Monday, October 5
Shadow

कांग्रेसको केन्द्रीय सदस्य पदमा यादवको उम्मेदवारी


  • -इ
  • इ
  • इ+

 

 

कपिलवस्तु, असोज १९

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा राकेश यादवले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुभएको छ ।

युवा पुस्ताको प्रतिनिधित्व गर्दै मधेसी तर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुभएका यादवले नेपाली कांग्रेसलाई थप सुदृढ, व्यवस्थित र गतिशील बनाउन आफ्नो भूमिका प्रभावकारी बनाउने बताउनुभएको छ ।

यादवले युवाको सहभागिता बढाउने, पार्टी संगठनलाई गाउँ तहसम्म थप मजबुत बनाउने तथा कपिलवस्तुका स्थानीय मुद्दा र जनताको आवाजलाई पार्टीको केन्द्रीय नेतृत्वसम्म प्रभावकारी रूपमा पुर्‍याउने विषयलाई आफ्नो प्राथमिकतामा राख्नुभएको छ ।

उहाँले नयाँ पुस्तालाई पार्टीको नेतृत्व र निर्णय प्रक्रियामा थप सहभागी गराउँदै कांग्रेसलाई समयअनुकूल रूपमा अघि बढाउन आवश्यक रहेको बताउनुभएको छ ।

महाधिवेशन नजिकिँदै गर्दा यादवले महाधिवेशन प्रतिनिधिहरूसँग भेटघाट तथा छलफललाई तीव्र बनाउनुभएको छ । उहाँले आफ्नो उम्मेदवारीका विषयमा प्रतिनिधिहरूसँग सुझाव तथा समर्थनका लागि संवाद गरिरहनुभएको जनाइएको छ ।

कपिलवस्तु क्षेत्र नं. २ बाट युवा पुस्ताको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्य पदमा यादवको उम्मेदवारीलाई महाधिवेशनमा चासोका साथ हेरिएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares