Wednesday, April 24
Shadow

Month: December 2020

कस्तो अच्चमः यी १८ वर्षका युवक भए प्रेग्नेन्ट, कोखमा ४ महिनाको बच्चा !

कस्तो अच्चमः यी १८ वर्षका युवक भए प्रेग्नेन्ट, कोखमा ४ महिनाको बच्चा !

अचम्मका कुरा
काठमाडौं , पुस १२६ ।  के तपाईले कहिल्यै पुरुष गर्भवती बनेको खबर सुन्नु भएको छ ?  बेलायतमा एउटा अनौठो घटना सार्वजनिक भएको छ । आमा सबैले बन्न सक्दैनन् र आमा बन्नु महिलाको लागि विशेष क्षण हो । किनभने उनीहरुको भित्र आफ्नै अंश बढीरहेको हुन्छ । बेलायतका १८ वर्षीय एक पुरुष प्रेग्नेन्ट भएका छन् । उनको कोखमा ४ महिनाको बच्चा बढीरहेको छ । उनको नाम मिके चनेल रहेको छ भने उनी बेलायतको बोस्टन शहरमा बस्छन् । उनको शरीरमा फिमेल रिप्रोडक्टिभ सिस्टम रहेको छ । जसका कारण उनले गर्भाएधारण गरेका छन् । उनको जन्म पुरुषको रुपमा भएपनि उनको सबै व्यवहार महिलाको जस्तो थियो । तपाईलाई यो सुन्दा र पढ्दा अच्चम लाग्यो होला है ।  ...
सूर्य चिन्ह कस्को ? मन्त्री श्रेष्ठ भन्छन्- ओली पक्ष वैधानिक भएकाले हामीले नै पाउँछौँ

सूर्य चिन्ह कस्को ? मन्त्री श्रेष्ठ भन्छन्- ओली पक्ष वैधानिक भएकाले हामीले नै पाउँछौँ

मुख्य समाचार, राजनिती
काठमाडौँ, पुस १६ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले नेकपा माओवादी केन्द्रसंगको एकता नफापेको बताएका छन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौं क्षेत्र नं ९ ले बिहीबार गरेको अगुवा कार्यकता भेलामा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । पार्टी एकताले आफ्ना राजनीतिक गतिविधिहरुलाई ‘पेण्डुलम’ बनाएको उनले बताए । उनले पार्टी एकताले पार्टीका राजनीतिक गतिविधि जाम भएको उल्लेख गर्दै अब भने राजनीतिक गतिविधिमाथि कसैले अंकुश लगाउन नसक्ने बताए । नेकपा ओली पक्ष वैधानिक भएको दाबी गर्दै मन्त्री श्रेष्ठले सूर्य चिन्ह आफ्नो समूहले पाउने जिकिर गरे ।मन्त्री श्रेष्ठले प्रचण्ड(माधव नेपालले सूर्य चिन्ह पाएको खण्डमा भीम रावल र नारायणकाजी श्रेष्ठले सो चुनाव लडन नपाउने जिकिर गरे । मन्त्री श्रेष्ठले आफ्नो घरमा बसेका डेरावालले घरवेटीलाई निकाल्ने कुरा युक्तिसंगत नभएको बताउदै...
सशस्त्र प्रहरीका ६ एसएसपी डीआईजी बढुवाका लागि सिफारिस

सशस्त्र प्रहरीका ६ एसएसपी डीआईजी बढुवाका लागि सिफारिस

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस १६ । सशस्त्र प्रहरीका ६ एसएसपी डीआईजी बढुवाका लागि सिफारिस भएका छन्।बिहीबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले रिक्त ६ डीआईजीका लागि सिफारिस गरेको हो। एसएसपी कमल गिरी, गणेशबहादुर ठाडामगर, अभि कुमार खत्री, कुलबहादुर नेम्वाङ, दुर्गाप्रसाद भट्टराई र शम्भु सुवेदी डीआईजीका लागि सिफारिस भएका छन्। गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा रहेको तीन सदस्यीय बढुवा समितिले मंसिर २७ गतेदेखि रिक्त दरबन्दीमा बढुवा गर्न सिफारिस गरेको हो। डीआईजीहरु अनिवार्य अवकासमा गएपछि दरबन्दी रिक्त भएको थियो। डीआईजीहरु नगेन्द्र थापा, राजेन्द्र बस्नेत, कृष्णभक्त ब्रम्हाचार्य, हरिशंकर बुढाथोकी, हरिशचन्द्र अधिकारी र कविन्द्रमान श्रेष्ठ अवकास भएका थिए। बढुवा सिफारिस उपर चित्त नबुझ्नेले ७ दिन भित्रमा उजुरी सुन्ने समितिमा उजुरी दिन सक्ने बढुवा समितिका सदस्य सचिव एआईजी पुष्पराम केसीले बताए...
नेता पौडेलको आरोप -ओलीले देशलाई अफगानिस्तानजस्तो बनाउन खोजे

नेता पौडेलको आरोप -ओलीले देशलाई अफगानिस्तानजस्तो बनाउन खोजे

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं, पुस १६ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अफगानिस्तान जस्तो बनाउन खोजेको आरोप लगाएका छन् । ४५ औं राष्ट्रिय मेलमिलाप दिवस अवसरमा पोखरामा बिहीबार आयोजित कार्यक्रमा बोल्दै कांग्रेस वरिष्ठ नेता पौडेलले यस्तो आरोप लगाएका हुन् । जनताको थलो प्रतिनिधि सभा भङ्ग गरेर ओलीले देशलाई अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको अखडा बनाइ अफ्गानिस्तानजस्तो बनाउन लागेको उनको आरोप छ । प्रतिनिधि सभा भङ्ग गरेर अन्तर्राष्ट्रिय खिचतानीको भुमरीमा देशलाई पार्न खोजेको आरोप उनले लगाए । साथै उनले ओलीमा चुनाव गराउने मनसाय नभएको र देशलाई निरंकुशतातर्फ सरकार अगाडि बढाउँदै आफू शासक बन्नका खोजेको बताए ।  ...
पतिको भाग्य बदलिन सक्छ पत्नीले यी काम गर्दा !

पतिको भाग्य बदलिन सक्छ पत्नीले यी काम गर्दा !

टिप्स
काठमाडौं, पुस १६ । हिन्दू शास्त्रमा पत्नीलाई पतिको अर्धाङ्गनी मानिएको छ । पत्नीको भाग्यको पतिको भाग्यमा पनि निकै ठूलो प्रभाव परेको हुन्छ । त्यसैले भनिन्छ कि विवाह पछि कुनै पनि व्यक्तिको भाग्यमा ठूलो परिवर्तन आउन सक्छ । तर, सबैको हकमा यस्तै हुनुपर्छ भन्ने छैन । कसैकसैको चाहिँ यसले झन् नराम्रो प्रभाव पारेको पनि हुनसक्छ । यदि कसैको विवाहपछि पनि भाग्य चम्किएको छैन भने यस्ता उपाय अपनाउन सकिन्छ जसले मानिसको जीवनमा ठूलो परिवर्तन ल्याउँछ । भारतका पण्डित शिवकुमार शर्माले पनि त्यस्ता उपाय सुझाएका छन् जसका कारण पतिको भाग्यमा पत्नीका कारण परिवर्तन आउन सक्छ । -शास्त्रमा स्त्रीलाई लक्ष्मीको दर्जामा राखिएको छ । उनलाई लक्ष्मी स्वरुप मानिने गरिएको छ । त्यसैले स्त्रीले विहान सधैं पूजापाठ गर्नु राम्रो हुन्छ । यसले पतिको जीवनमा पनि ठूलो परिवर्तन ल्याउने विश्वास गरिन्छ । -घरमा महिलाले विहान उठे...
भारतमा थप ५ जनामा नयाँ  कोरोना संक्रमण पुष्टि

भारतमा थप ५ जनामा नयाँ कोरोना संक्रमण पुष्टि

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं, पुस १६ । विश्व नै कोरोना भाइरसबाट त्रसित भइरहेका बेला फेरि अर्को भाइरस आएको छ । यसले आमजनमासमा अज त्रास जमाएको छ । यता भारतमा थप पाँच जनामा नयाँ स्वरुपको कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो परीक्षणमा थप पाँच जनामा संक्रमण पुष्टि भएको जनाएको हो । योसँगै भारतमा कोभिडका नयाँ सङ्क्रमितहरुको संख्या कम्तीमा पनि २५ जना पुगेको जनाइएको छ । उनीहरुलाई स्वास्थ्य सुविधा रहेको आइसोलेसन वार्डमा राखिएको बताइएको छ ।यो भाइरस बेलायतबाट शुरु भएको हो । कोेभिड १९ को यो नयाँ स्वरुपको भाइरस सबैभन्दा पहिला बेलायतमा भेटिएको हो । बेलायतमा देखिएको यो नयाँ भाइरसपछि बेलायतमाथि विश्वका दर्जनौँ देशहरुले यात्रा प्रतिबन्ध लगाएका छन् । भारत सरकारले पनि गत हप्तामात्र बेलायतबाट भारतमा र भारतबाट बेलायतमा हुने हवाई उड्ययनमा प्रतिबन्ध लगाएको छ ।...
किन गइरहेको छ झ्याप झ्याप बत्ती  ? प्राधिकरणले गर्यो यस्तो खण्डन

किन गइरहेको छ झ्याप झ्याप बत्ती ? प्राधिकरणले गर्यो यस्तो खण्डन

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं , पुस १६ । पछिल्लो समय काठमाडौं उपत्यकामा झ्याप झ्याप बत्ती गइरहेको छ । यसरी बेला बेला बत्ती जाादा नेपाल विद्युत प्राधिकरणको आलोचना भइरहेको छ ।यता पछिल्लो समय बत्ती जाने समस्या बढेपछि भइरहेको आलोचनाबारे प्राधिकरणले विज्ञप्ति मार्फत खण्डन गरेको छ । प्राधिकरणले आफ्नो स्पष्टिकरण पेश गर्दै लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको स्पष्ट पारेको छ । भारत्वहन क्षमता भन्दा बढी विद्युत् प्रवाह हुँदा केही समय विद्युत् प्रसारण तथा आपूर्तिमा भएको अवरोध लोडसेडिङ नभएको प्राधिकरणको प्रष्टोक्ति छ । प्राधिकरणले यस्तो अवरोध न्यूनीकरण एवं निराकरण गर्न प्राधिकरण सक्षम र प्रयासरत रहेको जनाएको छ । प्राधिकरणले कहीं कतै प्राविधिक कारणले विद्युत कटौती हुनुलाई लोडसेडिङ भन्न नमिल्ने भन्दै विज्ञप्तिमार्फत् आफ्नो बचाउ पनि गरेको छ ।प्राधिकरणले लोडसेडिङ अन्त्य भइसकेको अवस्थामा फेरि दोहोर्‍याउनुपर्ने आवश्यकता...
माघ १५ देखि सबै पालिकामा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुने

माघ १५ देखि सबै पालिकामा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुने

ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौ , पुस १६ । निर्वाचन आयोगले आउँदो माघ १५ देखि २१ गतेसम्म सबै पालिकाको केन्द्रमा मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रम सञ्चालन गर्ने भएको छ । यहि पुस ५ गतेसम्म १८ वर्ष उमेर पुगेकाहरुको अन्तिम नामावली तयार गर्न मतदाता नामावली अद्यावधिक गर्न लागिएको आयोगले जनाएको छ । मतदाता नामावली अद्यावधिक गर्ने अवधिभर पालिकाको केन्द्रमा गएर कुनै त्रुटी भए सच्याउन आयोगले आग्रह गरेको छ । यस्तै झुठो विवरण दिई कसैले नामावलीमा नाम समावेश गरेको भए यसै अवधिमा त्यसविरुद्ध उजुरी दिन पाइने छ । आयोगले सबै पालिका, राजनीतिक दल, नागरिक समाज, पत्रकार तथा सबै सरोकारवालालाई मतदाता नामावली अद्यावधिक कार्यक्रम सफल बनाउन सहयोग गरिदिन आग्रह गरेको छ ।...
राष्ट्रियसभा बैठक शुक्रबारदेखिः सम्भावित कार्यसूची तय

राष्ट्रियसभा बैठक शुक्रबारदेखिः सम्भावित कार्यसूची तय

ब्यानर समाचार, राजनिती
काठमाडौं , पुस १६ ।राष्ट्रियसभा बैठक शुक्रबारदेखि सुरु हुने भएको छ । यसका .लागि राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले शुक्रबार बस्ने राष्ट्रियसभा बैठकको सम्भावित कार्यसूची तय गरेको छ । बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले शुक्रबार दिउँसो ४ बजे बस्ने राष्ट्रियसभाको पहिलो बैठकको सम्भावित कार्यसूची तय गरेको हो । बैठकमा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको पत्र राष्ट्रियसभा अध्यक्षले पढेर सुनाउने, मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइनेछ । त्यस्तै राष्ट्रियसभाका अध्यक्षबाट जारी भएको राष्ट्रियसभाका समितिहरुको गठनसम्बन्धी आदेश २०७७ अनुमोदनका लागि पेस हुनेछ भने अधिवेशनको पहिलो बैठक भएको हुनाले संसदीय दलका नेताहरुले मन्तव्य राख्ने कार्यसूची छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्(काम, कर्तव्य, अधिकार र कार्यव...
१८ किलो अफिमसहित तीन पक्राउ

१८ किलो अफिमसहित तीन पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, पुस १६ । प्रहरीले १८ किलो लागुऔषध अफिमसहित तीन जनालाई पक्राउ गरेको छ ।१८ किलो ५०० ग्राम अफिमसहित छुट्टाछुट्टै ठाउँबाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको हो । पक्राउ पर्नेमा भूमे गाउँपालिका–३ झुङ्लाबाङका ३४ वर्षका ताराप्रसाद श्रेष्ठ, सिस्ने गाउँपालिका–४ अमलाचौरका ५८ वर्षका मन्सराम खत्री र भूमे–३ झुङ्लाबाङ घर भई वडा नम्बर २ खाबाङमा बस्दै आएका २१ वर्षका हिक्मत पुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख गजुसिद्धि बज्राचार्यले बताए । ताराप्रसाद र मन्सरामलाई यही पुस १४ गते सिस्ने–६ को छिप्रीदहस्थित होटेलबाट १३ किलो अफिमसहित पक्राउ गरिएको हो । अफिमको कारोवार भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा प्रहरी निरीक्षक दिपेन्द्र बाँनियाको नेतृत्वमा गएको टोलीले उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रमुख बज्राचार्यले बताए । उनीहरु दुई जनालाई पक्राउ गरेपछि अनुसन्धान गर्दै जाँदा ता...