Tuesday, May 14
Shadow

संक्रमण बढे संगै ककनी ३ को वडा कार्यालय आसपासमा निषेधाज्ञा थप कडाइ


  • -इ
  • इ+

काठमाण्डौँ, जेठ ४
कोरोना भाईरस अर्थात कोभिड १९ को दोस्रो लहर विश्वव्यापी रुपमा चलिरहेको छ । नेपालमा पनि संक्रमण दर र मृत्यु दर दिन प्रतिदिन बढि रहेको छ । सोहि क्रममा नुवाकोटमा पनि सक्रिय संक्रमितको दर बढ्दो क्रममा रहेको छ ।

दुई नगरपालिका र दश गाउँपालिका सहित १२ स्थानिय तह रहेको नुवाकोटमा सबै स्थानिय तह प्रभावित भएको छ । त्यस्तै ककनी गाउँपालिका वडा नं ३ मा एकै दिन १४ जनालाई कोरोना संक्रमण भए संगै निषेधाज्ञा कडाई गरिएको छ । वडा कार्यालय रहेको ढोकाभज्याङ क्षेत्र सिल गरिएको वडाध्यक्ष घननाथ बजगाईले बताएका छन् ।

संक्रमणले विकराल रुप लिईरहेको छ । संक्रमितहरु बढे संगै अस्पतालहरु सबै भरिएका छन् । अक्सिजन नपाएर मानिसहरु अस्पतालको बेडका छटपटाएर मृत्यु भईरहेको छ । त्यसैले सरकारले जारी गरेको निषेधाज्ञाको पूर्ण पालना गरेर आफू सुरक्षित हुनुनै कोरोना संक्रमण बाट टाडा रहने उपाय हो ।

दिनहुँ कोरोना संक्रमण बढे संगै नुवाकोटमा थप १५ दिन निषेधाज्ञा थपिएको छ । सो संगै १८ गते सम्म निषेधाज्ञा लागु गरिएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares