Wednesday, April 24
Shadow

१२ गते नुवाकोटमा रक्तदान कार्यक्रम हुने


  • -इ
  • इ+

रामेश्वर गजुरेल,नुवाकोट
”रक्तदान जिवनदान ” नुवाकोट ,रसुवा ,र धादिङ तथा काठमाडौंमा रहेका विरामीहरुलाई स्वत स्फुर्त रुपमा आफ्नो अमुल्य रगत दान गरेर धेरै जनाको जिवन वचाउने जुझारु व्यक्तिहरुको संस्था Blood on Request in Nuwakot को आयोजना तथा नेपाल रेडक्रस सोसाईटी रक्त सन्चार केन्द्र नुवाकोटको प्राविधिक सहयोगमा आमागी जेठ १२ गते रक्तदान कार्यक्रम आयोजना हुन लागेको हो ।

नेपालमा फैलदो कोभिडको महामारी वाट छिटो निको हुने गरी प्लाज्माथेरापी पद्दतिवाट संक्रमितको उपचार सफल भईरहेको अवस्थामा देशभर प्लाज्माको अभाव हुनु , नुवाकोटमा कोभिड जित्नेको उच्चतम संख्या रहेकोले यस रक्तदान ( प्लाज्मा) कार्यवाट काठमाडौंमा विभिन्न जिल्लावाट कोभिड संक्रमित भई उपचारको लागी प्लाज्माको खोजिमा भौतारीरहनुभएकालाई केहि राहत मिल्ने विश्वास रहेको आयोजकको भनाई रहेको छ ।

सो रक्तदान कार्यमा कोभिड संक्रमण भई निको हुनु भएको १४ दिन पुरा गरी ९० दिन नकटेका ईच्छुक व्यक्तिहरुले उक्त रकतदान कार्यमा सहभागी हुन सक्ने भयकोले स्वत : स्फुर्त रुपमा रक्तदान कार्यमा सहभागीहुन आह्वान गरिएको Blood on Request in Nuwakot का संयोजक मच्छिन्द्रनरसिंह प्याकुरेलले वताउनुभएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares