Friday, April 19
Shadow

संविधान र लोकतन्त्र विरोधीलाई असफल गर्नकाे लागी जनता संघर्ष गर्न तयार छन: नेता श्रेष्ठ


  • -इ
  • इ+

काठमाडौं, पुस १४

नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता नारायणकाजी श्रेष्ठले ओलीको असंवैधानिक र प्रतिगामी कदम विरुद्ध जनता सडकमा ओर्लिएको बताएका छन।
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० प्रचण्ड नेपाल समूहले राजधानीमा विरोध सभा सभामा सम्बोधन गर्दै नेता श्रेष्ठले सोहि बताएका हुन।

साभामा बोल्दै उनले संविधान र लोकतन्त्र विरोधीलाई असफल गर्न जनता संघर्ष गर्न तयार रहेको समेत बताए।

श्रेष्ठले आफूहरुको विरोध सभा शान्तिपूर्ण र मर्यादित हुने भन्दै आफूहरुको संघर्षमा घुसपैठ हुन सक्ने उनले बताए। त्यसैले सभा र प्रदर्शन विरुद्ध हुने षड्यन्त्र विरुद्ध सचेत हुनुपर्ने उनले बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि व्यवहारिक रुपमा विभाजित भइसकेको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले विरोध सभा गरेको हो।
अन्य प्रमुख दलले समेत मुलुकभर प्रदर्शन गरिरहेका छन।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares