यशोदादेवी भगवानसिंह केसि मेमोरियल ट्रस्टद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण
नुवाकोट, जेठ २७
यशोदादेवी भगवानसिंह केसि मेमोरियल ट्रस्टले जिल्लाको स्थानिय तहरुमा स्वास्थ्य सामाग्री वितरण गरेको छ । बिहिवार ट्रस्टले किस्पाङ , म्यगङ र तारकेश्वर गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
अक्सिजन कनसनटेटर ९ थान, माक्स १० हजार पिपिई २५ थान ट्रस्टका प्रमुख संरक्षक अर्जुननरसिंह केसी को उपस्थितिमा आज उक्त स्थानिय तहका प्रमुख उप प्रमुख वडा अध्यक्षहरुलाई ट्रस्टका अध्यक्ष डा केदार नरसिंह के सीले एक कार्यक्रम विच हस्तान्तरण गर्नु भएको छ । बुधवार दुप्चेश्वर गाउँपालिकामा ३ थान कन्सनटेटर र पिपिई प्रदान गरिएको थियो ।
सामाजिक कामलाई राजनिति सँग जोड्नु हुदैन , मानव जगतमा परेको यो महामारीमा सवैलाई सवैले सकेको सहयोग गर्नुपर्छ भन्ने मुल मान्यता राखी कोभिड महामारीमा अग्रणी मोर्चामा आफुलाई उभ्यायको ट्रस्टले जिल्लामा अक्सिजनको अभाव हुन नदिन जिल्लाभित्र रहेको देउरालि प्...









