस्तो अनौठो नियम : गाउँभर जुत्ता लाउन नपाइने, पाएमा कठोर सजाय

अचम्मका कुरा, समाज
के तपाई कहिल्यै जुत्ता चप्पल बिना कतै जान सक्नु हुन्छ?  पक्कै सकिदैन किनकी भुईको चिसो तातो वा खुट्टाले किल्चन सक्ने बस्तुको कारण हामी चप्पल लगाउँछौ । तर भारतको एक गाउँमा भने जूत्ताचप्पल नलगाउँने परम्परा छ । यदि कसैले भुलवश लगाएको पाएमा उनीहरु सजायको भागिदार हुन्छन् । भारतको तमिलनाडुको मदुराईबाट करीब २० किलोमिटरको दूरीमा रहेको एक गाँउमा जुत्ताचप्पल नलगाउने परम्परा छ । कलिमायन नामक यस गाँउमा सयौं र्षदेखि जुत्ताचप्पल लगाउन नपाउने नियम छ । यहाँ जुत्ताचप्पल लगाएको देखेमा स्थानीय रिसाउने र सजाय दिने गर्दछन् । कतिसम्म भने अभिभावक नै साना बालबालिकालाई समेत जूत्ताचप्पल लगाउन मनाही गर्दछन् । जुत्ताचप्पल नलगाउने परम्पराको पछाडि अनौठो कारण छ । खासमा त्यस गाउँमा अपाच्छी नामक देवताको सदियौंदेखि पूजा हुदैं आएको छ । उनीहरु अपाच्छी देवताले नै उनीहरुको रक्षा गर्ने मान्यता राख्दछन् । उनै देवताप्रति...
पद वा स्वार्थका लागि नभई संविधानको रक्षाका लागि आन्दोलन :  नेता रावल

पद वा स्वार्थका लागि नभई संविधानको रक्षाका लागि आन्दोलन : नेता रावल

ब्यानर समाचार, मुख्य समाचार, राजनिती
काठमाडौँ, पुस १४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता भीम रावलले अहिलेको विरोध संविधानको रक्षाका लागि भएको बताएका छन । नेकपा कैलालीले आज प्रतिनिधिसभा विघटनको विरोधमा धनगढीमा आयोजना गरेको कार्यक्रममा उनले विरोध पद वा स्वार्थका लागि नभई नेपालको संविधानको रक्षाका लागि भएको बताए । नेता रावलले दृढ अठोटका साथ अविलचित भएर अगाडि बढ्न नेता तथा कार्यकर्तालाई आग्रह गरे ।उनले नेकपाको बहुमत सचिवालय, बहुमत स्थायी कमिटी रहेको जिकिर गरे । नेता रावलले भने, “केन्द्रीय कमिटी मात्र नभई सातै प्रदेशका अत्यधिक कार्यकर्ता र जनता पनि छन्, विश्वासका साथ अगाडि बढ्नुहोला ।” यस्तै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० कुनै पनि हालतमा फुट्न नहुने बताएका छन् । नेकपाले जिल्ला सदरमुकाम सिलगढीमा आज आयोजना गरेको सभामा मुख्यमन्त्री भट्टले पार्टीमा फुट गरेर कसैलाई ...
भारतमा ६ जनामा नयाँ कोरोना भाइरस पुष्टि, सबै उडानमाथि प्रतिबन्ध

भारतमा ६ जनामा नयाँ कोरोना भाइरस पुष्टि, सबै उडानमाथि प्रतिबन्ध

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं, पुस १४ । भारतमा बेलायतबाट फर्किएका ६ जनामा नयाँ प्रकारको कोरोना भाइरस भेटिएको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिले कोरोनाको नयाँ भेरियन्ट भेटिएका सबैलाई आइसोलेसनमा राखिएको छ । उनीहरुको निकट सम्पर्कमा आएकाहरुलाई पनि क्वारेन्टिनमा राखिएको छ । भारतले बेलायतमा कोरोनाको नयाँ प्रकार देखिएसँगै बेलायतबाट आउने सबै उडानमा रोक लगाएको छ । तर, नोभेम्बरको अन्तिम यता प्रतिबन्ध लाग्नुपूर्व बेलायतबाट भारतमा ३३ हजार यात्रुहरु आएका थिए । बेलायतबाट आएकामध्ये ११४ जनामा कोरोना संक्रमण देखिएको थियो । संक्रमण देखिएका मानिसहरुको नमुनामा नयाँ भेरियन्टको पहिचान गर्ने काम भइरहेको स्वास्थ्य मन्त्रालयले बताएको छ । बेलायतमा हुने सबै उडानमाथि प्रतिबन्ध लगाएको छ । नयाँ भेरियन्ट देखिएसँगै सतर्कता बढाइएको स्वास्थ्य मन्त्रालयले बताएको छ । भारतले जनवरीबाट मुलुकमा कोरोना खोप कार...
सात लाख ३३ हजार भातीय रुपैयाँसहित दुई जना पक्राउ

सात लाख ३३ हजार भातीय रुपैयाँसहित दुई जना पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, पुस १४ । सशस्त्र प्रहरी टोलीले धनुषा जिल्लाको नगराईन नगरपालिका–२ जटही स्थित सीमा ईलाकाबाट सात लाख ३३ हजार भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा जनकपुर उपमहानगरपालिका–४ बस्ने ५८ वर्षीया पुष्पदेवी ठाकुर र २९ वर्षीय अजितकुमार ठाकुर छन्। उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट नगराईनबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित भारतीय रुपैयाँ फेला परेपछि पक्राउ गरिएको हो। पक्राउ परेकाहरुलाई बरामद भारतीय रुपैयाँसहित आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको छ।  ...