काँग्रेस नेता शेरचनको सक्रियतामा चार लाख मुल्यको स्वास्थ्य सामाग्री हस्तान्तरण
काठमाण्डौँ, जेठ १२
बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका निम्ती करिब चारलाख रुपैयाँ मूल्य बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरीएको छ । कोभिड १९ रोकथाम र व्यवस्थापनका निम्ती नेपाल ह्यारीटेज च्यारीटी फाउन्डेशन अफ विसी क्यानडाका अध्यक्ष देवेन्द्र मल्लको आर्थिक सहयोग तथा नेपाली काँग्रेसका नेता जित शेरचन र काठमान्डौमा वस्दै आउनुु भएका समाजसेवी विपिन मल्लको सक्रियतामा खरिद गरीएको स्वास्थ्य सामाग्रि नगरप्रमुख देवकुमार नेपाली र स्वास्थ्य कर्मिको रहोभरमा नेता जित शेरचनले स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।
कोभिड १९ व्यवस्थापनमा तत्काल आवस्यक पर्ने अक्सिजन कन्सन्टेटर मेशिन ३ थान, अक्सिमिटर २५ पिस, माक्स चार हजार पिस, सेनिटाईजर २० लिटर, सिटामोट ८ सय स्टिक र आइसोलेशनका निम्ती १५ थान तन्दा गरी करिब चारलाख रुपैयाँको स्वास्थ्य सामाग्रि हस्तान्त्रण गरीएको शेरचनले बताउनु भयो । अझैपनी स्...









