काठमाडौं, पुस १४
नेकपाको प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनविरुद्ध प्रदर्शन गरिरहेको छ ।
जसअन्तर्गत काठमाडौंमा १३ ठाउँबाट जुलुस निकालिएको छ । नेकपाका दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको नेतृत्वको जुलुस यतिबेला भृकुटीमण्डपबाट भद्रकाली हुँदै सुन्धारातर्फ लागेको छ ।
उक्त जुलुस पुन: भृकुटीमण्डप फर्कनेछ । अन्य विभिन्न ठाउँबाट निकालिएको जुलुस पनि भृकुटीमण्डपमा कोणसभा परिणत हुनेछ।
जुलुसमा प्रचण्ड-नेपालले सम्बाेधन गर्ने छन।