अब घरेलु रक्सीलाई ‘ब्रान्डेड’ गर्नुपर्छ – रजमान तामाङ
रजमान तामाङ
नेपालमा परम्परागत जाँडरक्सी उत्पादनको सुरुवात कहिले भयो, यकिन छैन । नेपालीले अन्न, मौवा, फलफुल आदिको जाँडरक्सी युगौंदेखि बनाउँदै आएका छन् । तर यसलाई देशको ’ब्रान्डेड’कै रूपमा स्थापित गर्नुपर्ने बहस यस क्षेत्रका अध्येता र पोषणविद्हरूले सुरु गरेका छन् ।
जाँडरक्सीका लागि विशेष किसिमका झार र जडिबुटी प्रयोग गरेर मर्चा बनाउने गरिन्छ र कतिपय अवस्थामा त त्यो
घरायसी औषधिका रुपमा समेत प्रयोग हुन्छ । तथापी परम्परागत जाँडरक्सीको गुणस्तरबारे धेरैतिर प्रश्न छ ।
पुरानो अन्न कोदोबाट बन्ने जाँडरक्सी नेपालको प्रमुख र परम्परागत पेय मानिएकोले समुदाय तहमा यही नै बढी प्रयोग हुने यस क्षेत्रका अध्ययता एवम् ‘बलियो नेपाल पोषण अभियान’का सिईओ डा. अतुल उपाध्याय बताउँछन् ।
बियर बनाउन पनि जौपछि कोदोबाटै उत्तम माल्ट तयार हुन्छ । उपाध्यायका अनुसार कोदोमा ’ग्लुटेन’ नभएकाले ’ग्लुटेन एलर्जी’ हुन...