Friday, December 3
Shadow

नेपाल र अमेरिकाबीच सम्बन्ध विकास गर्न काम गर्ने छु: राजदूत खतिवडा


  • -इ
  • इ+

काठमाडौं , पुस १४ । अमेरिकाका लागि नेपालका राजदूत डा.युवराज खतिवडाले लगानी, सहयोग र प्रविधि हस्तान्तरणलाई केन्द्रमा राखेर नेपाल र अमेरिकाबीच सम्बन्ध विकास गर्ने बताएका छन् ।

मंगलबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुसँगको भेटमा पूर्वअर्थमन्त्री समेत रहनुभएका राजदूत खतिवडाले द्विपक्षीय लगानी, सरकारी सहयोग र प्रविधि हस्तान्तरणको विषयलाई केन्द्रमा राखेर नेपाल–अमेरिकाबीचको सम्बन्ध विकास गर्न काम गर्ने बताएका हुन् ।

नेपालको कुनैपनि उत्पादनलाई अमेरिका निर्यात गर्ने सम्बन्धमा हाल कायम रहेका केही प्रावधानहरुलाई परिवर्तन गर्नुपर्ने भएकाले त्यसको लागि पहल गर्न समेत व्यवसायीहरुलाई आग्रह गरे । आफू नेपाल र अमेरिकाबीच राजनीतिक रुपमा सद्भाव बढाउन प्रतिबद्ध रहेको पनि बताए । तर कुनैपनि देशको बौद्धिक सम्पत्तिको सुरक्षा गर्ने विषयमा नेपाल प्रतिवद्ध भए लगानी भित्र्याउन कुनै कठिनाई नहुने पनि प्रष्ट पारे ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा उत्पादन हुने बस्तुलाई अमेरिका निर्यात गर्ने वातावरण निर्माण गर्न आग्रह गरे । अहिले अमेरिकाले नेपालबाट ७७ किसिमका वस्तुहरु लैजाने भन्ने रहेको तर ती बस्तुहरु नेपालमा उत्पादन नहुने भएकाले निर्यात नबढेको बताउनुभयो । नेपालको गार्मेन्ट उत्पादनलाई अमेरिकी बजारमा लैजान सके राम्रो हुने भएकाले त्यसमा पहल गर्न समेत आग्रह गरे ।

कार्यक्रममा व्यवसायीहरुले अमेरिकी लगानीसँगै प्रविधिलाई समेत नेपालमा भित्र्याउन पहल गर्न आग्रह गरेका छन् । नेपालको कृषि उत्पादनलाई गुणस्तरीय बनाई निर्यात बढाउन आवश्यक प्रविधि भित्र्याउने विषमा ध्यान दिनुपर्नेमा व्यवसायीहरुले जोड दिएका छन् ।

"Interview Nepal!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्