Wednesday, April 24
Shadow

अब को बिकल्प !


  • -इ
  • इ+

पामेल उपाध्यय
पसिनामा हाड घोट्ने इमान्दार मेहनती र आफ्नो पाखुरी मा बाच्न बानी परेका श्रमजीवी मानिसहरु पिठो को निम्ति आँसु बगाईरहेका हुञ्छन्। तिनै पिठो को निम्ति आँसु बगाएका निमुखा नागरिक हरुले राज्य लाई तिरेको कर, दुशित राजनीतिक भित्र स्वार्थलिप्त र नागरिक प्रती जिम्मेवारीबोध नभएका हरुबाट एकत्र पारी चाट्नेहरु नै अर्को तिर ऐस गर्छन्। भाग्य, मान्छे को ब्यबस्था बाट बन्छ वा कर्म बाट। मेहनत बाट वा इमान्दारीता बाट। वर्तमान देश को राजनीतिक अवस्था देख्दा सिद्धहस्त बिद्वानहरु पनि दोधार मा होलान्।

माननीय र सम्माननीय पदवी हासिल गरेका र कयौं पटक सत्ता को रसपान स्वाद चाखेका र राज्यका अनेकौं निकायमा रहि मुलुक लाई सेवा पुर्याएका कर्मचारीहरुका आलेसान महल र जीवन शैलीका श्रोत पटक्कै खुलाउदैनन्। बिडम्बना नै मान्नु पर्छ, यस्ता अचम्म लाग्दा जीवन शैली का श्रोत खोज्ने निकायहरु मा राजनीतिक दल को झण्डा ओढ्नेहरु लाई नै दलिय भागवण्डा को आधार बाट नियुक्ति दिलाउछन् र जीवन को अन्तिम क्षणमा मलामी को लर्को सङ्गै तोप को सलामी पड्काई राष्ट्रवादी कहलाउछन्। विडम्बना नै मान्नु पर्छ जो जीवन को अन्तिम क्षण सम्म सधै जिम्मेवारी र उत्तरदायित्व बाट पञ्छिने गरेको छ।

भन्ने गरिएको र भन्न लगाईएको सामन्ती राजसँस्था उन्मुलन र त्यो भन्दा पनि खतरनाक भड्किलो चड्किलो पूरै दुनियाँ नै अचम्म र छक्क पार्ने क्रुर दलिय तानाशाही सामन्ती ब्यबस्था झै भोगिरहेका जनता ले, नाम मात्र को ब्यबस्था परिवर्तन मा- भनाईमा उदारवादी राष्ट्रपती को बार्षिक खर्च २६करोड र सामन्ती राजासँस्था को बार्षिक खर्च ४८लाख। तरपनि खुशियाली मनाउन तल्लिन छ एकथरी समूह। रहर होकि बाध्यता- दलिय कार्यकर्ता वा त्यो सङ्ग सम्बन्धित हर जो कोहि को मौनता ले साईकोलोजी पढ्ने बिद्यार्थी लाई पनि दोधारमा पारिदिएको छ भन्दा फरक पर्दैन।

बिषयबस्तु मा प्रवेश गरौं-
आज देश मा गणतन्त्र बजार भएको छ भने जनता उक्त बजार का माल (बस्तु) बनेका छन्। जनता नै माल भएपछी गणतन्त्र को बजार नफस्टाउने कुरै भएन। कुन त्यसतो बजार नहोला जहाँ माल नबिकेको होस्। अर्थसाश्त्र को बजार र पूँजि बिच को विश्वब्यापी मान्यता लाई हाम्रो देश को राजनैतिक ब्यबस्था ले गणतन्त्र र जनता मा लगेर टुङ्ग्याईदिएको छ भने कार्ल मार्क्स को “दास अफ क्यापिटल” लाई रद्दी को टोकरी मा हालिदिएको छ।
आज का नेपाली नागरिक हरुलाई संसार कै सबैभन्दा नामर्द, लाचारी, डरपोख र कमजोर किसिमका कमसल र सस्ता माल बनाईएका छन्। नागरिकहरु, आफू स्वयम् माल बनेर बजार मा बिकिसक्ता पनि थाहा नपाउने बनाईएका छन्। निकै नै युगान्तकारी इतिहास बोकेको र कहिल्यैं कसै को गुलाम नबनेको नेपाली, प्रत्येक परिवर्तन का संवाहक पनि हो। तर, आज हाम्रो नागरिक हरुलाई अब्राहम लिङ्कन को समय को जस्तो साङ्लो ले बाधेर बेच्न राखिएको दास जस्ता बनाईएका छन्। आज का जिउदो लास बनाईएका छन्।

हिजो का दिनहरु मा अनेकौं क्रान्ती र संघर्षहरु गर्यौं। अनेकौं तन्त्र र वाद का निम्ति जीवन अर्पण गर्नेहरु लाई अविर र माला ले कयौं पटक संझन योग्य ठान्यौं। हिमवत खण्ड को पावन भूमी मा युद्ध को शंखध्वस गर्दै आफुले चाहेको ब्यबस्था को निर्माण गर्यौं। यी यावत कुराहरु ले अपनत्व बोध त गरायो तर, उपभोग गर्न बाट सधै बञ्चित रह्यौ। यी र यस्ता बिषय बस्तुहरु लाई सहेर बस्नु भनेको कर्तब्य गुमाएको निरीह प्राणी जस्तै हो।

एउटा उदाहरण हेरौं-
२००७ साल देखि यता भएका परिवर्तनका घटनाहरु ले मुख्य एजेण्डा आर्थिक बिकास नभएर सत्ता मात्र थियो भन्ने देखाउछ। आर्थिक बिकास भन्ने बित्तिकै उक्त देशको मौलिकता पहिलो प्राथमिकता हो। जस्तो कि- कृषि, पर्यटन, जलश्रोत आदि हाम्रो पहिलो प्राथमिकतामा पर्दछन् भने साथ साथै औद्योगिक करण पनि हो। एकतन्त्रीय जहानिया राणा शासन भनिएको ब्यबस्थामा बिक्रम संवत् १९९३ देखि २००७ साल सम्ममा झण्डै ६३ वटा उद्योग खोलिएको रहेछ जस्मा एसिया कै ठूलो मध्येको बिराटनगर जुट मिल पनि पर्दो रहेछ भने झण्डै हजार देखि बाह्रसय गार्मेन्ट उद्योग हरु रहेछन्। परिवर्तन भनिएको ०७ देखि ०१७ सम्म एउटा पनि उद्योग खोलिएको रहेनछ। त्यस्तै ०१७ देखि ०४६ सम्म सयौं को संख्यामा उद्योगहरु खोलिएको रहेछ जस्को कारण आत्मनिर्भर र आर्थिक बिकास को निम्ति स्वर्णयुग जत्तिकै रहेछ। ०४६ पछि ती सम्पूर्ण उद्योगहरु ध्वस्त बनायो दलियतन्त्र ले। प्रश्न, हामी ले खोजेको के हो ? करदाता/मतदाता हो वा आत्मनिर्भरता ? र, त्यो कुन शासन ब्यबस्थामा रहेछ ?

अब को अन्तिम बिकल्प भनेको माटो सुहाउँदो किसिम को मौलिकतामा फर्किनु नै विश्व मानचित्र मा आफ्नो छुट्टै अस्तित्त्व को निर्माण गर्नु हो। किनकी त्यो आफ्नो हो। प्राकृतीक जीवन पद्धती अपनाउनु नै पितापू्र्खाहरु को बिरासत लाई निरन्तरता दिदै आफ्नो अस्तित्त्व को रक्षा गर्नु हो। र, समग्र राज्यमा एक दरिलो अभिभावक को आवस्यकता महसुस गर्नु हो। त्यसको निम्ति दलिय शासन पद्धती लाई अस्वीकार गर्नु हो। अस्तु: सबैको जयहोस्।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares