Tuesday, March 19
Shadow

Uncategorized

नेपाल तरुण दल काठमाडौ जिल्ला सचिव द्वारा क्रीसमस नमनाउन अनुरोध

नेपाल तरुण दल काठमाडौ जिल्ला सचिव द्वारा क्रीसमस नमनाउन अनुरोध

Uncategorized
नेपाल तरुण दलका काठमाडौ जिल्ला सचिवले आफ्नो फेसबुक वालमा क्रीसमस जबर्जस्ती मनाउने कार्य नगर्न स्कुल तथा अन्य संस्था हरुलाइ आह्वान गर्नु भएको छ । उहाहालाइ हामीले नेपाल त धर्म निरपेक्ष देस हो तपाइले यस्तो भन्न मिल्छ ! भनेर फोन सम्पर्क गर्दा उहाले भन्नुभयो यहाँ स्कुल र केही संस्थाले विभिन्न अफवाह र प्रलोभनमा धर्म परिवर्तन गराउने र सनातन धर्म कम्जोर बनाउदै नेपाल र नेपालिको संस्कार र संस्कृति माथी नै गम्भीर क्षति पुर्‍याउने कार्य हुन गैरहेकोले यस्तो कार्य नगाराउन म सचेत छु र सचेत गराउछु भन्नुभयो । हामीले थप प्रस्न गर्‍यौ , तपाईंको पार्टी ले त यसो भन्दैन त तपाइँको पार्टीले तपाईंलाइ कार्वाही गर्दैन भन्दा उहाले भन्नू भयो हामी यो धर्मको बिषयमा पार्टीमा छलफल गरेर सनातनी धर्म सापेक्ष हुनुपर्छ भनेर संघर्ष गर्छौ र कार्यान्वयन गराउछौ ।  ...
‘आयाराम’हरुको कब्जामा एमालेको समानुपातिक सूची

‘आयाराम’हरुको कब्जामा एमालेको समानुपातिक सूची

Uncategorized, ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ ४४ सिट हात पारेको नेकपा एमालेले समानुपातिकतर्फ ३२ सिट पाएको छ । सोहीअनुसार निर्वाचन आयोगलाई ३२ जनाको नाम सिफारिस गरेको छ । शनिबार एमालेले २२ महिला र १२ पुरूषको नाम निर्वाचन आयोगलाई बुझाइसकेको छ । एमालेले बुझाएको समानुपातिक सांसदको सूचीमा पार्टीमा योगदान गरेकाहरुभन्दा पनि भर्खरै प्रवेश गरेकाहरू प्राथमिकतामा परेको देखिन्छ । एमालेले बुझाएको समानुपातिक सूचीमा करिव १९ प्रतिशत अर्थात भर्खरै एमाले प्रवेश गरेका ६ जनाको नाम परेको छ । शनिबार च्यासलमा सम्पन्न सचिवालय बैठकले भर्खरै पार्टी प्रवेश गरेका ६ जनाको नाम समेट्दै ३२ जनाको सूची निर्वाचन आयोगलाई बुझाएको हो । यसरी, एमाले प्रवेश गरेलगत्तै समानुपातिकबाट सांसद बन्न पाएकाहरूमा एकानाथ ढकाल, देवीप्रसाद भट्टचन, हेमराज राई, गंगाप्रसाद यादव, अमृतलाल रावजंशी र अमृता अग्रहरी रहेका छन् । एकनाथ ढ...
अध्यादेश !! आमनिर्वाचनमा बहुमत प्राप्त गर्न नकसेपछि पाँचदलीय गठबन्धनको बहुमत जुटाउने उद्देश्य

अध्यादेश !! आमनिर्वाचनमा बहुमत प्राप्त गर्न नकसेपछि पाँचदलीय गठबन्धनको बहुमत जुटाउने उद्देश्य

Uncategorized, ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौँ — मन्त्रिपरिषद्ले ‘राजनीतिक पृष्ठभूमि’ जोडिएका मुद्दा जुनसुकै अदालतमा विचाराधीन भए पनि फिर्ता लिन सकिने व्यवस्थासहितको अध्यादेश राष्ट्रपति कार्यालय पठाएको छ । निर्वाचन सकिएर नयाँ जनादेश प्राप्त सरकार गठन नहुँदै शेरबहादुर देउवा नेतृत्वको कामचलाउ सरकारले मधेस आन्दोलन, टीकापुर घटना, नेत्रविक्रम चन्द समूह र सीके राउत समूहका नेता/कार्यकर्ताविरुद्ध विचाराधिन मुद्दा फिर्ता लिने तयारी गरेको हो । आमनिर्वाचनमा बहुमत प्राप्त गर्न नकसेको पाँचदलीय गठबन्धनले बहुमत जुटाउने उद्देश्यले अध्यादेशमार्फत कानुन संशोधन गर्न लागेको हो । तर यही सरकारले टिकापुर तथा मधेस आन्दोलनका क्रममा आन्दोलनकारी तथा राज्यपक्षबाट भएका घटनाको सत्यतथ्य पत्ता लगाउन सर्वोच्चका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन अहिलेसम्म सार्वजनिक गरेको छैन । सरकारले टिकापुर घटनासहित समग्र मधेस आन...
एमाले उम्मेदवारको घरमा पसेर १५ जनाको समूहद्वारा परीवारका सबै सदस्यमाथि खुकुरी प्रहार

एमाले उम्मेदवारको घरमा पसेर १५ जनाको समूहद्वारा परीवारका सबै सदस्यमाथि खुकुरी प्रहार

Uncategorized, निर्वाचन विशेष, ब्यानर समाचार 2, मुख्य समाचार
कैलाली जिल्लाको गोदावरी नगरपालिका ६ बडेहा भन्ने स्थानमा एमालेका वडाध्यक्षका उम्मेदवारसहित उनका सबै परीवार सदस्यमाथि खुकुरी प्रहार भएको छ । कैलालीको गोदावरी नगरपालिका – ६ अध्यक्षका लागि नेकपा (एमाले)को तर्फबाट उम्मेदवार उम्मेदवार जग्गु चौधरीले आफूसहित ५ परीवार सदस्यमाथि खुकुरी प्रहार भएको जनाएका छन् । बुधबार साँझ खना खाएर बसिरहेको अवस्थामा १५ जनाको समूहमा आएका नेपाली काँग्रेसका कार्यकर्ताले एक्कासी सबै परीवारका सदस्यहरुमाथि खुकुरी प्रहार गरेको नेकपा एमाले कैलालीले जनाएको छ । उनीहरु बसिरहेको अवस्थामा घरभित्रै पसेर आक्रमण गरेको वडाध्यक्षका उम्मेदवार स्वयम चौधरीले समेत बताएका छन् । खुकरी प्रहारबाट वडाध्यक्षका उम्मेदवार चौधरी जग्गु चौधरीकी छोरी २३ वर्षीया लक्ष्मी चौधरी, भाइ विन्तीराम चौधरी, भाइ बुहारी बसन्ती चौधरी, भतिजा रविन चौधरी र दिपक कठायत घाइते भएका छन् । उनीहरुको हाल अत्तर...
पर्यटकको नयाँ गन्तव्य: गिडिदह

पर्यटकको नयाँ गन्तव्य: गिडिदह

Uncategorized, ब्यानर समाचार 2, समाचार
आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनको सम्भावना बोकेको जुम्लाको तातोपानी गाउँपालिका ४ स्थित गिडिदहसमुद्र सतहदेखि तीन हजार चार सय ८२ उचाइमा यो रहेको छ । सो दहको प्रचारप्रसारदेखि पूर्वाधार निर्माणमा राज्यको नजर पुग्न नसकेको गुनासो गरिएको छ । गिडिदहको प्रचारप्रसारका लागि पहिलो पटक सरकारी टोली पुगेर फर्किएको छ । गिडिदहको वास्तविक अवस्था र पर्यटकीय प्रवद्र्धन गर्न तातोपानी गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, इञ्जिनीयर, स्थानीयवासी तथा पत्रकारको टोली पुगेर फर्केको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाइले जानकारी दिनुभयो ।“सरकारी टोली र पत्रकार सहितको सहभागितामा गिडिदहमै सम्मेलन गरेका छौँ”, उहाँले भन्नुभयो । तालको हालसम्म लम्वाइ, चौडाइ र गहिराईसमेत नाप्न नसकिएको अध्यक्ष चौलागाईंले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष चौलागाईंले गिडिदहमा प्रस्तुत गर्नुभएको घोषणापत्रबारे जानकारी दिँदै तालको विक...

मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो

Uncategorized, दुर्घटना, ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौँ:  गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ । मनास्लु आधारशिविरमा हिमपहिरो गएको र सो घटनामा १२ जना घाइते भएको  जानकारी प्राप्त भएको छ ।  घाइतेमध्ये तीनजनाको अवस्था गम्भिर रहेको र ६ जना सामान्य घाइते भएको पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले बताउनुभयो । मनास्लु हिमाल आरोहण गरेर फर्कने क्रममा एक विदेशी नागरिक सम्पर्कविहिन भएको पनि उहाँले जानकारी दिनुभयो । हिमपहिरोमा परेकाको उद्धारका लागि काठमाडौँबाट तीनवटा हेलिकोप्टर पठाइएको छ । यद्यपि, मौसम खराबीका कारण घटनास्थलमा अवतरण हुन नसकेको र हेलिकोप्टर गोरखाको सामागाउँमा अवतरण गरेको जनाइएको छ । मनास्लु हिमपहिरोमा परेकाको उद्धारका लागि जानुभएका मिङ्मा शेर्पाले मौसम खराबीका कारण उद्धारमा कठिनाइ भएको जानकारी दिनुभयो । गोरखाको सामागाउँमा तीन वटा हेलिकोप्टरसहित शेर्पा टोली तयारी अवस्थामा रहेको उहाँले जानकारी दिनु...
नेपालको मूल कानुन :संविधानमा सीमित कृषि र किसान

नेपालको मूल कानुन :संविधानमा सीमित कृषि र किसान

Uncategorized, कृर्षि, ब्यानर समाचार 2
काठमाडौँ : नेपालको पहिलो संविधान जारी भएको ४६ वर्ष पछिका संविधानले कृषि उत्पादनलाई जोड दिएको इतिहास छ । ‘नेपाल सरकार वैधानिक कानून’ का नामबाट जारी नेपालको पहिलो संविधान २००४ सालमा बनेको हो । यो संविधान २००५ वैशाख १ गतेदेखि लागू भएको थियो । पञ्चायती व्यवस्थाको अन्त्यपश्चात् जारी ‘नेपाल अधिराज्यको संविधान– २०४७’ को भाग ४ को धारा २६ को उपधारा (५) मार्फत पहिलो पटक कृषि उत्पादन बढाउन संविधानले प्रष्ट बोलेको छ । संविधानको उक्त उपधाराले–“राज्यले उत्पादकत्व बढाई कृषिमा आधारित अधिकांश जनताको आर्थिक उन्नति हुने अवस्थाको सिर्जना गर्ने र भूमिसुधार कार्यक्रम सञ्चालन गरी कृषिलाई उद्योगका रुपमा विकास गर्नेछ”, उल्लेख छ । संविधानका जानकारले संविधानलाई मूल कानूनकारुपमा व्याख्या गरेका छन् । जब मुलुकमा खाद्यान्नको अभाव देखिन थाल्यो तब मात्र संविधान बोलेको पाइयो । विसं २०३५ सम्म नेपालले खाद्यान्न निर्यात...
भोजपुरमा पशुको कृत्रिम गर्भाधान सेवा सुरु

भोजपुरमा पशुको कृत्रिम गर्भाधान सेवा सुरु

Uncategorized, कृर्षि, ब्यानर समाचार 2, समाचार
काठमाडौँ-यहाँ पहिलोपटक पशुचौपायाको कृत्रिम गर्भाधान (फार्टिलाइजेसन) सेवा सुरुआत गरिएको छ । नश्ल सुधार गरेर पशुलापनमा संलग्न किसानको आयआर्जनमा वृद्धि गर्ने लक्ष्यले सो सेवा सुरु गरिएको हो । यहाँका धेरै किसान पशुपालनमा लागेका भए पनि गाई र भैँसीको नश्ल राम्रो नहुँदा सोचेजस्तो आम्दानी लिन नसकिरहेको जनाइएको छ । पशुको नश्ल सुधार गरेर मासु तथा दूध उत्पादन वृद्धि गर्ने उद्देश्यले पहिलोपटक निःशुल्क कृत्रिम गर्भाधान सेवाको सुरुआत गरेको भोजपुर नगरपालिकाका भेटेरेनरी शाखाका प्रमुख सन्तोष कटुवालले जानकारी दिनुभयो । पशुको वंशाणु विकास गरेर पशुपालक किसानलाई थप लाभान्वित बनाउन कृत्रिम गर्भाधान गर्न सुरु गरिएको नगरपालिकाले जनाएको छ । किसानका गोठमा पुगेर गर्नुपर्ने अवस्थामा भने सामान्य यातायात खर्च लाग्ने कृषि शाखाले जनाएको छ । जिल्लाका अन्य आठ स्थानीय तहमा पनि यसै वर्षदेखि कृत्रिम गर्भाधान सेवा सञ्चाल...
‘अर्थतन्त्रका  सूचकलाई बलियो बनाउनुपर्छ ’ : न्यायाधीश सिन्हा

‘अर्थतन्त्रका सूचकलाई बलियो बनाउनुपर्छ ’ : न्यायाधीश सिन्हा

Uncategorized, ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौँ- सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाले देश विकासका लागि अर्थतन्त्रका साना–साना सूचकलाई बलियो बनाउँदै जानुपर्ने बताउनुभएको छ । नेपाल बार एशोसिएशन र नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आर्थिक पत्रकारलाई दिएको साताव्यापी व्यावसायिक कानुनसम्बन्धी तालिमको समापनमा उहाँले नेपालले खुला अर्थतन्त्रको नीति अवलम्बन गरेको स्मरण गराउँदै देशलाई दिगो विकासमा लैजान अर्थतन्त्रलाई थप चलायमान बनाउनुपर्ने धारणा राख्नुभयो । अर्थतन्त्रका स–साना विषयले देश, समाज विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यस विषयमा सबै सचेत हुनुपर्ने आवश्यकता न्यायाधीश सिन्हाले औँल्याउनुभयो । अर्थतन्त्रमा हरेक शब्द–शब्दको गहिरो अर्थ हुने गरेको उल्लेख गर्नुहुँदै त्यसको अर्थ बुझ्न सकिएन भने अर्थको अनर्थ लाग्ने उहाँले बताउनुभयो । कार्यक्रममा एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले कानुन व्यवसायी...
श्रीलङ्कामा रेमिटेन्स बढ्यो

श्रीलङ्कामा रेमिटेन्स बढ्यो

Uncategorized, अन्तर्राष्ट्रिय, आर्थिक, ब्यानर समाचार 2
काठमाडौँ– श्रीलङ्काली श्रम तथा वैदेशिक रोजगारसम्बन्धी मन्त्री मानुषा नानायक्काराले विदेशिएका श्रीलङ्कालीहरुबाट प्राप्त रेमिटेन्सले आर्थिक सङ्कटमा परेको देशमा राहात मिलेको बताउनुभएको छ । उहाँले उनीहरुबाट पठाइएको रेमिटेन्स रकम अगष्ट महिनासम्ममा ३२ करोड ५० लाख अमेरिकी डलर पुगेको पनि जानकरी दिनुभएको प्राप्त समाचारमा जनाइएको छ । उहाँले वैदेशिक रोजगारीमा गएका श्रीलङ्कालीबाट प्राप्त भएको रेमिटेन्स रकम पछिल्ला दिनमा बढ्दो रहेको भन्दै यसबाट वैदेशिक मुद्राको खाँचो परेको देशमा सहज भएको बताउनुभयो । उहाँले गत जुलाई महिनाको तुलनामा अगष्ट महिनामा रेमिटेन्स रकम १४.६ प्रतिशतले बढेको पाइएको जानकारी दिनुभएको हो । उहाँले रेमिटेन्स रकम पठाउने व्यक्तिहरुलाई विशेष धन्यवाद दिनुभएको छ । देश आर्थिक सङ्कटमा परेका बेला विदेश पुगेका नागरिकहरुबाट प्राप्त रेमिटेन्स रकमका लागि विशेष धन्यवाद छ– मन्त्री नानकायराले भन...