Thursday, April 25
Shadow

ब्लड अन रिकोएस्ट इन नुवाकोटद्वारा सुरक्षाकर्मिलाई पिपिई सेट हस्तान्तरण


  • -इ
  • इ+

रामेश्वर गजुरेल/नुवाकोट,जेठ १०
सामाजिक कार्यमा नुवाकोट जिल्लामा अग्रणी अवस्थामा रहेको रक्तदाताहरुको साझा सस्था  Blood on Request in Nuwakot द्वारा यस अघि कोभिड महामारीमा नुवाकोट जिल्लामा कार्यरत सुरक्षाकर्मि शसस्त्र प्रहरी ,नेपाल प्रहरी लाई फेस सिल्ड , मास्क ,सेनिटाईजर प्रदान गरेका थिय भने आज कोभिड १९ संक्रमित भई मृत्युवरण गरेका मृतकहरुको शब व्यवस्थापन कार्य गरिरहनुभएका नेपाली सेनालाई शव व्यवस्थापनमा अत्यावश्यक पिपिई सेट हस्तान्तरण गरेका छन् ।

आफु सँग सँगै सुरक्षाकर्मि पनि सुरक्षित तवरले यो महामारीमा सकारले दिएको जिम्मेवारी पुरा गर्न सुरक्षित रहुन,कार्यक्षेत्रमा जनतावाट प्राप्त हौसला र सहयोगले सुरक्षाकर्मिको मनोवल उच्च होस् भन्ने मनसायले सामाग्री हस्तान्तरण गरिएको Blood on Request in Nuwakot ले बताएको छ ।

महामारीमा आफु पनि जोगिउँ ,अरुलाई पनि जोगाउँ , रक्तदान जिवनदान भन्ने मुल सिद्वान्त अंगिकार गरेको सस्थाले नेपाल रेडक्रस सोसाईटी रक्तसन्चार केन्द्र सँगको सहकार्य तथा समन्वयमा नुवाकोट ,रसुवा ,धार्दिङ र काठमाडौंमा उपचारार्थ बिरामिहरुलाई आकस्मिक रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares